पोखरा, ६ मंसिर । कास्की निर्बाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको भइरहेको मतगणनामा एमालेले अग्रता कायमै रहेको छ ।
मंगलबार साँझको मत परिणम अनुसार एमालेका उम्मेदवार मनबहादुर गुरुङले ५२५६ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । गुरुङलाई पछ्याउँदै नेपाली काँग्रेसका किशोरदत्त बरालले ४४२६ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका राजु राईले ५५६ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका सूर्य गुरुङले २८१ मत प्राप्त गर्नुभएको छ । कूल मतदाता संख्या ११०७१५ रहेको उक्त निर्वाचन क्षेत्रमा ६८६३२ मत खसेको थियो ।













