गंगा खड्का
“अस्ट्रेलिया जाँदा छोरीलाई मामाघरमा छोडौँ भनेको नमानेर आफ्ना आमाबाउ र भाइकहाँ छोड्न लानुभयो । हामीलाई देख्नासाथ छोरीले कसरी आँसु खसाली ? छोरीलाई कस्तो व्यवहार गरेछन् भनेर बल्ल चाल पाउनुभयो होला नि ?”
शारदाका कुराले उनका पति रवीन्द्र मौन भएर घोरिइरहे । उनको तन्द्रा अवस्थालाई भङ्ग गर्दै छोरी श्रद्धाले भनिन्— “म त उहाँहरुले नराम्रो वचन गरे भनेर रोएकी होइन । देवताजस्ता उहाँहरुलाई मेरा बाबाममीले किन चिन्न नसक्नुभएको होला भनेर खेदले रोएकी हुँ ।”













