आध्यात्मिक जीवनयापन गर्न, देह र संसारको मोह ममता त्यागेर, अभिमानरहित भएर एकान्तमा गुरु आज्ञानुसार बस्न, ध्यान गर्न साँच्चै गाह्रो छ । परम जीवन बाँच्न भाग्य, समय एवं मन तीनैवटाको मेल हुनुपर्छ ।
अब म अत्यन्त शान्त एकान्तको जीवनमा अपूरा मनुष्यको सम्पर्क कसै किसिमको पनि चाहन्न । सदा प्रसन्न रहेर यो देहमा जीवन बनेर बसेको छ, उसमा ध्यान राख्नुहोस्, वार्तालाप थोरै, श्वासमा होस् राख्ने अभ्यास अधिकभन्दा अधिक गर्ने । आध्यात्मिक जीवन साँचो जीवन हो, अरू सबै कल्पनाको मिथ्या संसार हो ।
साभारः ‘विचारप्रवाह’ पुस्तकबाट













