• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Monday, September 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

    पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द

    आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

    भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

    दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा

    आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

बङ्गलाचुलीमा व्यावसायिक सुन्तला खेती

by
१५ मंसिर २०८०,
0
बङ्गलाचुलीमा व्यावसायिक सुन्तला खेती
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

घोराही (दाङ) । दाङको बङ्गलाचुली गाउँपालिका–५ कुडुले, साकिनेलगायत गाउँमा व्यावसायिकरूपमा सुन्तला खेती गर्न थालिएको छ । जिल्लामा व्यावसायिक सुन्तला उत्पादन हुन थालेपछि किसान उत्साहित बनेका छन् ।

पाँच वर्षअघि रोपेका बिरुवामा सुन्तला फल्न थालेपछि खुसी लागेको बङ्गलाचुली–५ साकिनेका मेघबहादुर रावतले बताए । सुन्तला रोप्नुअघि रावतले पाखो बारीमा मकै, गहुँ, तोरीखेती गर्दै आएका थिए । पाखो बारीमा अन्नबाली राम्रो उत्पादन नहुने, भएको पनि जङ्गली जनावरले खाने भएपछि सुन्तला खेती गर्न थालेको उनको भनाइ थियो । “पाखो बारी भएकाले सिँचाइको पनि सुविधा नहुँदा अन्न खासै राम्रो हुँदैनथ्यो । सुन्तला रोपेको राम्रो फल्न थालेको छ”, उनले भने ।

एकपटक रोपेको सुन्तला वर्षाँैसम्म फल्ने र अन्य बालीजस्तो दुःख नहुने भएकाले सुन्तला खेतीमा लागेको स्थानीय किसान टोपबहादुर पुनले बताए । खाद्यान्न उत्पादनका हिसाबले कमजोर रहेको र फलफुलका लागि राम्रो क्षेत्र मानिएकाले सुन्तला खेती गर्न थालिएको उनको भनाइ थियो । “मकै, गहुँलगायतका कृषि बालीभन्दा फलफुलका माध्यमबाट राम्रो आम्दानी लिन सकिने भएपछि पाँच वर्षअघि सुन्तला रोपेको थिएँ । अहिले फल्न थालेका छन् । फल पनि राम्रो लागेकाले आम्दानी हुने आशा छ”, उनले भने ।

साकिनेमा सुन्तला रोप्नुअघि मौसम, कागतीलगायत फलफूलले राम्रो उत्पादन दिने गरेको थियो । सबै कुराले उपयुक्त मानिएकाले यहाँ पहिलोपटक सुन्तला रोपेको बताउँदै चनी घर्तीले फल राम्रो लागेको जानकारी दिए ।

“यसअघि रोपिएका बोटले घरमा खान पुग्ने मात्रै हुन्थ्यो”, घर्तीले भने, “८० घरधुरी रहेको यो गाउँमा ५० बढी किसानले व्यावसायिकरूपमा सुन्तला फलाउन थालेका छन् ।” सिङ्गो गाउँ नै दाङको पहिलो सुन्तला उत्पादन गर्ने थलोका रूपमा चिनिन थालेको उनको भनाइ थियो ।

वडा नं ५ का वडाध्यक्ष लीलाबहादुर घर्तीले स्थानीय युवाको सक्रियतामा सहकारीमार्फत पाँच वर्षयता सुन्तला खेती गर्न थालिएको बताए । रहरका लागि नभई व्यावसायिकरूपमा किसानले सुन्तला खेती गरेकाले उत्पादन बढ्दै गएको उनको भनाइ थियो । उनका अनुसार गाउँका प्रायः सबै घरका मानिसले सुन्तला खेती गरेका छन् ।

पहिलेदेखि नै गाउँमा अधिकांशका घरमा एक-दुईवटा बोट भएको र त्यही बोटमा राम्रो फल्ने गरेकाले उनीहरु व्यावसायिकरूपमा अघि बढेका वडाध्यक्ष घर्तीको भनाइ थियो । “सिँचाइ सुविधा नहुने भिरालो जमिनका कारण अन्य अन्नबाली खासै राम्रो हुँदैनथ्यो । सुन्तला भने राम्रो फल लाग्ने गरेको छ”, उनले भने ।

हावापानीका हिसाबलेसमेत सुन्तलाका लागि साकिने उपयुक्त भएकाले धेरै किसान जोडिएका वडाध्यक्ष घर्तीले बताए । उनका अनुसार पहाडी कृषि सहकारी संस्थामार्फत गाउँका किसान सङ्गठित भई व्यावसायिकरूपमा सुन्तला उत्पादनमा लागेका छन् । करिब पचास घरधुरीले व्यावसायिकरूपमा २५ हजार बढी सुन्तलाका बिरुवा रोपेका उनले जानकारी दिए ।

किसानले जिल्लामै पहिलोपटक व्यावसायिकरूपमा सुन्तला उत्पादन गरेपछि पालिकाले सुन्तलाको बजारीकरणमा सहयोग गर्ने गाउँपालिकाका अध्यक्ष तुलसीराम पुनले बताए । “जिल्लामै पहिलोपटक साकिनेमा सुन्तला उत्पादन हुन थालेको छ । यो पालिकाको गौरवको विषय पनि हो”, उनले भने, “स्थानीय उत्पादनलाई ध्यानमा राख्दै बजारीकरण सहयोग गर्न पालिका तयार छ ।”

सुन्तला खेतीका लागि प्राविधिक ज्ञान तथा उत्पादित वस्तुको बजारीकरण हुनसके साकिनेलाई सुन्तला पकेट क्षेत्रका रूपमा विकास गर्न सकिने किसानको भनाइ छ ।

Previous Post

भूकम्पको नौ वर्षमा पनि ठडिएन हिटी पोखरीको गरुडनारायण मूर्ति

Next Post

अर्थ मन्त्रालयसँग भारतीय राजदूतावासको पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक

सम्बन्धित खबर

चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ
समाचार

चोरीका गरगहना खरिद गरेको आरोपमा ज्वेलर्स सञ्चालक पक्राउ

२२ भदौ २०८३,
पहिरो खस्ने क्रम बढेपछि टोखा–छहरे सडक रातिको समयमा बन्द
समाचार

आज देशका कुन-कुन सडक अवरुद्ध छन् ?

२२ भदौ २०८३,
भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै
फिचर-ब्यानर

भोटेकोसी बाढीमा मृत्यु भएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाइँदै

२२ भदौ २०८३,
दिनभरि चर्को गर्मी राति दिनहुँ वर्षा
फिचर-ब्यानर

आज पनि यी प्रदेशमा भारी वर्षाको सम्भावना

२२ भदौ २०८३,
राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?
समाचार

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

२२ भदौ २०८३,
पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार
फिचर-ब्यानर

पर्यटकीय गन्तव्य बन्दै सोलुको पत्ताले: सगरमाथाको नजिकै आत्मीय सत्कार

२१ भदौ २०८३,
Load More
Next Post
अर्थ मन्त्रालयसँग भारतीय राजदूतावासको पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक

अर्थ मन्त्रालयसँग भारतीय राजदूतावासको पोर्टफोलियो कार्यसम्पादन समीक्षा बैठक

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In