• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, July 8, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

    राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित

    दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

    कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान

    आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

    अर्जेन्टिनाको रोमाञ्चक जित

    अर्जेन्टिनाको रोमाञ्चक जित

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

प्रतिनिधि र प्रदेशसभाका लागि आज देशभर मतदान हुँदै

by
४ मंसिर २०७९,
0
प्रतिनिधि र प्रदेशसभाका लागि आज देशभर मतदान हुँदै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आज आइतबार बिहान ७ देखि बेलुकी ५ सम्म देशभर मतदान हुँदैछ।

दोस्रो संविधानसभाले २०७२ असोज ३ गते पारित गरेको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानअनुरूप हुन लागेको यो दोस्रो आमनिर्वाचन हो। यो निर्वाचन आइतबार एकै चरणमा हुँदैछ। यसअघि २०७४ सालमा संघीय र प्रदेशसभाको चुनाव दुई चरणमा भएको थियो।

प्रतिनिधिसभाका लागि १६५ निर्वाचन क्षेत्र र प्रदेशसभाका लागि ३३० निर्वाचन क्षेत्रमा प्रत्यक्ष चुनाव हुनेछ। चुनावमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाताले भाग लिँदै छन्। मतदान गर्न १० हजार ८ सय ९२ मतदान स्थलमा २२ हजार २ सय २७ मतदान केन्द्र निर्माण गरिएको निर्वाचन आयोगले जनाएको छ।

चुनावमा खटिएका कर्मचारीले आफूलाई पायक पर्ने तथा आफू खटिएका मतदान केन्द्रबाट प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न सक्ने छन्।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका तर आफ्नो स्थायी ठेगानाभन्दा बाहिर रहेका कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी तथा वृद्धाश्रममा रहेका व्यक्तिलाई प्रतिनिधिसभाको समानुपातिक प्रणालीतर्फ मतदानको अधिकार सुनिश्चित गर्न ७७ जिल्लामा १४१ वटा अस्थायी मतदान केन्द्र तोकिएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन्।

मतदाताहरूले प्रतिनिधि र प्रदेशसभाका लागि प्रत्यक्ष र समानुपातिक गरी चारवटा छुट्टाछुट्टै मतपत्र खसाल्नुपर्नेछ। सबभन्दा पहिला प्रतिनिधिसभाको प्रत्यक्षतर्फ मतदान गरेपछि समानुपातिकका लागि भोट हाल्ने मतपत्र प्राप्त हुनेछ। त्यो मतपत्र बाकसमा खसालेपछि प्रदेशसभाको प्रत्यक्षतर्फ र त्यसपछि समानुपातिकतर्फ भोट हाल्नुपर्नेछ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि २ हजार ४ सय १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ २ हजार १ सय ९९ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ। त्यस्तै प्रदेशसभामा प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ हजार २ सय २४ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् भने समानुपातिकतर्फ ३ हजार ७ सय ८ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।

प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ५ हजार ६ सय ३६ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। त्यस्तै प्रतिनिधि तथा प्रदेशसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ ५ हजार ९ सय ७ जना उम्मेदवारको नाम अन्तिम बन्दसूचीमा छ।

निर्वाचन आयोगका अनुसार प्रतिनिधि तथा प्रदेशसभाको प्रत्यक्ष निर्वाचन प्रणालीका लागि ३ करोड ९९ लाख ६२ हजार ५ सय मतपत्र र समानुपातिकका लागि ४ करोड ६ लाख ५ हजार गरी कुल ८ करोड ५ लाख ६७ हजार ५ सय मतपत्र छपाइ गरी ढुवानी गरिएको छ।

निर्वाचनसम्बन्धी काम(कारबाही पर्यवेक्षण गर्न ४४ वटा राष्ट्रिय संस्थाहरूबाट ७ हजार २ सय ७ जना पर्यवेक्षक रहेका छन्। त्यस्तै दुईवटा अन्तर्राष्ट्रिय संस्थाबाट १२ जनाले पर्यवेक्षण गर्दैछन्। आयोगले हालसम्म करिब ७ हजार ५ सय जनालाई पर्यवेक्षण परिचयपत्र उपलब्ध गराइसकेको जानकारी दिएको छ।

आयोगको निमन्त्रणामा भारत, भुटान, बंगलादेश र माल्दिभ्सका प्रमुख निर्वाचन आयुक्त तथा श्रीलंका र दक्षिण कोरियाका निर्वाचन आयुक्तसहितको निर्वाचन व्यवस्थापन गर्ने टोली मतदान अवलोकन गर्न आएका छन्। नेपालस्थित १८ वटा कूटनीतिक नियोगबाट समेत मतदानको दिनको अवलोकन गरिने भएको छ।

निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा तीन घेराको सुरक्षा प्रबन्ध मिलाएको जनाएको छ। पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र र तेस्रोमा नेपाली सेनाले सुरक्षा पहरा दिएको छ। यसबाहेक ३० मिनेटभित्र पुग्न सक्ने गरी पर्याप्त सुरक्षाकर्मीको ‘रिजर्भ फोर्स’ व्यवस्था गरेको छ।

गृहसचिव विनोदप्रकाश सिंहले तीन लाख हाराहारी सुरक्षाकर्मी परिचालन गरिएको राष्ट्रिय समाचार समितिलाई बताएका छन्। त्यसमा १ लाख १५ हजार म्यादी प्रहरी मात्रै छन्।

मतदाता परिचयपत्रको विकल्प के ?

निर्वाचन आयोगले आफूले जारी गरेको मतदाता परिचयपत्रको विकल्पमा अन्य पाँच प्रकारका सरकारी परिचयपत्रको सक्कलका आधारमा मतदान गर्न सकिने व्यवस्था गरेको छ।

मतदानका लागि आयोगबाट जारी मतदाता परिचयपत्र, नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, जग्गाधनी प्रमाणपुर्जा, राहदानी र सवारी चालक अनुमतिपत्रको सक्कल प्रति आवश्यक पर्ने आयोगले जनाएको छ।

अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदान केन्द्रमा जाँदा ती परिचयपत्रको सक्कल प्रति लिएर मतदान गर्न सक्नेछन्।

Previous Post

तीनजुरे मिल्के जलजले पर्यटकले भरिभराउ

Next Post

आजदेखि विश्वकप फुटबल शुरु हुदै, यी ३२ देश उपाधिका लागि भिड्ने

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
जीवन शैली

उपत्यकामा बर्डफ्लु सङ्क्रमण यथावत्

२४ असार २०८३,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर

२४ असार २०८३,
राष्ट्रसङ्घीयको प्रथम समिति अध्यक्षमा नेपाल निर्वाचित
अन्तर्राष्ट्रिय

दुई वर्षपछि विश्वव्यापी वैदेशिक लगानी बढ्योः संयुक्त राष्ट्रसङ्घ

२४ असार २०८३,
कोशी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान
आवाज

आजको मौसमः यी प्रदेशमा भारी वर्षाको सम्भावना

२४ असार २०८३,
फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा
आवाज

फिफा विश्कप २०२६ : कोलम्बियालाई हराउँदै स्वीट्जरल्यान्ड ‘क्वार्टरफाइनल’मा

२४ असार २०८३,
अर्जेन्टिनाको रोमाञ्चक जित
खेलमैदान

अर्जेन्टिनाको रोमाञ्चक जित

२४ असार २०८३,
Load More
Next Post
आजदेखि विश्वकप फुटबल शुरु हुदै, यी ३२ देश उपाधिका लागि भिड्ने

आजदेखि विश्वकप फुटबल शुरु हुदै, यी ३२ देश उपाधिका लागि भिड्ने

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In