काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट चितवन–२ मा उम्मेदवार रवि लामिछानेलाई जिल्ला निर्वाचन कार्यालय चितवनले स्पष्टीकरण सोधेको छ ।
लामिछानेले पहिले विदेशी नागरिकता लिएका कारण नेपाली नागरिकता कायम नरहेको भन्दै दुई जनाले आयोगमा दिएको उजुरीलाई आधार बनाएर ७ दिनभित्र जवाफ पठाउन निर्देशन दिइएको हो ।
आयोगले ‘नागरिकताको विषयमा तपाईंमाथि परेको उजुरीका आधारमा उम्मेदवारी खारेज किन नगर्ने’ भनी सोधेको छ । लामिछानेलाई सोधिएको स्पष्टीकरणमा उजुरी र उजुरीकर्ताले दिएका केही प्रमाणसमेत संलग्न गरी पठाएको बताइएको छ ।













