व्यक्तिपनाको नाश, प्राणमा स्मृति राख्दा महाशून्य स्थितिमा आफै हुन्छ । सबै मूर्खता एवं लोभबाट स्वतन्त्र हुन स्मृतिको मूलमा जानुप¥यो । स्मृतिको मूलमा जाने एउटै बाटो छ त्यो हो – श्वासले कसरी काम गर्छ, त्यसबारेमा जानकारी प्राप्त गर्नु । महत्वाकाङ्क्षामा अल्झिएको नक्कलमा फँसेको उधार कुरामा समय, मन जीवन बर्वाद गर्नेले श्वास एवं स्मृतिको गहराइमा जान सक्तैन । भोजन, पानी, शयन, निवास, दिशा, पिसावबाहेक सबै कर्म बिर्सिनुहोस् । एकदम लाटो, अन्धो बहिरो, लुलो, लङ्गडो, एवं मत्त भएको जस्तो मन बनाएर मतलवी, स्वार्थी जुआरी, शराबी झैं एकदम अलग्गै भएर आपूmमा प्रवेश गर्नुहोस् ।
अर्काले राम्रो भन्यो भन्दै जीवनलाई नरकतिर लिएर जानुभन्दा सबैले नराम्रो बेकारको भनून् तर आपूm आत्माको गहराइमा उत्रिनु ठूलो परमार्थ लाभ हो । मनबाटै मुक्त भएर बाँच्नु सार्थकता हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













