काठमाडौँ क्षेत्र नम्बर १ को मतगणना जारी रहँदा पहिलो स्थानमा प्रकाशमान सिंहले अग्रता लिएका छन् ।
हालसम्म गणना भएको मतअनुसार प्रकाशमान सिंहले १ हजार ११८ मत पाएका छन् भने उनलाई पछ्याउँदै किरण पौडेलले १०११ मत पाएका छन् ।
त्यस्तै, तेस्रो स्थानमा हलोबाट रविन्द्र मिश्रले ८९६ मत प्राप्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीबाट घण्टी चुनाव चिह्न लिएका पुकारबमले ७०२ मत पाएका छन् भने आमा चुनाव चिह्नबाट चुनाव लिएका रमेश खरेलले ३५७ मत प्राप्त गरेका छन् ।













