पोखरा, ६ मंसिर । कास्की निर्बाचन क्षेत्र नम्बर ३ को प्रतिनिधि सभा सदस्यमा मंगरबार बिहानसम्मको मतगणना अनुसार स्वतन्त्रका योगराज पौडेलको अग्रता कायमै रहेको छ ।
स्वतन्त्रका पौडेलले २३९६ मत प्राप्त गर्दै अग्रता कायमै राखेका हुन् । त्यस्तै एमालेका दामोदर पौडेलले १५८७ मत प्राप्त गरेका छन् । माओवादी केन्द्रका रामजी बरालले ९०४ मत प्राप्त गर्दा राप्रपाका जगतप्रसाद सुवेदीले ५२९ मत प्राप्त गरेका छन् ।
त्यसैगरी कास्की निर्वाचन क्षेत्र नं ३ (१) को प्रदेशसभा सदस्यमा एमाले अगाडि देखिएको छ । एमालेका गणेशमान गुरुङले ३८६६ मत प्राप्त गर्दै अग्र स्थानम छन् भने उनलाई पछ्याउँदै माओवादी केन्द्रका दुर्गादत्त भण्डारीले २१५६ मत प्राप्त गरेका छन् ।
त्यसैगरी राप्रपाका केदारनाथ पौडेलले १८२० मत प्राप्त गरेका छन् भने हाम्रो नेपाल पार्टीका खिमलाल तिमिल्सेनाले १३१४ मत प्राप्त गरेका छन् ।













