पोखरा, ६ मंसिर । कास्की निर्बाचन क्षेत्र नम्बर १ को प्रतिनिधि सभा सदस्यको भइरहेको मतगणनामा एमालेले अग्रता कायमै रहेको छ ।
एमालेका उम्मेदवार मनबहादुर गुरुङले ४२७९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ ।
गुरुङलाई पछ्याउँदै नेपाली काँग्रेसका किशोरदत्त बरालले ३२८७ मत प्राप्त गर्नुभएको छ । कूल मतदाता ११०७१५ रहेको उक्त निर्वाचन क्षेत्रमा ६८६३२ मत खसेको थियो ।













