• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, September 5, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    एघार दिनपछि एक महिलाको सकुशल उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

    नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै

    बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती

by
७ फाल्गुन २०८०,
0
पर्वतमा पहिलोपटक व्यावसायिक स्याउखेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पर्वत । पर्वतमा पहिलोपटक व्यावसायिकरुपमा स्याउखेती सुरु गरिएको छ । जिल्लाको मोदी गाउँपालिका वडा नं ४ क्याङका छमबहादुर शेरपुजा ‘लाल’ ले गत वर्षदेखि व्यावसायिकरुपमा स्याउखेती सुरु गरेका हुन् ।

स्थानीय फलाटे र एकगैरेमा रहेको आफ्नो पाँच रोपनी जग्गामा एक सय वटा बिरुवा लगाएर स्याउखेती सुरु गरेका हुन् । २८ वर्ष लामो समय भारतीय सेनामा बिताएका शेरपुजाले अवकाशपछि गाउँमा खाली रहेको जग्गा सदुपयोग गर्ने उद्देश्यले जिल्लामै पहिलोपटक स्याउखेती सुरु गरेको बताए ।

शेरपुजाले युट्युव च्यानलबाट स्याउखेतीसम्बन्धी विभिन्न जानकारी लिएर पहिलोपटक एग्रो मनाङ प्रालि काठमाडौँसँगको समन्वयमा इटलीबाट चार वटा फरकफरक जातका एक सय बिरुवा खरिद गरेर खेती सुरु गरेका हुन् । गत वर्षदेखि सुरु भएको स्याउखेतीमा अहिले तीन सय वटा बिरुवा पुगिसकेका छन् भने बिरुवा रोपेको पहिलो वर्षनै झण्डै ५० किलोग्राम स्याउ उत्पादन भएको कृषक शेरपुजाले जानकारी दिए ।

उनले समुद्री सतहबाट दुई हजारदेखि २२ सय मिटरको उचाइमा स्याउखेती गरेका हुन् । सुरुमा गाला, गोल्डेन, फुजी र रेडचिप गरी चार वटा जातका बिरुवा रोपेका हुन् । सुरुआतमा मलखाद नमिलेका कारण २०र२५ वटा बिरुवा मरेको र पुनस् भारतवाट एम सात र एमएन १११ जातको नयाँ बिरुवा ल्याएर रोपेको शेरपुजाले बताए ।

धेरै वर्ष पहिला कृषि अनुसन्धान केन्द्र लुम्लेबाट बिरुवा ल्याएर परीक्षण गर्दा फल्ने तर बिरुवा लामो समय नटिक्ने समस्या रहेको थियो । आफुले सामाजिक सञ्जाल र युट्युबमा थप अध्ययन गर्दै जाँदा यहाँको हावापानी र उचाइमा उपयुक्त हुने स्याउ इटलीमा पाइने बुझेपछि एग्रो मनाङ प्रालिमार्फत मगाएर बिरुवा रोपेको बताए ।

सुरुमा परीक्षणका लागि लगाएको बिरुवाबाट पहिलो वर्षमै राम्रो उत्पादन भएपछि आफैँले बिरुवा कलमी गर्ने, बीउबाट नर्सरी बनाउने काममा लागेको बताए । यस वर्ष थप दुई सय बिरुवा रोप्ने योजना बनाएका शेरपुजाले आगामी वर्ष एक हजार ५०० बोट विस्तार गर्ने लक्ष समेत राखेका छन् । एउटा बोटबाट कम्तीमा पाँच केजीसम्म उत्पादन लिन सकिन्छ । शेरपुजाले भविष्यमा तीन हजारसम्म बोट लगाउने योजना बनाएका छन् ।

कोदो, मकै, आलु खेती हुने बारीमा पहिलोपटक आफुले स्याऊका बिरुवा ल्याएर रोपेपछि गाउँलेले जिस्क्याएको भए पनि पहिलो वर्षमै राम्रो फल लागेपछि अहिले छिमेकीसमेत स्याउखेतीतर्फ सकारात्मक बनेका छन् । शेरपुजाले भने, ‘पहिला गाउँलेले विश्वास नै मानेका थिएनन् जब बोट सारेको पहिलो वर्षमै स्याउ फल्न थाल्यो, त्यसपछि भने छिमेकीले पनि स्याऊ खेती गर्न उत्साहित बनेका छन् ।’ शेरपुजाले आफ्नै नर्सरीमा तयार गरेका बिरुवा अन्य किसानलाई बिक्री गर्ने जानकारी दिए ।

अहिले परीक्षणकैरुपमा रहेकाले अब फार्म नै खोलेर यो खेती विस्तार गर्ने तयारी शेरपुजाको रहेको छ । ‘कोदो मकै लगाउँदा खासै आम्दानी हुने थिएन, स्याउखेती लगाएपछि प्रशस्त आम्दानी हुने अपेक्षा गरेको छु’, उनले भने । शेरपुजाले अवकाश पछिको जीवन व्यावसायिक स्याउ उत्पादन र विस्तारमा विताउने योजना रहेको समेत बताए ।

स्याउ उत्पादनका लागि अनुकूल वातावरण भए पनि अहिलेसम्म कसैले चासो नदेखाएको उनको भनाइ छ । शेरपुजा र उनका श्रीमतीले फार्ममा काम गर्दै आएका छन् । उनका एक छोरा अध्ययनका लागि अमेरिका र अर्का छोरा नेपालमै कम्प्युटर इञ्जिनियर, छोरी भने अष्ट्रेलियामा छन् । सहरमा बस्न बाग्लुङ बजारमा सुविधासम्पन्न घर बनाएको भए पनि आफू भने गाउँमै बसेर व्यावसायिक स्याउखेती गर्ने योजना बनाएको उनले बताए ।

गाउँमा रहेका बेरोजगार तथा जग्गा बाँझो राखेर बस्नेलाई समेत प्रेरणा मिलोस् र खाली जग्गा सदुपयोग गरी प्रशस्त आम्दानीसमेत गर्न सकून् भन्ने उद्देश्यले एक्लै भए पनि स्याउखेती सुरुवात गरेको उनको भनाइ छ । अर्को वर्षदेखि थप जग्गा भाडामा लिएर अझै स्याउखेती विस्तार गर्ने उनको योजना रहेको छ ।

स्याउखेतीका लागि भनेर आफूले कुनै तालिम र सीप नसिकेको बताउँदै युट्यबबाटै आवश्यक जानकारी लिएर खेती गरेको उनले सुनाए । जिल्लामै पहिलोपटक खेती सुरु गरे पनि कुनै निकायवाट सहयोग नपाएको शेरपुजाले बताए ।

Previous Post

सगरमाथा क्षेत्रमा पर्यटक आगमनसँगै व्यवसायी पनि काममा फर्किंदै

Next Post

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरावासीको दबाब

सम्बन्धित खबर

एघार दिनपछि एक महिलाको सकुशल उद्धार
आवाज

एघार दिनपछि एक महिलाको सकुशल उद्धार

२० भदौ २०८३,
माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार
आवाज

माथिल्लो त्रिशूली जलविद्युत् आयोजनाबाट एक चिनियाँ नागरिकको जीवितै उद्धार

२० भदौ २०८३,
युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण
अन्तर्राष्ट्रिय

युक्रेनी सुरक्षा सेवाको मुख्यालयमा पहिलो पटक दिउँसै रुसी ड्रोन आक्रमण

२० भदौ २०८३,
नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै
फिचर-ब्यानर

बाढीपीडितका लागि देशका विभिन्न क्षेत्रमा सहयोग जुट्दै

२० भदौ २०८३,
हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह
फिचर-ब्यानर

हिमताल विस्फोटको हल्लामा नपर्न पूर्वसूचना केन्द्रको आग्रह

२० भदौ २०८३,
नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा
समाचार

नेपालमा काम गर्न कठिन भएको भन्दै एनसेलका सिइओ फोलेले दिए राजीनामा

२० भदौ २०८३,
Load More
Next Post
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरावासीको दबाब

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन गर्न पोखरावासीको दबाब

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In