पोखरा, ५ मंसिर । कास्की निर्बाचन क्षेत्र नम्बर १ मा मतगणनाको प्रारम्भिक नतिजा प्राप्त भएको छ । मादी गाउँ पालिकाको वडा नम्बर ९ को मत गणना गर्दा एमालेका उम्मेदवार मनवहादुर गुरुङ तीन मतले अग्रता लिएका छन् ।
कुल ८ सय ७२ मत गणना हुँदा नेपाली काँग्रेसका किशोरदत्त बरालले ३ सय ८१ मत प्राप्त गर्नुभएको छ भने नेकपा एमालेका मनबहादुर गुरुङले ३ सय ८४ मत प्राप्त गर्नुभएको छ ।
त्यसैगरी कास्की क्षेत्र नम्बर १(२ ) मा ८ सय ७२ गणना हँुदा एमालेका बेदबहादुर गुरुङले ४१३ र नेपाली काँग्रेसका दीपक गुरुङले ३७६ मत प्राप्त गर्नुभएको छ ।













