प्रायः सबैका लागि मूख्य समस्या भनेको शरीरलाई फिट एण्ड फाइन राख्नु हो । सबैको चाहना सुन्दर र आकर्षक देखिने भन्ने नै हुन्छ । तर त्यो चाहना पूरा गर्न सबैजना सफल भने हुँदैनन् । उनीहरूको शरीर र कपडाभन्दा बाहिर निस्किएको पेटले समस्यामा पारिदिन्छ । यस्तै समस्याबाट पीडितहरूका लागि यहाँ केही टिप्स दिइएको छ, जसलाई उपयोग गरेर आफ्नो मोटोपन घटाई शरीरलाई स्लिम बनाउन सकिन्छ ।
– छिटोभन्दा छिटो एक आकर्षक फिगर बनाउन चाहनेले पेटसँग जोडिएका व्यायाम जस्तै पुस–अप, पुल–अप गर्नुहोस् । यस्ता व्यायामले अत्यधिक मात्रामा क्यालोरीको बर्न गर्छ र पेटमा रहेको बोसो छिट्टै पग्लिन्छ । नियमित वर्कआउट गर्दा तपार्इंले छिट्टै नतिजा प्राप्त गर्न सक्नुहुनेछ ।
– खानामा नुनको मात्रा बढी हुँदा उच्च रक्तचाप, मोटोपना जस्ता समस्याबाट ग्रसित हुन पुग्छौं । त्यसैले नुनको सेवनलाई एकदम कम गर्नुहोस् यसले तपाईको मोटोपना मोटोपना घट्ने छ ।
– यदि छिट्टै मोटोपनाबाट छुटकारा पाउन चाहनुहुन्छ भने सन्तुलित भोजनमा पनि ध्यान दिनु जरुरी हुन्छ । यसका लागि हरियो तरकारी, फल, माछा, दुध, दही जस्ता खानेकुरा समय मिलाएर पर्याप्त मात्रामा खाने गर्नुपर्छ भने चिनि र नुनको मात्रा कम गर्नुपर्छ ।
– शरीरको तौल घटाउनका लागि अर्को सबैभन्दा महत्वपूर्ण कुरा भनेको तनावबाट टाढा रहनु हो । तनावबाट टाढा रहन आफूमा सकारात्मक सोचको विकास गर्नुहोस् ।













