पोखरा, ६ मंसिर । कास्की निर्वाचन क्षेत्र नं. २ को प्रतिनिधि सभा सदस्यको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार माधवराज कंडेलले अग्रता कायमै राख्नुभएको छ ।
मंगलबार साँझ प्राप्त मतपरिणाम अनुसार कंडेलले ४७२३ मत प्राप्त गरी आफ्नो अग्रता कायमै राख्नुभएको हो ।
त्यस्तै एमालेकी विद्या भट्टराईले ४३३७ मत प्राप्त गर्नुभएको छ भने गठबन्धनबाट उम्मेदवार बन्नुभएको नेकपा समाजवादीका श्रीनाथ बरालले २९१५ मत प्राप्त गर्नुभएको छ । त्यस्तै राप्रपाका सुवर्णराज पन्तले १३४७ मत प्राप्त गर्नुभएको छ ।













