• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, May 4, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गठबन्धनलाई निरन्तर साथ दिने देउवाको मत, गगन-विश्वप्रकाश र हिन्दूराष्ट्र पक्षधरले के भने ?

by
११ फाल्गुन २०८०,
0
गठबन्धनलाई निरन्तर साथ दिने देउवाको मत, गगन-विश्वप्रकाश र हिन्दूराष्ट्र पक्षधरले के भने ?
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

सत्ताधारी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकारलाई निरन्तर सहयोग गर्दै “राष्ट्रहितमा काम गर्न प्रोत्साहित गर्ने दायित्व आफ्नो पार्टीको भएको” बताएका छन्।

आफ्नो पार्टीको महासमिति बैठकको समापन समारोहलाई सम्बोधन गर्दै देउवाले सरकारप्रतिको प्रतिबद्धता दोहोर्‍याएका हुन्।

सत्ता गठबन्धनबारे अनेक अडकलबाजी हुन थालेका बेला देउवाको अभिव्यक्तिलाई महत्त्वका साथ हेरिएको छ।

आउँदो चुनावमा पार्टीले गठबन्धन नगरी एक्लै चुनाव लड्नुपर्ने राजनीतिक प्रस्तावले तरङ्गित बनेको कांग्रेस महासमिति बैठक विभिन्न प्रस्तावहरू पारित गर्दै बिहीवार सकिएको छ।

देउवाले के भने ?

महामन्त्री गगन थापाले प्रस्तुत गरेको एउटा प्रस्ताव विशेष चर्चामा थियो।

आगामी चुनाव एक्लै लड्ने भन्ने उनको प्रस्तावले सत्ता गठबन्धनलाई अप्ठेरोमा पर्ने विश्लेषण तीव्र बनाइदिएको थियो।

तर सभापति देउवाले भने, “नेपाली कांग्रेस वर्तमान सरकारको प्रमुख घटकको रूपमा मुलुकमा सुशासन, विकास र समृद्धि ल्याउन सरकारलाई निरन्तर सहयोग गरेर राष्ट्रहितमा काम गर्न प्रोत्साहन गर्ने हाम्रो मुख्य दायित्व हो।”

महामन्त्री गगन थापाले महासमिति बैठकले पारित गरेको आफ्नो साङ्गठनिक प्रस्तावका विशेषताबारे किटानी रूपमा चर्चा गरेनन्।

तर उनले आफ्नो प्रस्तावको एउटा मुख्य पक्षतर्फ सङ्केत गर्न छुटाएनन्।

महामन्त्रीहरूले के भने ?

उनले भने “अबको चार वर्षभित्रमा अहिले भएको कांग्रेसको समर्थकमा कम्तीमा १२ लाख नयाँ समर्थक थपेर नेपाली कांग्रेसको इतिहासमा सबैभन्दा बढी मत प्राप्त गरेको पार्टी कांग्रेस एक्लै बन्न सक्छ, बनाउन सकिन्छ।”

“त्यो आत्मविश्वास बोकेर यो हलबाट बाहिर जाने हो। त्यो हुती राखेर जाने हो। यो सङ्गठनको तागतमा भर पर्ने हो।”

महासमिति बैठकले अर्का महामन्त्री विश्वप्रकाश शर्माको समसामयिक राजनीतिक प्रस्ताव पनि पारित गरेको छ।

उनले त्यसको एउटा विशेषता सुनाउँदै भने, “अब यो देशको कसैले पनि राष्ट्रपति पदको शपथग्रहण एक पटकभन्दा बढी दोहोर्‍याएर गर्ने छैन। प्रधानमन्त्री पदको शपथग्रहण कसैले पनि दुई पटकभन्दा बढी गर्ने छैन। मन्त्रीको शपथग्रहण तीन पटकभन्दा बढी गर्नेछैन। कसैले पनि सांसदको शपथग्रहण चार पटकभन्दा बढी गर्नेछैन।”

“कांग्रेसले महासमितिबाट पारित गरेको यो विषयलाई आफूले अवलम्बन गर्नेछ र देशको संविधानमा अङ्कित गर्नका लागि प्रस्ताव गरेर जानेछ।”

हिन्दूराष्ट्र पक्षधरको मत

महासमिति बैठकमा हिन्दूराष्ट्र पुनर्स्थापनाको पक्षमा हस्ताक्षर सङ्कलन गरिएको थियो।

पूर्वमहामन्त्री डा। शशाङ्क कोइरालाले महासमितिमा उठेका त्योसहितका दुई मुख्य विषयबारे आफ्नो धारणा राखेका थिए।

उनले भने, “धर्म न निरपेक्ष हुन्छ न धर्म सापेक्ष हुन्छ। धर्म स्वतन्त्र हुन्छ। तर दुर्भाग्यवश हामीले धर्मनिरपेक्ष बनायौँ। यो गलत हो।”

“दोस्रो कुरो चुनावभन्दा पहिले नै गठबन्धन गर्नु दुर्भाग्य हो। गठबन्धन त चुनाव भइसकेपछि सरकार बनाउँदा गर्नुपर्छ।”

कतिपय सहभागीले आफ्ना सुझाव समूहगत छलफलको निचोड सुनाउने क्रममा नसमेटिएको भन्दै नाराबाजी समेत गरेका थिए।

सभापति देउवाले बैठकमा छलफलका क्रममा उठेका विभिन्न सुझावहरू समेटेर केन्द्रीय समिति बैठकले प्रस्तावहरू परिमार्जन गर्ने जानकारी दिए।

त्यसैले चर्चामा रहेका महत्त्वपूर्ण भनिएका कतिपय विषय त्यसबेलाको राजनीतिक परिस्थितिमा निर्भर हुने ठानिएको छ।

बीबीसी

Previous Post

बजेट अभावले महाकाली सिँचाइ आयोजना प्रभावित

Next Post

आजको मौसमः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

सम्बन्धित खबर

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान
समाचार

स्वास्थ्य बीमामा गण्डकी सरकारको अनुदान

२१ बैशाख २०८३,
आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
समाचार

आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै

२१ बैशाख २०८३,
मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै
समाचार

मन्त्रिपरिषद बैठक बस्दै, चार मन्त्रालय खारेज गरिँदै

२१ बैशाख २०८३,
मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द
समाचार

मेची भन्सार मातहतका पाँचवटा छोटी भन्सार वर्षौँदेखि बन्द

२१ बैशाख २०८३,
नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो
समाचार

नेपाल सरकारले लिपुलेक सम्बन्धमा भारत र चीनलाई पुनः अवगत गरायो

२१ बैशाख २०८३,
बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न
समाचार

बनेपामा ऐतिहासिक चण्डेश्वरी भगवती जात्रा सम्पन्न

२१ बैशाख २०८३,
Load More
Next Post
मौसमः पहाडी भू–भागमा हल्का वर्षा, यी प्रदेशमा छ हिमपातको सम्भावना

आजको मौसमः तीन प्रदेशमा वर्षा र हिमपातको सम्भावना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In