काठमाडौं । अभिनेत्री अदिति बुढाथोकी अहिले अष्ट्रेलियाको सिड्नीमा छिन् । उनले सामाजिक सञ्जालमार्फत केही तस्विरहरु सार्वजनिक गरेकी छिन् ।

चलचित्र ‘कृ’मा नायक अनमोल केसीको अपोजिट भएर काम गरेपछि उनी नेपाली दर्शकको मन जित्न सफल भएकी हुन् । भारतमा बस्दै आएकी अदिति अहिले बलिउडमा जम्ने प्रयासमा छिन् ।
भारतमा मोडलिङ गर्दै आएकी अदितिले केहि भारतीय म्युजिक भिडियोमा समेत काम गरिसकेकी छिन् ।















