सबैको चाहना हुन्छ पढ्ने । तर किन जति पढे पनि याद नै हुँदैन । यदि त्यस्तो भइरहेको छ भने वास्तु मिलाउनुपर्ने हुन्छ । वास्तुशास्त्र अनुसार अध्ययनलाई व्यवस्थित, लगनशिल र तिक्ष्ण बन्नका लागि अध्ययन कक्षलाई व्यवस्थापन गर्न आवश्यक छ । तसर्थ वास्तु शास्त्रका अनुसार अध्ययन कक्षको व्यवस्थापन कसरी गर्ने त ?
— अध्ययन कक्षका लागि उपर्युक्त दिशा ईशान (पूर्व—उत्तर) दिशा उत्तम हुन्छ । यी दिशाहरु एकाग्रता बढाउने दिशा मानिन्छ ।
— अध्ययन गर्ने टेबल आकारमा वर्गाकार या आयातकार हुनुपर्छ । टेबुलको आकार निकै ठूलो अथवा धेरै सानो पनि हुनु हुँदैन । टेबल पुस्तकहरुले भरिएको हुनु हुँदैन ।
— अध्ययन कक्षका भित्ताको रङ हल्का निलो, घिउ रङ, सेतो या हल्का हरियो राख्न सकिन्छ ।
— अध्ययन कक्षमा नै सुत्ने व्यवस्था हुनुपर्छ । टेबल—लेम्प अध्ययन टेबलको दक्षिण–पूर्व दिशामा हुनु उपर्युक्त हुन्छ । टेबलमा प्रकाश देब्रेपट्टीबाट आउने गरी व्यवस्था गर्नु उचित हुन्छ ।
— किताब राखिने अलमारी, दराज आदि अध्ययन कक्षको पूर्व, उत्तर अथवा उत्तर—पूर्व दिशामा राखिनु पर्छ । अध्ययन कक्षको उत्तर—पश्चिम दिशामा नराख्नु नै उचित हुन्छ ।
साभारः वास्तुशास्त्र पुस्तक













