• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

    ढुङ्गेमा यातायात सञ्चालन

    ढुङ्गेमा यातायात सञ्चालन

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

साढे तीन वर्षको अन्योतापछि एमक्यापको म्याद पाँच वर्ष थपियो

by
२५ पुस २०८०,
0
साढे तीन वर्षको अन्योतापछि एमक्यापको म्याद पाँच वर्ष थपियो
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गोरखा । झण्डै साढे तीन वर्षदेखिको अन्योलतापछि उत्तरी गोरखाको मनास्लु संरक्षण क्षेत्रको संरक्षणको जिम्मेवारी पाएको मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय (एमक्याप) गोरखाको म्याद थप भएको छ । आगामी पाँच वर्षसम्मका लागि कार्यालयको म्याद थप भएको हो ।

‘गएको २०७७ असारदेखि म्याद थपको निर्णय नहुँदा कार्यालय रहने वा नरहने भन्ने अन्योलताका कारण समस्या हुँदै आएको थियो’, एमक्यापका प्रमुख सन्तोष शेरचनले उनले भने, ‘मन्त्रिपरिषद्को यही पुस ५ गते बसेको बैठकले आगामी २०८५ असार मसान्तसम्म कायम रहने गरी म्याद थप गर्ने निर्णय गरेको जानकारी आएको छ, अब कार्ययोजना बनाएर काम गर्न सजिलो हुने भएको छ ।’

एमक्यापले मनास्लु क्षेत्रको संरक्षण, संवर्द्धन, प्रवर्द्धन तथा व्यवस्थापनको जिम्मेवारी सम्हाल्दै आएको छ । म्याद थपसँगै चार महिनाभित्रमा व्यवस्थापन नियमावली तथा संरक्षण क्षेत्र व्यवस्थापन निर्देशिका संशोधन गरी पठाउन कार्यालयलाई निर्देशन आएको उनको भनाइ छ । ‘कार्यालयलाई संरक्षण क्षेत्रको व्यवस्थापन योजना र व्यवस्थापन नियमावली २०५३ तथा निर्देशिका, २०५६ संशोधन गरी पठाउन पनि निर्देशन आएको छ’, प्रमुख शेरचनले भने, ‘हामीले त्यसको तयारी थालिसकेका छौँ ।’ कार्यालयले मनास्लु संरक्षण क्षेत्रभित्र रहेका प्राकृतिक तथा सांस्कृतिक सम्पदाको संरक्षण, प्रचार–प्रसारका साथै त्यस क्षेत्रमा घुम्न जाने पर्यटकलाई भ्रमण अनुमति दिँदै आएको छ ।

त्यस्तै त्यहाँ जाने पर्यटकबाट प्रवेश शुल्क उठाउने, त्यस क्षेत्रमा पाइने जडीबुटी बिक्री गर्न छुट पूर्जी दिने, सिफारिस गर्नेलगायतका काम कार्यालयबाट हुँदै आएको उनले बताए । करिब एक हजार छ सय ६३ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको मनास्लु संरक्षण क्षेत्र उत्तरमा चीनको सीमाना र पश्चिममा अन्नपूर्ण संरक्षण क्षेत्रको सीमानासम्म फैलिएको छ ।

प्राकृतिक सुन्दरता तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण मनास्लु संरक्षण क्षेत्र घुम्न जाने पर्यटकले चुमभ्यालीतर्फ विश्वकै सर्वाधिक चर्चित शृङ्गी हिमाल, राजेन र मुगुम्बा अवलोकन गर्न पाउने छन् । त्यस्तै नुब्रीभ्यालीतर्फ कल्छुमन ९काल० ताल, विश्वको आठौँ अग्लो मनास्लु हिमाल तथा वीरेन्द्र तालको अवलोकन गर्दै लार्केपास गरेर मनाङ पुग्न सक्छन् ।

योगाभ्यासका लागि पनि मनास्लु क्षेत्र विदेशी पर्यटकको मुख्य गन्तव्य बन्दै गएको छ । यी दुवै क्षेत्रमा हिमचितुवाका साथै नाउर, घोरल, डाँफे, मुनाल र चौँरीसँगको सामिप्यतामा पर्यटक रमाउन पाउँछन् । मनास्लु क्षेत्र प्राकृतिक हिसाबले मनोरम र सामरिक हिसाबले विशेष महत्व रहेको क्षेत्र भएकाले पनि विदेशी पर्यटकको रोजाइमा पर्ने गरेको प्रमुख शेरचनले बताए । विदेशी पर्यटकले यो क्षेत्रको भ्रमणका लागि प्रतिव्यक्ति रु तीन हजार शुल्क तिर्नुपर्ने व्यवस्था छ । निषेधित क्षेत्रका रूपमा रहेको मनास्लु क्षेत्रलाई सरकारले सन् १९९५ देखि पर्यटकका लागि खुला गरेको थियो । गएको एक वर्षको अवधिमा मात्र मनास्लु संरक्षण क्षेत्रमा नौ हजार एक सय ६६ जना विदेशी पर्यटक घुम्न पुगेका थिए । यो सङख्या अहिलेसम्मकै सबैभन्दा धेरै हो ।

Previous Post

काठमाडौंबाट धनगढी उडेको श्री र बुद्ध एयरको विमान सुर्खेतमा अवतरण

Next Post

मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक

सम्बन्धित खबर

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर
आवाज

सिमस्याइलका लेकमा कृषि क्रान्ति गरिरहेका जयबहादुर

१६ भदौ २०८३,
‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन
आवाज

‘डिएनए’ नमूना सङ्कलनपछि २८० शवको व्यवस्थापन

१६ भदौ २०८३,
ढुङ्गेमा यातायात सञ्चालन
जीवन शैली

ढुङ्गेमा यातायात सञ्चालन

१६ भदौ २०८३,
कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै
समाचार

कृष्णभीरको सडक भासिएपछि उपत्यका बाहिर एलपी ग्यास भरिँदै

१६ भदौ २०८३,
भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै
फिचर-ब्यानर

भाद्र कृष्ण पञ्चमीः कोलमती घाटस्नान गरिँदै

१६ भदौ २०८३,
हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट
फिचर-ब्यानर

हेटौँडा–काठमाडौँ आवतजावतमा ‘वान–वे’ रुट

१६ भदौ २०८३,
Load More
Next Post
मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक

मेनुका पौडेलको स्वरमा ‘बादलु माथि’ सार्वजनिक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In