• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Thursday, April 2, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

    सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

    इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

    ‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

    ‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

निलगाई र बँदेलले किसान हैरान

by
२२ मंसिर २०८०,
0
निलगाई र बँदेलले किसान हैरान
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

रौतहट । वन क्षेत्रबाट निस्केर गाउँ प्रवेश गरी निलगाई र बँदेलले बालीमा क्षति पुर्याउने गरेपछि कृषक चिन्तित भएका छन् । वन नजिक रहेका उत्तरी भेगका गाउँहरुबाट जंगली जनावर निलगाई र बँदेल खेतमा आउने गर्छन् ।

प्रायः साँझको बेलामा आउने निलगाई तथा बँदेलले बाली खाने र माडेर नष्ट पार्ने गरेको कृषकहरुको गुनासो छ । मेहनत गरेर उब्जाएको बाली जंगली निलगाई र बँदेलले खान थालेपछि चिन्तित भएको कटहरिया नगरपालिका–४ का कृषक गणेश साहले बताए । वर्षभरका लागि उत्पादन गरिने अन्नपात जंगली जनावरले क्षति पुर्याउँदा यस भेगका कृषक चिन्तित भएको उनको भनाई छ । भारतीय सिमानादेखि उत्तर वन क्षेत्रसम्म लालबकैया नदीको दुुवै किनारमा रहेका काँसघारी र उखुबालीमा लुकेर बस्ने निलगाई, घोडगदहा, बँदेल साँझ परेपछि बारीमा पस्न थाल्छन् ।

नजिकैको सामुदायिक वन र राष्ट्रिय वनबाट आउने निलगाई र बँदेलले किसानहरुले लगाएको उखु, गहुँ, तोरी, केराउ, मसुरो, केरा, तरकारी बालीमा बढी क्षति गर्ने गरेको छ । निलगाईले फतुवा विजयपुर नगरपालिका पेटभर्वाका किसानहरुको खेतमा बढी क्षति पुर्याएको छ । स्थानीय किसानहरु भरदुल साहको २० कट्ठा, हरुनी साहको १० कट्ठा, श्रीकान्त यादवको १५ कट्ठा, नगिना साहको १५ कट्ठा, सुरेश यादवको १६ कट्ठा, रघुनाथ साहको १५ कट्ठा, तेजिलाल यादवको करिब १ बिगहाको बालिमा क्षति गरेको छ ।

पछिल्लो केही वर्षदेखि निलगाईले जिल्लाका प्रायः सबै स्थानीय तहका किसानले लगाएको बालीमा क्षति पुर्‍याउने गरेको छ । फतुवा विजयपुर, कटहरिया, मौलापुर, देवाही गोनाही, गुजरा लगायत जिल्लाको प्रायः सबै स्थानीय तहका किसानहरुले लगाएका बालीमा क्षति पुगेको त्यहाँका कृषकहरुले गुनासो गरेका छन् ।

हाल जंगली जनावरको क्षतिबाट आफ्नो बाली जोगाउन नदी किनारका मचान (काठको बिश्राम गर्ने ठाउँ) बनाएर रातभरी टिन पिटेर बस्ने गर्दछन् । कतिपय किसानले जंगली जनावर धपाउन राति पटका समेत पड्काउने गरेका छन् । प्रायः निलगाईले धनियाँमा बढी क्षति गर्ने भएकाले यहाँको कृषकले खेती लगाउन छाडेका छन् । नगदेबालीको रुपमा रहेको धनियाँको गन्ध टाढैबाट निलगाईले सुुँघेर थाहा पाउने र क्षति गर्ने भएकाले लगाउन छाडिएको कृषकहरुको भनाई छ ।

पटक–पटक निलगाई नियन्त्रण गर्न स्थानीय तह तथा डिभिजन वन कार्यालय रौतहटमा अनुरोध गर्दा पनि कुनै वास्ता नगरेको कृषकहरुको गुनासो छ । डिभिजन वन कार्यालय रौतहटका अनुसार निल गाईलाई क्षति पुर्याउनु कानुनी अपराध हो । निलगाई तथा बँदेलबाट बाली जोगाउनलाई कृषक नै सचेत हुनु पर्ने वन कार्यालयको भनाई छ । जंगली जनावरलाई क्षति नपुर्‍याउन समेत डिभिजन वन कार्यालय रौतहटले आग्रह गरेको छ ।

Previous Post

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब १४ किलो सुनसहित गोरखाका घले पक्राउ

Next Post

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि

सम्बन्धित खबर

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित
खेलमैदान

आईपीएलमा दिल्ली क्यापिटल्सको विजयी सुरुवात : लखनउ ६ विकेटले पराजित

१९ चैत्र २०८२,
सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी
समाचार

सदनमा जवाफदेहीपूर्ण र परिपक्व रूपमा प्रस्तुत हुनेछौँः प्रतिपक्षी

१९ चैत्र २०८२,
इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी
समाचार

इण्डोनेसियामा ७.४ म्याग्निच्यूडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी

१९ चैत्र २०८२,
‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’
समाचार

‘बालश्रम मुक्त गर्न स्थानीय तहको भूमिका महत्त्वपूर्ण’

१९ चैत्र २०८२,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
आर्थिक

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१९ चैत्र २०८२,
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
आर्थिक

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

१९ चैत्र २०८२,
Load More
Next Post
काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि

काठमाडौंमा आलु र प्याजको बिक्री ठप्प, कृत्रिम मूल्यवृद्धि

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In