घाममा काम गर्ने वा हिँडडुल गर्ने महिलाको अनुहार प्रायःजसो कालो बन्दछ । त्यस्ता महिलाहरुकोको छालाको स्वाभाविक रङ्ग प्राप्त गर्नका लागि अङ्गुर, आलुको रस, कागतीको रस आदिको प्रयोग गर्न सकिन्छ । तैलीय छाला हुनेहरुका लागि यो विधि अधिक प्रभावशाली छ । यदि छाला पहिलेदेखि नै शुष्क छ भने यसको प्रयोग गरे पश्चात् कुनै पौष्टिक क्रिम अवश्य लगाउनुपर्दछ ।
शुष्क छालाका लागि दूध अत्यन्तै लाभदायक छ हुन्छ । १ कप दूधमा आधा कागतीको रस मिलाएर दूधलाई राम्ररी अनुहारमा लगाउने र सुकेपछि तातोपानीले अनुहार धुने गर्नुपर्छ । केही दिनको निरन्तर प्रयोगमै अनुहार सफा भएर सुन्दर बन्दछ ।
तैलीय छाला भएकाले दिनमा केही पटक अनुहार धुनुपर्दछ, जसले गर्दा अनुहारमा कुनै पनि प्रकारको दाग बाँकी नरहोस् ।
शुष्क छाला भएकाले क्लिजिङ लोसनको प्रयोग गर्नुपर्दछ । बाफद्वारा पनि अनुहार वास गर्न सकिन्छ । बाफ लिनाले अनुहारको छाला भित्रैदेखि सफा बन्दछ तथा धुलो आदिलाई पनि सफा गर्दछ । बाफले अनुहारको छालामा पसिना आउँदछ र यसले डन्डीफोरको समस्यालाई पनि हटाउँछ । कोमल छाला भएका महिलाले बाफको प्रयोग नगर्नु नै जाति हुन्छ ।













