काठमाडौँ । आज तराईका भू–भागमा हुस्सु र कुहिरो लाग्ने र तापक्रम क्रमिक रुपमा घट्दै जाने संभावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।
हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नभएको र देशका तराई भू–भागका केहि स्थानमा हुस्सु र कुहिरो लागेको पनि बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ। दिउँसो र राती देशभर मौसम सामान्यतया सफा रहनेछ ।













