प्रेमीः आज राती तिमीलाई सपनीमा देखेको थिएँ ।
प्रेमिकाः ए होर ? अनि के भयो त ?
प्रेमीः के हुनु तिमी एउटा बसमा यात्रा गरिरहेकी थियौ । अचानक बस एउटा भीरबाट खस्यो र खोलामा पुग्यो । मानिसहरु आफ्नो ज्यान जोगाउन पौडी खेल्दै बाहिर निस्किन थाले त्यस भिडमा तिमी चाहिँ कसैलाई खोजिरहेका थियौ ।
प्रेमिकाः मैले तिमीलाई खोजेको होला नि हैन ?
प्रेमीः केको मलाई खोजेको हुनु ! तिमी त छेउमा बसेको खलासीलाई खोजिरहेकी थियौ किनकि तिमीलाई खलासीले दुई रुपैयाँ दिन बाँकी थियो ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













