• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

    मुक्तिक्षेत्रमा भारी हिमपात

    मुक्तिक्षेत्रमा भारी हिमपात

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चर्चित नेताहरू हार्ने क्रम जारी

by
९ मंसिर २०७९,
0
चर्चित नेताहरू हार्ने क्रम जारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ को प्रत्यक्षतर्फको करिब ४० प्रतिशतभन्दा बढी निर्वाचन क्षेत्रको मतपरिणाम आइसकेको छ । परिणाम सार्वजनिक भइरहँदा राजनीतिक दलका चर्चित नेता हार्ने क्रम जारी छ ।

बिहीबार अबेर रातिसम्म सार्वजनिक भएको परिणामबमोजिम प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेपाली कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, नेता बलबहादुर केसी, सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना), नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेल, नेकपा (माओवादी केन्द्र) का महासचिव देव गुरुङ, राप्रपा नेपालका अध्यक्ष कमल थापा पराजित हुनुभएको छ ।

कांग्रेसका पूर्वमहामन्त्री सिटौला झापा–३ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनबाट पराजित हुनुभएको हो । लिङ्देनले ४० हजार ६४८ मत पाउँदा सिटौलाले ३७ हजार ३७२ मत पाउनुभयो । २०५१ को मध्यावधि चुनावमा झापा–१ बाट निर्वाचित भएर संसदीय राजनीतिको सुरुवात गर्नुभएका सिटौलाले २०५६ को निर्वाचनमा समेत सोही क्षेत्रबाट निर्वाचित हुनुभयो । २०६३–६४ मा पहिलो संविधान सभाको निर्वाचनअघि उपप्रधान तथा गृहमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएका सिटौलाले २०७० सालमा संविधान सभाको दोस्रो निर्वाचनमा झापा–३ बाट निर्वाचित हुनुभयो तर २०७४ र २०७९ मा लगातार दुई पटक पराजित हुनुभएको हो ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना) मकवानपुर–१ मा राप्रपाका दीपकबहादुर सिंहबाट पराजित हुनुभएको छ । सोही क्षेत्रबाट राप्रपा नेपालका अध्यक्ष कमल थापासमेत उम्मेदवार हुनुहुन्थ्यो । सिंहले २७ हजार ८१६ मत पाएर निर्वाचित हुँदा निकटतम प्रतिद्वन्द्वी उपाध्यायले २५ हजार ४३४ मत ल्याउनुभयो । थापाले २५ हजार ४२० मत पाउनुभयो ।

लमजुङ–१ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार देव गुरुङ पराजित हुनुभयो । उहाँलाई नेकपा (एमाले)का नेता पृथ्वीसुब्बा गुरुङले ३४ हजार ९६९ मत ल्याएर पराजित गर्नुभयो । देव गुरुङले ३१ हजार ७८१ मत पाउनुभयो । आमनिर्वाचन २०७९ मा दाङ–२ बाट उम्मेदवार हुनुभएका नेकपा ९एमाले०का महासचिव शङ्कर पोखरेलले हार बेहोर्नुभयो ।

उहाँलाई नेकपा (माओवादी केन्द्र) की नेत्री रेखा शर्माले पराजित गर्नुभयो । शर्माले २६ हजार ८७७ मत पाउँदा पोखरेलले २६ हजार ६८० मत ल्याउनुभयो । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वप्रमुख सचेतक विशाल भट्टराईले खोटाङमा हारको सामना गर्नुभयो । उहाँलाई माओवादी केन्द्रका रामकुमार राईले पराजित गर्नुभएको हो । राईले ३१ हजार ३५१ मत पाउँदा भट्टराईले २८ हजार ६८२ मत पाउनुभयो । भट्टराई २०७४ सालमा सोही क्षेत्रबाट निर्वाचित हुनुभएको थियो ।

चितवन–१ बाट पटक–पटक निर्वाचित हुनुभएका नेकपा ९एमाले०का नेता एवं पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डे यस पटक पराजित हुनुभएको छ । उहाँलाई राष्ट्रिय स्वतन्त्र पार्टीका हरि ढकालले पराजित गर्नुभयो । सोही क्षेत्रमा नेपाली कांग्रेसबाट विश्व पौडेल उम्मेदवार हुनुहुन्थ्यो । पौडेलले राष्ट्रिय योजना आयोगको उपाध्यक्ष पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा होमिनुभएको थियो । चितवन–१ मा ढकालले ३४ हजार १८९, पाण्डेले २६ हजार ६०८ तथा पौडेलले २४ हजार ९९० मत पाउनुभयो ।

त्यसैगरी नेपाली कांग्रेसका नेता बलबहादुर केसी पराजित हुनुभएको छ । उहाँलाई नेकपा ९एमाले०का मानवीर राईले पराजित गर्नुभएको हो । केसीले १६ हजार ५४५ मत पाउँदा मानवीरले १९ हजार ३२४ मत पाएर निर्वाचित हुनुभयो । २०४८, २०५१ र २०५६ को आमनिर्वाचनमा लगातार तीन पटक निर्वाचित हुनुभएका केसी २०७० मा संविधान सभाको दोस्रो निर्वाचनमा सोलुखुम्बु–१ बाट निर्वाचित हुनुभएको थियो ।

Previous Post

५३ सिटको नतिजा आउन बाँकी, कांग्रेसको पछिपछि एमाले

Next Post

कास्की ३ (२) मा काँग्रेसका बराल विजयी

सम्बन्धित खबर

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा
जीवन शैली

गुराँसले रङ्गिएको घोडेपानी पर्यटकको पर्खाइमा

६ चैत्र २०८२,
मुक्तिक्षेत्रमा भारी हिमपात
आवाज

मुक्तिक्षेत्रमा भारी हिमपात

६ चैत्र २०८२,
प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन
आर्थिक

प्रधानमन्त्रीद्वारा निर्वाचन सफल पार्न भूमिका खेल्ने सबैलाई धन्यवाद ज्ञापन

६ चैत्र २०८२,
सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल
आवाज

सिप्लीकान संरक्षण गरी आम्दानी गर्दै कृषिउद्यमी खनाल

६ चैत्र २०८२,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आवाज

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

६ चैत्र २०८२,
ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
Load More
Next Post
कास्की ३ (२) मा काँग्रेसका बराल विजयी

कास्की ३ (२) मा काँग्रेसका बराल विजयी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In