दुईजना केटा हिँड्दै गर्दा एउटाले थुकेको थुक अर्काेको लुगामा परेपछिको झगडामा—
पहिलोः म अझै पनि भन्दै छु मसँग माफी माग नत्र तेरो ३० ओटै दाँत झारिदिन्छु ।
दोस्रोः ३० ओटा मात्र किन भन्छस् सक्छस् भने ३२ भन्न ।
पहिलोः आजकाल डिस्काउन्टको जमाना छ त्यसैले २ वटा तँलाई डिस्काउन्ट दिएको ।
क्यालेन्डर त छ नि !
कविता वाचन कार्यक्रम चलिरहेको थियो । एक कवि महोदय पनि फुर्तिफार्तीका साथ आफ्नो कविता सुनाउन थाले । कविताको सँगालो पढ्ने क्रममा यति हराएछन् कि उनलाई समय बितेको थाहै भएनछ । अनि अन्तिमा तिनै कविले सोधेछन्— माफ गर्नुस मित्रहरु ! मैले घडी घरमै छोडेर आएछु मलाई कविता पढ्न कति घण्टा लाग्यो ?
एकजना स्रोताले जवाफ दिएछन्— घडी नभए पनि भित्तामा क्यालेन्डर त छ नि !
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













