• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Sunday, June 28, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट

    काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

    पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ

    बुढापाकाले धानेको घुम्ती गोठ

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य गाजाको दह पुग्ने सडकको दुरावस्था

by
२६ मंसिर २०८०,
0
गण्डकी प्रदेशको उत्कृष्ट पर्यटकीय गन्तव्य गाजाको दह पुग्ने सडकको दुरावस्था
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बागलुङको गाजाको दह गण्डकी प्रदेशकै उत्कृष्ट पर्यटकीय गन्तव्यको सूचीमा छ । हरेक वर्ष यहाँ हजारौँ पर्यटक पुग्छन् । जैमिनी नगरपालिका, गलकोट नगरपालिका र काठेखोला गाउँपालिकाको सीमानामा पर्ने गाजाको दह उच्च पहाडमा रहेको हुँदा आन्तरिक पर्यटकको रोजाईमा पर्छ । तर यहाँ पुग्नका लागि राम्रो सडकको पहुँच नहुँदा यहाँ पुग्ने पर्यटक तथा स्थानीयले वर्षौँदेखि सास्ती खेप्दै आएका छन् ।

बागलुङको सिङ्गो दक्षिण भेगलाई जोड्ने गरी निर्माण भएको बागलुङ(सिगाना(बरेङ सडकको ट्र्याक खुलेको एक दशक बितिसक्दा पनि स्तरोन्नति हुन सकेको छैन । यस सडकलाई बागलुङ निर्वाचन क्षेत्र नम्बर १ को गौरवको आयोजनाका रूपमा राखिएको छ । बागलुङ बजारदेखि सिगानासम्मको सडकलाई स्तरोन्नति गर्न थालिए पनि सिगानादेखि बरेङसम्मको खण्ड भने जोखिमपूर्ण छ ।

गाजाको दह सिगाना र बरेङबीचमा पर्ने हुँदा यहाँसम्म जोडिने सडक स्तरोन्नति हुन सकेको छैन । यही सडक भएर जैमिनी नगरपालिका(३, दमेक र बरेङ गाउँपालिकाका नागरिक दैनिक सदरमुकाम बागलुङ बजार आउजाउ गर्छन् । जोखिमपूर्ण सडककै कारण गाजाको दह पुग्ने पर्यटक पनि घट्न थालेका छन् । सिगानादेखि गाजाको दहसम्मको सडक स्तरोन्नतिका लागि स्थानीयले बारम्बार माग गरे पनि सुनवाइ हुन सकेको छैन ।

बर्खामा हिलो र हिउँदमा धुलोले पर्यटकसमेत आजित बनेका छन् । दर्जनौँ हिमशृङ्खलाका दृश्य अवलोकन, ग्रामीण जनजीवन बुझन र उच्च पहाडको हावापानीसँग स्वादन गर्नका लागि यहाँ ओइरिने पर्यटक सडकको दुरावस्थाका कारण घट्न थालेको जैमिनी नगरपालिका(३ का प्रेमबहादुर विकको भनाइ छ ।

पहिले(पहिले दैनिक पर्यटक आउने गरे पनि अहिले निकै कम आउन थालेको उनको भनाइ छ । उनले आफूहरू दैनिक यही सडक भएर सामान किनमेल र कामकाजका लागि बजार झर्ने भन्दै सडकमा भएको धुलो र ठूलाठूला खाल्डाखुल्डीले यात्रालाई असहज बनाएको गुनासो गरे । लामो समयसम्म पनि सडक नबन्दा गाउँमा आउने पाहुना र गाजाको दहमा आउने पर्यटक बढाउन नसकिएको विकले बताए । नेताहरूले स्तरोन्नति गर्ने आश्वासन दिए पनि बजेट विनियोजन गरेर काम गर्न भने नसकेको उनको भनाइ छ ।

विकले भने, ‘यो सडक निकै साँघुरो छ, हिलो र धुलोको त झन् के कुरा गरौँ, भनिनसक्नु छ, जङ्गलबीच हुँदै आएको छ सडक, बर्खामा भत्किएपछि गाउँलेलेनै खनेर बनाउँछन्, सुरूमा ट्रयाक खोलेदेखि अहिलेसम्म एक पटक पनि सम्याउने, नाली निर्माण गर्ने काम भएको छैन, केही फराकिलो बनाएर नाली निर्माण ग दिए त सहज हुन्थ्यो तर कसको ध्यान जाने रु’

बरेङ गाउँपालिका(२ का मीनबहादुर थापाले यो सडक स्तारोन्नति गर्न नसक्दा धेरैले ज्यान गुमाउनु परेको समेत सुनाए । सडक साँघुरो भएका कारण समय(समयमा दुर्घटना हुने गरेको उनको भनाइ छ । बजार पुग्ने मुख्य सडक भएकाले दैनिक सयौँ मान्छे यही बाटो भएर यात्रा गर्ने थापाले बताएका छन् । स्थानीय, प्रदेश र केन्द्र सरकारसँग सडक स्तरोन्नतिका लागि माग गरे पनि सुनवाइ नभएको उनको गुनासो छ ।

बागलुङ बजारदेखि सिगानासम्मको सडक निर्माणको जिम्मा कर्ण बिल्डर्सले धमाधम गरेको थियो । तर पछिल्लो समय भुक्तानी नपाएपछि काम रोकिएको छ । तीस महिनाको अवधि पाएको निर्माण कम्पनीले हालसम्म ४५ प्रतिशत बढी काम गरेको छ । भुक्तानी नपाएपछि करिब छ महिनादेखि काम रोकिएको हो ।

निर्माण कम्पनीका प्रमुख नवीन गुरूङले गत वर्ष गरेको कामको साढे दुई करोड रूपैयाँ अहिलेसम्म पाउन नसक्दा काम रोक्न बाध्य भएको बताए । निर्माणका लागि सडक डिभिजन कार्यालयसँग २९ करोड रूपैयाँको सम्झौता गरेको काम सुरू गरेको भन्दै हालसम्म साढे नौ करोड रूपैयाँभन्दा बढीको काम गरेको उनको दाबी छ ।

Previous Post

अष्ट्रेलियामा विदेशी मूलका व्यक्तिको खाली घरको करमा नाटकीय वृद्धि

Next Post

बिक्री हुन छाडे चोयाका सामग्री

सम्बन्धित खबर

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा र अण्डा नष्ट
आवाज

काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि

१३ असार २०८३,
वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड
आवाज

वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड

१३ असार २०८३,
खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी
आर्थिक

खाडीबाट फर्केर गाईपालनः मासिक दुई लाख आम्दानी

१३ असार २०८३,
चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन
आवाज

चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन

१३ असार २०८३,
पर्यटकलाई आकर्षित गर्ने बुकीपाटनका भेडीगोठ
आर्थिक

बुढापाकाले धानेको घुम्ती गोठ

१३ असार २०८३,
भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी
फिचर-ब्यानर

भेनेजुएला भूकम्पको दर्दनाक कथा : छोरीलाई बचाएर अन्तिम सास फेरेकी फुटबलर पत्नी

१३ असार २०८३,
Load More
Next Post
बिक्री हुन छाडे चोयाका सामग्री

बिक्री हुन छाडे चोयाका सामग्री

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In