लेखनाथ, ८ मंसिर कास्की निर्वाचन क्षेत्र नं २ मा एमालेकी उम्मेदवार विद्या भट्टराई विजयी हुनुभएको छ । भट्टराईले १६९९८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।
उहाँका निकट्तम प्रतिद्धन्द्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधव प्रसाद कंडेलले १२४९५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै एकीकृत समाजवादीका उम्मेदवार श्रीनाथ बरालले ९६५९ मत प्राप्त गर्नुभएको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका सुवर्णराज पन्तले ३९९३ मत प्राप्त गर्नुभएको छ ।
स्वतन्त्र उम्मेदवार महादेब गुरुङले १३४० मत प्राप्त गर्नुभएको छ । कास्की निर्वाचन क्षेत्र नं २ मा ४९९२० मत खसेको थियो ।













