• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, June 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

    कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ

    गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

    मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु

    बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

    बाँकेमा खेतका फाँट धुलाम्मे

    बाँकेमा खेतका फाँट धुलाम्मे

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सुन्तला बेचेर लाखौँको कमाई

by
३० मंसिर २०८०,
0
पाँच करोडको सुन्तला उत्पादन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धनकुटा – धनकुटा नगरपालिका–३ माथिल्लो सिप्तेन गाउँका किसानले व्यवसायी सुन्तला खेतीबाट लाखौँ कमाउने गरेका छन् ।

नगरको सुन्तला पकेट क्षेत्रका रुपमा रहेको यस गाउँका किसानले सुन्तला बेचेर वार्षिक ४० लाख बढीको सुन्तला बेच्ने गरेका छन् । अहिले नगरको सबैभन्दा बढी सुन्तला उत्पादन हुने माथिल्लो र तल्लो सिप्तेन गाउँमा लटरम्म पाकेको सुन्तलाले तिहारमा फुलेको सयपत्री फूल झै रङ्गिचङ्गी देखिएको छ ।

यहाँ नागरिकको मुख्य पेसा नै सुन्तला खेती भएकाले गाउँका प्रत्येक घरले वार्षिक लाखौँ कमाउने गरेको माथिल्लो सिप्तेन गाउँका राजीन राईले जानकारी दिए । गाउँमा प्रत्येक घरले चार देखि १५ लाखसम्म कमाइ गरेको देखेर आफूहरुले पनि सङ्गोलमा रहेको १३ रोपनी पूर्खेउली जमिनमध्ये सात रोपनीमा सुन्तला खेती विस्तार गरेको राईले जानकारी दिए।

‘हाम्रो त बगैँचामा हुर्किदैछ । पुरानो आठ÷१० बोट बेचर वर्षमा एक लाखसम्मको बेच्ने गरेका छौँ’, राईले भने, ‘गाउँमा चार लाख, सात लाख १५ लाखसम्म कमाउनेछन् ।’ राईका अनुसार माथिल्लो सिप्तेन गाउँका किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध छन् ।

सोही गाउँमा २०५९ सालदेखि २६ रोपनीमा सुन्तला खेती गर्दै आउनुभएका राजु कट्टेलले वार्षिक सात लाखभन्दा बढीको सुन्तला बेच्दै आएको जानकारी दिए। हालसम्म बगैँचा विस्तारकै क्रममा रहेकाले आगामी दिनमा वार्षिक १५ लाख बढी कमाइ गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिए ।

त्यस्तै वडाको तल्लो सिप्तेन गाउँमा २०२४ सालदेखि सुन्तला खेती गर्दै आउनुभएका जीतेन्द्र राईले यो वर्ष ४० देखि ५० लाखको सुन्तला बेच्ने जानकारी दिए । पच्चीस रोपनीबाट हाल ४० रोपनीमा सुन्तला खेती गर्दै आएका राईले सिजनअनुसार दैनिक तीन देखि १२ जनालाई रोजगारसमेत दिँदै आएको जानकारी दिए । गतवर्ष २१ लाखको सुन्तला बेच्नुभएका राईले भने, ‘यो वर्ष पोहोरको तुलनामा सुन्तला बढी फलेकाले ४० लाख बढीको बेच्ने सोचमा छु ।’

विसं २०५२ देखि सुन्तला तथा फलफूलको व्यापार समेत गर्दै आउनुभएका राईले गाउँभरी सुन्तला खेती र व्यापारिक चहलपहलका कारण हाल गाउँमा करिब एक सयको हाराहारीले व्यापार सिकेर स्वरोजगार बनेको पनि जानकारी दिए । सुन्तला बेचेरै हाल २५ रोपनीबाट ७० रोपनी जमिन जोडेको बताउने राईले तल्लो सिप्तेनको लाँकुरे, शिलिङ्ग्वा गाउँका करिब ७० घर व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको जानकारी दिए ।

अहिले सिप्तेन गाउँको प्राय हरेक घरमा सुन्तलाको नर्सरी र बगैँचाले भरिभराउ छन् । पाँच सय पाँच घरधुरी भएको यस वडामा करिब दुई सय ५० किसान व्यावसायिक सुन्तला खेतीमा आवद्ध रहेको वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए । घिमिरेका अनुसार यस वडामा सुन्तला बेचेर वार्षिक दुई करोडको हाराहारीमा नगद भित्रने गरेको जानकारी दिए । अहिले धनकुटामा सुन्तलाको खुद्रा मूल्य प्रतिकेजी रु ५० देखि एक सय ५० सम्म रहेको छ ।

जिल्लाको सात वटै स्थानीय तहमा खोकु स्थानीय र धनकुटा स्थानीय जातको सुन्तला उत्पादन हुने गरेको कृषि ज्ञान केन्द्र धनकुटाले जानकारी दिएको छ । जिल्लामा सबैभन्दा बढी सहिदभूमि गाउँपालिका, धनकुटा नगरपालिका र चौबिसे गाउँपालिकामा सुन्तला खेती हुने गरेको ज्ञान केन्द्रका प्रमुख नगेन्द्र रानाले जानकारी दिए।

गत आर्थिक वर्ष २०८९/८० मा दुई हजार आठ सय १५ मेट्रिक टन सुन्तला उत्पादन भएको जिल्लामा यो वर्ष हावापानी अनुकूलन भएकाले १५ प्रतिशतसम्म उत्पादन वृद्धि हुने रानाले जानकारी दिए । हाल आठ सय ७७ हेक्टरमा सुन्तलाखेती रहेको धनकुटामा पाँच सय एक हेक्टरले उत्पादन दिँदै आएको ज्ञान केन्द्रको तथ्याङ्क छ ।

Previous Post

सिद्धार्थनगर नगरपालिकामा एडिबीको नयाँ परियोजना

Next Post

चितवनका किसान मौरी चराउन चिउरी पाखामा

सम्बन्धित खबर

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे
आवाज

आरोग्य पर्यटनका लागि म्याग्दीको भंकासे

१५ असार २०८३,
गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत
फिचर-ब्यानर

गृहमन्त्रीको मध्यतराईका जिल्लाको अनुगमनपछि रौतहटको सुरक्षा व्यवस्था मजबुत

१५ असार २०८३,
कांग्रेस महामन्त्री गगन भन्छन् : फागुन २१मा निर्वाचन हुन्छ, सफल पनि बनाउँछौँ
फिचर-ब्यानर

गगन थापाको ‘नुवाकोटको छोरी राम्रो, बाटो नराम्रो’ भन्ने टिप्पणी चर्चामा

१५ असार २०८३,
मानव–हात्ती द्वन्द्व : डेढ दशकमा ७२ जना र २५ हात्तीको मृत्यु
आवाज

बाहुनडाँगीमा हात्तीको बथान गाउँ पस्यो

१५ असार २०८३,
बाँकेमा खेतका फाँट धुलाम्मे
आर्थिक

बाँकेमा खेतका फाँट धुलाम्मे

१५ असार २०८३,
असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक
आवाज

असारे रोपाइँ महोत्सवले आकर्षित गर्‍यो विदेशी पर्यटक

१५ असार २०८३,
Load More
Next Post
चितवनका किसान मौरी चराउन चिउरी पाखामा

चितवनका किसान मौरी चराउन चिउरी पाखामा

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In