• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, August 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    ‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    तपाईंको आजको दिन कस्तो रहनेछ ?

    लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ

    स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

पर्यटकीय रिठेडाँडा बन्दैछ वनभोजस्थल

by
१७ पुस २०८०,
0
पर्यटकीय रिठेडाँडा बन्दैछ वनभोजस्थल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बलेवा– बागलुङ जिल्लाको जैमिनी नगरपालिका-५ बिनामारेको रिठेडाँडा पछिल्लो समय वनभोज स्थल बन्दै गएको छ । वडाको उच्च भागमा पर्ने डाँडा हिउँद लागेपछि दिनदिनै भरिभराउ हुन थालेको हो ।

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको रिठेडाँडामा पछिल्लो समय विभिन्न समूह वनभोजका लागि पुग्ने गरेको वडाअध्यक्ष ठगबहादुर थापा क्षत्रीले बताए। अहिले यो क्षेत्रमा जैमिनीका विभिन्न ठाउँबाट वनभोज खान आउन थालेका हुन् । वनभोज खानेले यहाँ रहेको चौतारी, पोखरीलगायतका रमणीय स्थलका बारेमा प्रचार गरेसँगै पछिल्लो समय रिठेडाँडा वनभोज खानेको लागि रमणीय स्थल बन्दै गएको वडाअध्यक्ष क्षत्रीले बताएका छन् ।

कुनै समय नागपञ्चमी, बडादशैं, चैत्राष्टमीलगायत पर्वका मौकामा मेला लाग्ने गरेको भएपनि सुरक्षा जोखिमका कारण रिठेडाँडामा मेला लाग्न छोडेको केही वर्ष भएको छ । नयाँ पुस्ताले त त्यसको महत्व पनि भुल्न थाले । कुनैताकाको हराभरा र रमझममय रिठेडाँडा निर्जन डाँडामा फेरियो । मन्दिर र चौतारी जीर्ण बने । पोखरी सुक्यो । घाँस र झाडीले रिठेडाँडा घेरियो । त्यसको प्राकृतिक सौन्दर्य मात्रै गुमेन, धार्मिक, सांस्कृतिक पक्ष पनि ओझेलमा पर्‍यो । गाउँको विकास र पर्यटन बुझेका स्थानीय अगुवालाई भने त्यो कुराले पिरोल्दै गयो ।

उनीहरुले गुमनाम रिठेडाँडाको रौनक फर्काउने सपना देखे । जनप्रतिनिधिले पनि स्थानीयवासीसँग होस्टेमा हैँसे मिलाए । सबै कस्सिए, पर्यटनबाट रिठेडाँडालाई चिनाउन । जैमिनी नगरपालिका–५ बिनामारेस्थित रिठेडाँडाको मुहार अहिले विस्तारै बदलिँदैछ । विकास निर्माण र पर्यटनका योजनाले नयाँ वनभोज स्थलका रुपमा रिठेडाँडा चिनिँदैछ ।

‘यो डाँडाको पौराणिक महत्व धेरै छ, समय अनुसार परिवर्तित संरचना तयार गरेर यो डाँडालाई नयाँ व्यवस्थापन गर्दैछौँ,’ उनले भने, ‘बीचमा मेला, पर्वमा झैझगडा हुन थालेपछि सुरक्षा खतराका कारण यहाँ हुने मेलाको परम्परा बन्द हुन पुगेको हो ।’

रिठेडाँडामा उद्यान, पदमार्ग निर्माण, चौतारी संरक्षणलगायतका काम भएको छ । पर्यटनको काम हुन थालेपछि त्यहाँ रहेको शङ्खेपहाराको चर्चा पनि बाहिरिएको छ । त्यहाँ रहेको चौतारीमा १२१ वर्ष पुरानो ढुङ्गाको शिलालेख पनि छ । पोखरीमा रहेको मौलो पनि उति नै पुरानो रहेको स्थानीय टंक केसीले बताए। हिउँदमा सो पोखरी सुक्ने गरेको छ । बाह्रैमास पानी जम्ने बनाउन पोखरी संरक्षणको योजना पनि ल्याइएको छ । भगवती मन्दिर जीर्ण बनेपछि नगरपालिका र स्थानीय दाताको सहयोगमा पुनःनिर्माण गरिएको छ ।

रिठेडाँडाको विकासमा वडा र नगरपालिकाको पनि साझेदारी छ । नगरका पर्यटकीय विकास योजनामा रिठेडाँडा सूचीकृत छ । यहाँ शौचालयको व्यवस्था, खानेपानीको व्यवस्था रहेको र दिनभर घाम लाग्ने भएकाले वनभोज खानेको रोजाइमा रिठेडाँडा परेको हो ।

एकैदिन चार पाँच समूह हुँदा बिनामारेकै भातखाने डाँडालाई विकल्पको रुपमा प्रयोग गर्ने गरिएको छ । भातखाने डाँडामा खानेपानी र शौचालयका पूर्वाधार बनाउन सके त्यहाँ पनि वनभोज स्थलको सम्भावना छ ।

तर भातखाने डाँडामा सबै जग्गा व्यक्तिका नाममा रहेकाले संरचना निर्माणमा कठिनाइ रहेको क्षत्रीले बताएका छन् । कतै समथर त कतै भिरालो भू-बनोटमा रहेको रिठेडाँडाबाट मनोरम हिमशृङ्खला, पहाड र गाउँबस्तीको अवलोकन गर्न सकिन्छ ।

नेपाललाई उत्तर-दक्षिण जोड्ने कालीगण्डकी करिडोर र अन्य सहायक सडक हुँदै रिठेडाँडा सजिलै पुग्न सकिन्छ । एक हजार तीन सय मिटरको उचाइमा अवस्थित रिठेडाँडा सदरमुकाम बागलुङ बजारदेखि २५ किमी दूरीमा पर्छ ।

Previous Post

बालिका बीमा कार्यक्रम सुरु

Next Post

घलेगाउँका घरबास पर्यटकले खचाखच

सम्बन्धित खबर

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै
समाचार

भोटेकोशी बाढीबारे रास्वपाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै

११ भदौ २०८३,
‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’
फिचर-ब्यानर

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

११ भदौ २०८३,
आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने
फिचर-ब्यानर

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

११ भदौ २०८३,
बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु
फिचर-ब्यानर

बाढीका कारण हालसम्म १ सय ५७ जनाको मृत्यु

११ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

तपाईंको आजको दिन कस्तो रहनेछ ?

११ भदौ २०८३,
लेबनानमा दश लाख भन्दा बढी विस्थापित : राष्ट्रसङ्घ
अन्तर्राष्ट्रिय

स्वायत्त हतियारमा लगाम लगाउन विश्वले तत्काल कदम चाल्नुपर्छः राष्ट्रसङ्घ र रेडक्रस

१० भदौ २०८३,
Load More
Next Post
घलेगाउँका घरबास पर्यटकले खचाखच

घलेगाउँका घरबास पर्यटकले खचाखच

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In