• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, July 17, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

    जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    लागत बढेपछि चपेटामा किसान

    लागत बढेपछि चपेटामा किसान

    सुनको मूल्य घट्यो

    सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा

    बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

    जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला

    मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

    ‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो

    धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

    लागत बढेपछि चपेटामा किसान

    लागत बढेपछि चपेटामा किसान

    सुनको मूल्य घट्यो

    सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

अन्तरिक्षमा फेला परे ६ ‘अद्भुत ग्रह’

by
२४ मंसिर २०८०,
0
अन्तरिक्षमा फेला परे ६ ‘अद्भुत ग्रह’
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ । एकछिन सोचौं त, ‘ब्रह्माण्डमा पृथ्वीजस्तै ग्रह फेला परे के होला ? ’ हामी कल्पना गर्न सक्छौं ‘त्यहाँ पनि जीव होला र त्यसमध्ये शक्तिशाली जीवले शासन गरेको होला।’ हो अहिले वैज्ञानिक यसकै खोजीमा छन्, किनकि अन्तरिक्षमा पृथ्वीभन्दा ठूला ६ वटा ‘अद्भुत ग्रह’ फेला परेका छन्। विभिन्न आकारका ग्रहहरू भएको हाम्रो सौर्यमण्डल बन्दा ब्रह्माण्डमा ठूला उथलपुथलहरू भएका थिए। तर, अहिले फेला परेको सौर्यमण्डल निर्माण हुँदा त्यस्तो केही नभएको अनुमान गरिएको छ।

पृथ्वीबाट सय प्रकाश वर्ष टाढा रहेको उक्त ‘सौर्यमण्डल’मा ६ वटा ग्रह छन्। ती सबैको आकार लगभग उत्रै छ। तिनको उत्पत्ति १२ अर्ब वर्षअघि भएको हो। तर, त्यसपछि तिनमा खासै ठूलो परिवर्तन भएको छैन। त्यसैले ती ग्रहहरूको उत्पत्ति कसरी भयो र तिनमा जीवको अस्तित्व छ कि छैन भन्ने अध्ययन गर्न तिनलाई उपयुक्त मानिएको छ।

वैज्ञानिक जर्नल ‘नेचर’ मा यो अनुसन्धान प्रकाशित भएको छ। हाम्रो सौर्यमण्डल निर्माण हुने प्रक्रिया उथलपुथलयुक्त थियो। उत्पत्तिका क्रममा केही ग्रहहरू एकअर्कामा बज्रिएका थिए र तिनको कक्ष खल्बलिएको थियो। अनि वृहस्पति र शनिजस्ता विशाल ग्रहहरू र पृथ्वीजस्ता तुलनात्मक रूपमा साना ग्रहहरू पनि बनेका थिए। अहिले पत्ता लागेको सौर्यमण्डललाई वैज्ञानिकहरूले एचडी ११००६७ नामकरण गरेका छन्। यसका सबै ग्रहको आकार लगभग उत्रै छ। हाम्रो सौर्यमण्डलमा भएका ग्रहहरूले सूर्यलाई परिक्रमा गर्न लाग्ने अवधि भिन्नाभिन्नै छ। तर, एचडी ११००६७ मा सबै ग्रहहरू सँगसँगै जस्तो आफ्नो माउतारालाई परिक्रमा गर्छन्।

परिक्रमा कक्षको सबैभन्दा भित्र रहेको ग्रहले तारालाई तीन पटक परिक्रमा गर्दा लाग्ने समयमा त्यसपछि रहेको ग्रहले झन्डै दुई फेरा मार्छ। त्यो क्रम चौथो ग्रहसम्म जारी रहन्छ। त्यसपछि बाँकी दुइटा ग्रहले आफ्नो कक्षमा परिक्रमा गर्ने सापेक्षित गति परिवर्तन भएर ४ः३ को औसत हुन पुग्छ। ग्रहहरूको यस्तो जटिल अनुक्रम यति स्पष्ट छ कि अनुसन्धानकर्ताहरूले प्रत्येक ग्रह र त्यसले कक्षमा परिक्रमा गर्ने अवधिसँग ‘ताल र लय’ मिल्ने गरी एउटा संगीत नै पनि रचना गरेका छन्।

उक्त अनुसन्धानको नेतृत्व युनिभर्सिटी अफ शिकागोका डा। रफाएल लुकेले गरेका थिए। उनले एचडी ११००६७ लाई एउटा ‘उत्कृष्ट सौर्यमण्डल’ को संज्ञा दिएका छन्। वारिक युनिभर्सिटीकी डा। मारिना लाफार्गा–माग्रो उक्त सौर्यमण्डल ‘सुन्दर र अद्वितीय’ भएको बताउँछिन्। ‘कसैले पनि पहिला नदेखेको कुरा देख्न पाउनु निकै रोचक छ,’ उनले भनिन्।

विगत ३० वर्षमा खगोलविद्हरूले हजारौं सौर्यमण्डल पत्ता लगाएका छन्। तर, ग्रहहरूको उत्पत्तिबारे अध्ययन गर्न ती उपयुक्त थिएनन्। ग्रहहरूको समान आकार र समग्र प्रणालीको अक्षुष्ण अवस्थाका कारण खगोलविद्हरूले यो सौर्यमण्डललाई अध्ययनका लागि उपयुक्त मानेका छन्।

ग्रहहरूको तुलना गर्दै समानता र विषमता खोज्न सकिने उनीहरू ठान्छन्। त्यसो गर्दा ती ग्रह पहिला कसरी बने र क्रमशः विकसित भए भन्ने चित्र बन्न सक्छ। उक्त प्रणालीमा एउटा चम्किलो तारा छ जसले ती ग्रहहरूको वायुमण्डलमा जीवहरूको अस्तित्व भए नभएको खोज्न सघाउन सक्छ। ६ वटै ग्रहलाई खगोलविद्हरूले ‘उपवरुण’ ९सब–नेप्च्युन० भनेका छन्। ती ग्रह पृथ्वीभन्दा ठूला तर वरुणभन्दा साना छन्। वरुण पृथ्वीभन्दा चार गुना ठूलो छ। ती ग्रहहरू पृथ्वीभन्दा दुई वा तीन गुना ठूला छन्।

गत सेप्टेम्बरमा अर्को एउटा सौर्यमण्डलमा के २–१८बी नामक सब–नेप्च्युन ग्रह पत्ता लागेको थियो। त्यो ग्रहको वायुमण्डलमा पृथ्वीमा प्राणीहरूले उत्पादन गर्ने र जीवको अस्तित्वको संकेत गर्ने एउटा ग्यास भएको संकेत फेला परेको थियो। त्यसैले अहिले नयाँ ग्रहहरू फेला परेको विषयमा धेरैको रुचि बढेको देखिन्छ।

हाम्रो सौर्यमण्डलमा त्यस्तो सब–नेप्च्युन ग्रह छैन। तर आकाशगंगामा त्यस प्रकारको ग्रहको संख्या धेरै भएको ठानिन्छ। वास्तवमा खगोलविद्हरूलाई ती ग्रहबारे धेरै कम थाहा छ। ती ग्रहमा कति चट्टान, ग्यास वा पानी छ भन्ने अनि त्यहाँ जीवका लागि आवश्यक परिस्थिति उपलब्ध छ कि छैन भन्ने कुरा कसैलाई पनि थाहा छैन।बीबीसी

Previous Post

ध्रुवे हात्ती फेरि बस्ती प्रवेश गर्न थाल्यो, रेडियोकलर जडान गर्ने तयारी

Next Post

गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग गर्दै धर्ना

सम्बन्धित खबर

‘बर्डफ्लु’ संक्रमण लुकाएको आरोपमा चिडियाखाना प्रमुख साह छानबिनमा
आवाज

बर्डफ्लु नियन्त्रणपछि जावलाखेल सदर चिडियाखाना आजदेखि पुनः खुला

१ साउन २०८३,
जापानमा पहिलोपटक ‘क्लेड १बी एमपक्स’ भाइरसको पुष्टि, कोबेमा सङ्क्रमित महिला
आवाज

मुगु र बाजुरामा नेपाल टेलिकमको फोरजी सेवा विस्तार

१ साउन २०८३,
‘ध्रुवे’लाई ‘रेडियो कलर’ जडान गरेर छाडियो
आवाज

धुर्वे हात्तीको गतिविधि प्रत्येक १० मिनेटमा लिइँदै

१ साउन २०८३,
जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…
आर्थिक

जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ…

१ साउन २०८३,
लागत बढेपछि चपेटामा किसान
आवाज

लागत बढेपछि चपेटामा किसान

१ साउन २०८३,
सुनको मूल्य घट्यो
आर्थिक

सुनको मूल्य प्रतितोला रु तीन हजार १०० ले घट्यो

१ साउन २०८३,
Load More
Next Post
गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग गर्दै धर्ना

गौतम बुद्ध विमानस्थल नियमित सञ्चालनको माग गर्दै धर्ना

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In