• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, October 1, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    आस्थाको केन्द्र बन्दै रक्षाबाबा

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउन थालियो

by
२७ मंसिर २०८०,
0
आचारसंहिता उल्लंघन रोक्न निर्वाचन आयोग कठोर बन्दै, फौजदारी कानून प्रयोग गर्दै
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ। राष्ट्रिय सभा सदस्य निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलले समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारको नाम हटाउने क्रम बढेको छ । निर्वाचन कानुनले बन्दसूचीमा नाम समावेश भएका व्यक्ति राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय निर्वाचनमा उम्मेदवार हुन बन्देज लगाएको छ ।

निर्वाचन आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका अनुसार राष्ट्रिय सभा सदस्यको निर्वाचनको मिति घोषणा भएयता तीन वटा दलले बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन आयोगलाई आग्रह गरेका हुन् । महाशाखाका प्रमुख यज्ञप्रसाद भट्टराईले मङ्गलबार नेपाल समाजवादी पार्टीले उम्मेदवारको नाम हटाउन पत्राचार गरेको जानकारी दिए । सो दलले बन्दसूचीबाट एक जनाको नाम हटाउन आग्रह गरेको थियो ।

नेकपा ९एकीकृत समाजवादी० र राष्ट्रिय प्रजातन्त्र पार्टीले समेत बन्दसूचीबाट उम्मेदवारको नाम हटाउन पत्राचार गरेको छ । एकीकृत समाजवादीले प्रतिनिधि सभा सदस्य निर्वाचनका क्रममा बुझाएको १०२ जनाकै नाम बन्दसूचीबाट हटाउन आग्रह गरेको छ । प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ तीन प्रतिशत मत नपाउँदा एकीकृत समाजवादी राष्ट्रिय दल हुन सकेन । त्यसै गरी सो दलले सुदूरपश्चिम प्रदेशबाट समानुपातिकतर्फका दुई जना उम्मेदवारको नाम हटाउन आग्रह गरेको छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० ले भने प्रतिनिधि सभा सदस्यतर्फको एक उम्मेदवारलाई बन्दसूचीबाट हटाउन आग्रह गरेकोमा आयोग बैठकले सो दलको उम्मेदवारको नाम हटाइसकेको छ । राष्ट्रिय सभामा राप्रपाको प्रतिनिधित्व छैन ।

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनमा दलहरूले समानुपातिकतर्फका उम्मेदवारको नाम आयोगमा बुझाएका थिए । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ ले प्रतिनिधि सभाको समानुपातिक निर्वाचन प्रणालीतर्फको उम्मेदवारको बन्दसूचीमा नाम समावेश भएको व्यक्ति राष्ट्रिय सभा, प्रदेश सभा वा स्थानीय निर्वाचनमा उम्मेदवार हुन नसक्ने व्यवस्था गरेको छ । कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखा प्रमुख भट्टराईले भन्नुभयो, “केही दलले एकरदुई जना गरेर यसअघि पनि नाम हटाएका छन् ।”

उहाँले राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनकै लागि दलले उम्मेदवारी दर्ता गराउनुअघिसम्म बन्दसूचीबाट नाम हटाउन पाउने बताउनुभयो । उहाँले भन्नुभयो, “बन्दसूचीमा नाम हुँदाहुँदै उम्मेदवारी दर्ता गराउने प्रयास गरिए राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि उम्मेदवार हुन पाउने छैनन् ।” राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने छ । सो निर्वाचनका लागि पुस २३ गते उम्मेदवारी दर्ता हुने छ । त्यसअघि राष्ट्रिय सभाका उम्मेदवारलाई सम्बन्धित दलले समानुपातिकतर्फको बन्दसूचीमा नाम राखेको भए हटाउनुपर्ने हुन्छ ।

Previous Post

चुट्किलाः फेरि कालो बनाइदिनु

Next Post

दही कहिले र कसरी खाने ?

सम्बन्धित खबर

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा
आवाज

मोबाइलको स्क्रिनदेखि गाउँको आँगनसम्मः पर्यटन यात्रा

१४ अशोज २०८३,
आस्थाको केन्द्र बन्दै रक्षाबाबा
आवाज

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

१४ अशोज २०८३,
नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ
आर्थिक

नारायणी किनार कहर : नगरपालिका बनाउँछ, नदी बगाउँछ

१४ अशोज २०८३,
बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति
फिचर-ब्यानर

बागलुङमा बाढीपहिरोः ६१ घर गोठ बगे, ५१ घरमा आंशिक क्षति

१४ अशोज २०८३,
कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी
समाचार

कांग्रेस कास्की–२ सभापतिमा बराल विजयी

१४ अशोज २०८३,
युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत
आवाज

युवा पुस्ताको काँधमा ‘लाखे नाँच’को विरासत

१४ अशोज २०८३,
Load More
Next Post
हप्तामा दुई पटक दही खानुका फाइदा

दही कहिले र कसरी खाने ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In