पोखरा, ५ मंसिर । दिउँसो एक बजेबाट मतगणना सुरु भएको प्रतिनिधि सभा सदस्य कास्की निर्बाचन क्षेत्र नम्बर ३ मा नेकपा एमालेले प्रारम्भिक अग्रता लिएको छ । यो क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टी पछिपछि आइरहेको छ ।
नेकपा एमालेका उम्मेदवार दामोदर पौडेल बैरागीले ५७८ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका योगराज पौडेलले ५५९ मत पाएका छन् ।
गठबन्धनका तर्फबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका रामजी बरालले २२८ मत प्राप्त गरेका छन् । यस्तै राप्रपाका उम्मेदवारले ११३ मत प्राप्त गरेका छन् ।













