• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, June 25, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै

    ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

    यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान

    टरिगाउँ विमानस्थलका लागि २५ करोड

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

    वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै

    गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

    ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुम्बिनीमा १० मार्चमा हुने कार्यक्रम चिनियाँ दबाबपछि छोट्याइयो

by
१६ फाल्गुन २०८०,
0
लुम्बिनीमा १० मार्चमा हुने कार्यक्रम चिनियाँ दबाबपछि छोट्याइयो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

चिनियाँ कूटनीतिक दबाबका कारण गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा हुने चौथो इन्टरनेशनल लुरिएट्स एन्ड लिडर्स समिटको समय एक दिन छोट्याइएको छ ।

कार्यक्रम मार्च १० देखि १२ (फागुन २७–२९) सम्म लाई राखिएको थियो । तर, नेपालस्थित चिनियाँ दूतावासको दबाबका कारण कार्यक्रम एकदिन छोट्याइएको स्रोतको दाबी छ । यसका लागि राजदूत छन् सोङ आफै सक्रिय रहेको उच्च सरकारी स्रोतको भनाइ छ ।

चीनका लागि १० मार्च अत्यन्तै संवेदनशील दिन हो । यही दिन तिब्बतीहरूले चीनविरुद्ध विद्रोह थालेका थिए र तिब्बतभर प्रदर्शन भएको थियो । यसलाई चीनबाहिरका तिब्बतीहरूले ‘तिब्बतीयन अपराइजिङ् डे’ का रूपमा मनाउँछन् ।

नोबेल पुरस्कार विजेताहरूको लुम्बिनीमा हुने भेलाले नेपालमा पश्चिमा मुलुकको स्वार्थ हाबी हुन मद्दत पुग्ने र तिब्बतीहरूप्रति सहानुभूति जाने विश्लेषण चिनियाँ पक्षले गरेपछि कार्यक्रम एक दिन छोट्याउनु परेको हो ।
कार्यक्रमको तयारी प्रदेश सरकारका मुख्यमन्त्री डिल्ली चौधरीको नेतृत्वमा चलिरहेको छ । त्यसमा आवश्यक संयोजनकारी भूमिकामा परराष्ट्रमन्त्री एनपी साउद छन् । कार्यक्रममा विश्वका ९ जना नोबेल शान्ति पुरस्कार विजेतासहित विशिष्ट व्यक्ति सहभागी हुनेछन् ।

अब कार्यक्रम मार्च ११ र १२ मा मात्रै हुनेछ । लुम्बिनी प्रदेश सरकारका प्रवक्ता निराजन घिमिरेले भने, ‘सुरूमा तीन दिने नै भनिएको थियो । तर, केही कन्फ्यूजनहरू भएपछि फेरि सूचना नै जारी गरेर कार्यक्रम २८ र २९ अर्थात् मार्च ११ र १२ हुने जानकारी गराएका छौं, मार्च १० चाहिँ अराइभलको समय हो । यसमा कन्फ्यूजन नहोस् ।’

स्रोतका अनुसार नेपालका लागि चिनियाँ राजदूत छन सोङले यस सम्बन्धमा ‘हाइलेभल’ मा चासो व्यक्त गरेका थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सत्ता साझेदार दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतसँग उनले संवाद गरेको उच्च कूटनीतिक स्रोत बताउँछ । प्रधानमन्त्री प्रचण्ड र सभापति देउवाले सहमति जनाएपछि कार्यक्रम एक दिन पछि सरेर छोटिएको हो ।

नोबेल शान्ति पुरस्कार विजेता भारतका कैलाश सत्यार्थीले यो कार्यक्रमको समन्वय गरिरहेका छन् ।आयोजकहरूले दिएको जानकारीअनुसार शान्ति सम्मेलनमा विदेशबाट १०० जना अतिथि आउनेछन् र नेपालका १०० जना सहभागी हुनेछन् ।

आयोजकका अनुसार नोबेल शान्ति पुरस्कार विजेता अब्देसातार बेन मुसा र ओउडेड बोचामाउई (२०१५) भारतका कैलाश सत्यार्थी (२०१४), एरिह वार्शेल (२०१३), नोबेल शान्ति पुरस्कार विजेता लेमाह गोबोवी र तावाक्कोल करमान (२०११), जोडी विलियम्स (१९९७), जोडी विलियम्स (१९९७), होर्टा (१९९६), र रिचर्ड जे रोबर्ट्स (१९९३) नेपाल आउँदैछन् ।

सम्मेलनमा सहभागी हुनका लागि जोर्डनका राजकुमार अली बिन अल हुसेन, अर्थशास्त्री जेफ्री साक्स, पानामाकी पूर्वप्रथम महिला लोरेना कास्टिलो गार्सिया डे भारेला, अन्तर्संसदीय संघका महासचिव मार्टिन चुङगोङ र स्टकहोम इन्टरनेशनल पिस रिसर्च इन्स्टिच्युटका अध्यक्ष स्टेफान लोफभेन पनि आउँदै छन् ।

सुरूमा यो सम्मेलनमा तिब्बती धर्म गुरु दलाई लामा आउने हुन् कि भन्नेमा चिनियाँ पक्ष निकै चिन्तित थियो । नोबेल शान्ति पुरस्कार विजेता लामा नआउने निश्चित भएपछि चीनले मार्च १० को कार्यक्रम पछि सार्न दबाब दिएको थियो ।

यसबारे जानकार एक सरकारी अधिकृतले भन्छन्, ‘मार्च १० मा कार्यक्रम गर्दा तिब्बतको विषय उठ्यो भने तिब्बतका पक्षमा कुनै प्रदर्शन भयो भने यसको मूल्य नेपाल–चीन सम्बन्धले चुकाउनुपर्ने दबाब आएपछि सरकारले कार्यक्रमको मिति एक दिन पछि सारेको हो । यो निर्णय गरेको एक साताजति भयो ।’

Previous Post

बन्द भए विद्यालय, भारत जान्छन् विद्यार्थी

Next Post

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश लेसोथो, जहाँ वार्षिक ७ लाखले गर्छन् आत्महत्या

सम्बन्धित खबर

ज्येष्ठ शुक्ल एकादशीः घरका मठमा तुलसीको दल राखिँदै
आवाज

ज्येष्ठ शुक्ल एकादशीः घरघरका मठमा तुलसीको दल राखिँदै

११ असार २०८३,
यात्रुका मागका आधारमा टरिगाउँ विमानस्थलबाट उडान
आर्थिक

टरिगाउँ विमानस्थलका लागि २५ करोड

११ असार २०८३,
मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह
आर्थिक

मौद्रिक नीति लगानी र उत्पादनमैत्री बनाउन चेम्बरको आग्रह

११ असार २०८३,
वीरगञ्जलाई विरुप बनाउने तार हटाइँदै
आवाज

गर्मी बढेपछि वीरगञ्जका सबै विद्यालय चार दिन बिदा

११ असार २०८३,
ट्राफिक कारबाहीमा १७ लाख २४ हजार राजस्व सङ्कलन
समाचार

ट्राफिक कारबाहीमा १९ लाख ३१ हजार राजस्व सङ्कलन

११ असार २०८३,
विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ
समाचार

विष्णु पौडेलको बन्दी प्रत्यक्षीकरण रिटमाथि आज सुनुवाइ

११ असार २०८३,
Load More
Next Post
विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश लेसोथो, जहाँ वार्षिक ७ लाखले गर्छन् आत्महत्या

विश्वको सबैभन्दा बढी आत्महत्या गर्ने देश लेसोथो, जहाँ वार्षिक ७ लाखले गर्छन् आत्महत्या

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In