• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, June 23, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए

    मुस्ताङ आउने विदेशी पर्यटक बढे

    नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था

    एमाले उपाध्यक्ष पौडेल पक्राउ

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत

by
२५ पुस २०८०,
0
भुटानमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गे नेतृत्वको पार्टीलाई बहुमत
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं।भूटानमा मंगलबार भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री छिरिङ तोब्गेको पार्टीले विजय हासिल गरेको छ । दि भूटानी अखबारका अनुसार तोब्गेको पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) ले संसदमा करिब दुई तिहाइ सिट जितेको छ । जितसँगै ५८ वर्षीय संरक्षण अधिवक्ता तोब्गे दोस्रो पटक प्रधानमन्त्री बन्ने अपेक्षा गरिएको छ ।

अखबारले प्रत्येक निर्वाचन क्षेत्रको प्रारम्भिक नतिजाका आधारमा तोब्गेको पिडिपीले सन् २०२४ को संसदीय निर्वाचनमा ३० सिट जितेको र भूटान टेन्ड्रेल पार्टी (बिटिपी) ले बाँकी १७ सिटमा कब्जा जमाएको बताएको छ ।

निर्वाचनअघि जारी गरिएको आधिकारिक समय तालिकाअनुसार निर्वाचन आयोगले नतिजाबारे तत्काल कुनै पुष्टि गरेको छैन । आज अन्तिम नतिजा जारी हुने अपेक्षा गरिएको छ ।

सामूहिक पलायन

स्विट्जरल्यान्ड जस्तै जमिनले घेरिएको करिब आठ लाख जनसङ्ख्या भएको पहाडी मुलुक भूटानमा केही मतदाताले मतदान गर्न धेरै दिनको यात्रा गर्नुपरेको थियो ।

राजधानी थिम्पुमा मतदान गरेपछि २२ वर्षीय छात्र उग्येन छिरिङले भन्नुभयो, “भूटानमा रोजगारीका अवसरहरू कम छन् र युवाहरू हरियाली स्थानका लागि विदेश जान नपरोस् भनेर नयाँ सरकारले यसलाई समाधान गर्न ध्यान केन्द्रित गर्नुपर्छ ।”

विश्व बैंकका अनुसार भूटानको बेरोजगारी दर २९ प्रतिशत छ । पछिल्लो पाँच वर्षमा आर्थिक विकास औसत एक दशमलव सात प्रतिशतको दर बढेको छ । निर्वाचनका क्रममा तोब्गेले भूटानको अभूतपूर्व आर्थिक चुनौती र ठूलो सङ्ख्यामा पलायनबारेमा चेतावनी दिनुभयो ।

प्रत्येक आठमध्ये एक जनाले खानाका लागि आफ्ना आधारभूत आवश्यकताहरू पूरा गर्न सङ्घर्ष गरिरहेको उहाँको पार्टीको घोषणापत्रमा सरकारी आँकडालाई उद्धृत गरिएको छ ।

उहाँका निर्वाचन प्रतिद्वन्द्वी बिटिपीका नेता तथा करियर निजामती कर्मचारी पेमा चेवाङले पनि मुलुकले ‘राष्ट्रको क्रिम’ गुमाउँदै गरेको चेतावनी दिनुभएको छ ।

विदेशमा राम्रो आर्थिक तथा शैक्षिक अवसरको खोजी गरिरहेका युवाहरूले पछिल्लो निर्वाचनदेखि रेकर्ड सङ्ख्यामा मुलुक छाडेका छन् । उनीहरूको शीर्ष गन्तव्यमा अस्ट्रेलिया परेको छ । एक स्थानीय समाचार रिपोर्टअनुसार गत जुलाईअघि १२ महिनामा करिब १५ हजार भूटानीलाई भिसा जारी गरिएको थियो । यो पछिल्लो छ वर्षभन्दा धेरै र मुलुकको जनसङ्ख्याको करिब दुई प्रतिशत हो ।

“मैले ग्रामीण क्षेत्रमा विकासको अपेक्षा गरेको छु”, २५ वर्षीया वास्तुविद् सन्ध्या प्रधानले मतदानपछि भन्नुभयो । उहाँले अस्ट्रेलियामा रहेका युवाहरूलाई फर्केर भूटानमा काम गर्न प्रोत्साहन गर्न शिक्षा र स्वास्थ्य क्षेत्रको प्रवर्द्धन गर्नु महत्त्वपूर्ण रहेको बताउनुभयो ।

किसान गाउँ खसद्रपचुकी ६५ वर्षीया गृहिणी योङ चेन डेमाले पिउने पानीको अभाव र सडकको खराब अवस्था आफूले सामना गर्न चाहेको ग्रामीण क्षेत्रका चुनौती रहेको बताउनुभयो ।

वर्तमान राजाको शासनकालको सुरुआत लगत्तै सन् २००८ मा स्थापना गरिएको संसदमा तोब्गे विपक्षी नेता हुनुहुन्थ्यो । पूर्वनिजामती कर्मचारी उहाँले सन् २०१३ देखि सन् २०१८ सम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुभएको थियो । उहाँले पिटसबर्ग विश्वविद्यालयबाट मेकानिकल इन्जिनियरिङमा डिग्री र हार्वर्डबाट सार्वजनिक प्रशासनमा मास्टर डिग्री हासिल गर्नुभएको छ ।

नोभेम्बरमा भएको प्राथमिक प्रतियोगिताले अघिल्लो सरकारका सांसद र उनीहरूका पूर्वविपक्षी दुवैलाई हराउँदै दुई दललाई प्रतिस्पर्धामा सीमित गरेको थियो ।

अघिल्लो सरकारले अर्थतन्त्रमा विविधता ल्याउनका लागि परियोजनाहरूलाई अगाडि बढाएको थियो । यसमा भारतीय सीमामा विशेष आर्थिक क्षेत्र र क्रिप्टोकरेन्सी–माइनिङ योजनाका लागि पैसा जुटाउन सिङ्गापुरस्थित कम्पनीसँग योजना समावेश थियो ।

पर्यटन भूटानको अर्थतन्त्रको एउटा सानो भाग हो तर विदेशी मुद्राको मुख्य आर्जन गर्ने यो क्षेत्र अहिलेसम्म कोभिड महामारीका अवरोधबाट माथि आउन सकेको छैन । तोब्गेले ऊर्जाको प्रमुख स्रोत जलविद्युत्मा व्यापक लगानी गर्ने वाचा गर्नुभएको थियो ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

स्मार्ट फोन चलाउनेमा घातक संक्रमण हुन सक्ने !

सम्बन्धित खबर

मुस्ताङमा आठ महिनामा एक लाख १६ हजार विदेशी पर्यटक भित्रिए
आर्थिक

मुस्ताङ आउने विदेशी पर्यटक बढे

८ असार २०८३,
नेपालीले विदेशी कम्पनीमा ‘स्वेट सेयर’ लिन पाउने व्यवस्था
आवाज

एमाले उपाध्यक्ष पौडेल पक्राउ

८ असार २०८३,
जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता
आर्थिक

जोरायले बासमती धानले पाउँदैछ लोकप्रियता

८ असार २०८३,
भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै
आवाज

भुम्लुको लालपुर्जाविहीन समस्या अन्त्य गरिँदै

८ असार २०८३,
दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?
आवाज

दर्मीजामा ‘होमस्टे’ को आनन्द लिन जाने होइन त ?

८ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीः चौबिस घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला

८ असार २०८३,
Load More
Next Post
राति सुत्नअघि मोबाइल चलाउनु ठिक होइन !

स्मार्ट फोन चलाउनेमा घातक संक्रमण हुन सक्ने !

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In