• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, April 7, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    ‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अलैँची बिक्रीबाट २४ करोड आम्दानी

by
१० मंसिर २०८०,
0
हेल्थ टिप्सः अलैंची खाँदा फाइदै फाइदा
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

अलैँचीखेतीको ‘हब’ बन्दै गरेको लमजुङका किसानले अलैँची दाना बिक्री गरेर २४ करोड आम्दानी गरेका छन्।

प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना कार्यान्वयन इकाइ लमजुङका अनुसार जिल्लामा उत्पादित दुई सय ५१ मेट्रिक टन अलैँची दाना बिक्रीबाट यस वर्ष यतिका रकम आम्दानी भएको हो। आर्थिक वर्ष २०८०/८१ मा अलैँची दाना बिक्रीबाट सो रकम आम्दानी भएको परियोजना कार्यान्वयन इकाइ लमजुङका कृषि अधिकृत हरिबहादुर मिजारले जानकारी दिए।

विसं २०४१ बाट अलैँचीखेती विस्तार हुँदै आएको छ। अधिकृत मिजारका अनुसार यस वर्ष जिल्लाका किसानले प्रतिकिलो एक हजार दुई सयका दरले अलैँची बिक्री भएको छ। गत वर्ष तीन सय ८० मेट्रिक टन अलैँची दाना बिक्रीबाट २० करोड आम्दानी भएको थियो। आव २०७९/८० मा प्रतिकिलो अलैँची कम्तीमा पाँच सय ५० देखि सात सयसम्म बिक्री भएको थियो। उत्पादनका हिसाबले अलैँची दाना उत्पादन घटे पनि मूल्य वृद्धि हुँदा जिल्लाका किसानले यस वर्ष हालसम्मकै बढी आम्दानी गरेका छन्।

आव २०७८/७९ मा तीन सय ३५ मेट्रिक टन अलैँची दाना बिक्रीबाट १५ करोड आम्दानी भएको थियो। त्यस्तै, एक दशकअघि १३ करोडसम्म अलैँची दाना बिक्रीबाट आम्दानी भएको थियो। आव २०७७/७८ मा तीन हजार पाँच सय क्विन्टल अलैँची दाना बिक्रीबाट १८ करोड २० लाख आम्दानी भएको थियो। उक्त वर्ष नौ सय ५० देखि साढे एक हजार रुपैयाँ बढी मूल्यमा बिक्री गरेका थिए। आव २०७६/७७ मा जिल्लामा दुई हजार क्विन्टल अलैँची दाना बिक्री गरेर किसानले रु १२ करोड आम्दानी गरेका थिए। त्यस्तै आव २०७५/७६ मा सात सय ५० क्विन्टल अलैँची दाना बिक्रीबाट किसानले पाँच करोड २५ लाख रुपैयाँ आम्दानी गरेका थिए।

मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले यस वर्ष गत वर्षको तुलनामा कम उत्पादन गरी बढी आम्दानी गरेका छन्। दुई सय ७५ किलो अलैँची दाना बिक्रीबाट तीन लाख ७१ हजार दुई सय ५० रुपैयाँ आम्दानी गरेको उनले बताए। उनका अनुसार गत वर्ष साढे तीन क्विन्टल अलैँची दाना बिक्री गरेर करिब दुई लाखमात्र आम्दानी गरेका थिए। जिल्लाभरिका अधिकांश किसानले एक हजार दुई सयमा प्रतिकिलो अलैँची बिक्री गरे पनि यहाँका तामाङसहित गाउँलेले एक हजार तीन सय ५० रुपैयाँ प्रतिकिलो अलैँची दाना बिक्री गरेको बताइएको छ।

तामाङले मात्र नभई जिल्लाका अधिकांश अलैँची किसानको अलँैची खेतीबाट अलैँची दाना उत्पादन कम गरेका छन्। जिल्लाका किसानले कुनैबेला प्रतिकिलो दुई हजार दुई सय रुपैयाँसम्म अलैँची दाना बिक्रीबाट लिने गरेको थियो। जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ। भारतको एकाधिकारका कारण किसानको मागअनुसार अलैँची दानाको मूल्य नपाएको गुनासो गर्दै आए पनि यस वर्ष भने केही राहत महसुस गरेका छन्।

यस वर्ष अलैँची दानाको मूल्यवृद्धि हुँदा अलैँची किसान हर्षित भएका छन्। जिल्लामा एक हजार हेक्टर बढी क्षेत्रफलमा अलैँचीखेती हुँदै आए पनि पाँच सय हेक्टर क्षेत्रफलभन्दा कम क्षेत्रफलबाट उत्पादन हुँदै आएको बताइएको छ। उक्त परियोजनाले अलैँची जोन पकेट क्षेत्रका रुपमा मस्र्याङ्दी गाउँपालिका, बेँसीसहर नगरपालिका, क्व्होलासोथर गाउँपालिका, दोर्दी गाउँपालिका र दूधपोखरी गाउँपालिकालाई घोषणा गरिसकेको छ। सो क्षेत्रमा सबैभन्दा बढी अलैँची उत्पादन हुने गरेको छ।

जिल्लामा सात सय मिटरदेखि एक हजार दुई सय मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही, एक हजार दुई सय मिटरदेखि १६ मिटर उचाइमा गोलशाही र एक हजार छ सयदेखि दुई हजार दुई सय मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएका छन्। जिल्लामा बढी उमेरका अलैँची, कृषकले १५(१६ वर्षको बुढो उमेरका बोटबाट पाना च्यातेर सार्ने, बुढो बगान, स्याहारसुसारमा कमीलगायत कारणले बर्सेनि उत्पादन घट्दै गएको उक्त कार्यालयका कृषि अधिकृत मिजारले बताए।

Previous Post

अष्ट्रेलियाका प्रधानमन्त्रीद्वारा पुरुषहरूलाई घरेलु हिंसाविरुद्ध कदम चाल्न आग्रह

Next Post

पोखरा विमानस्थलबाट गाँजासहित नर्वेली नागरिक पक्राउ

सम्बन्धित खबर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा
फिचर-ब्यानर

चन्द्र अध्ययनमा मानव आँखाको भरोसा

२३ चैत्र २०८२,
तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो
फिचर-ब्यानर

तीन करोडसम्मका एसएमई कर्जामा जोखिम भार घट्यो

२३ चैत्र २०८२,
उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे
फिचर-ब्यानर

उपल्लो मुस्ताङमा हिमचितुवाको आक्रमणबाट २१ भेडाच्याङ्ग्रा मरे

२३ चैत्र २०८२,
‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान
फिचर-ब्यानर

‘अर्टेमिस–२’ : ‘एपोलो’ को ५३ वर्ष पुरानो रेकर्ड तोड्ने अभियान

२३ चैत्र २०८२,
फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती
समाचार

फेवातालको जग्गाबारे पत्रकार सम्मेलन गरेर प्रष्ट पार्न गृहमन्त्री सुधनलाई हर्कको चुनौती

२३ चैत्र २०८२,
चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण
समाचार

चितवनमा १८ जनामा कुष्ठरोगको सङ्क्रमण

२३ चैत्र २०८२,
Load More
Next Post
५ लाख नक्कली नोटसहित नेपालगञ्जबाट ३ जना पक्राउ

पोखरा विमानस्थलबाट गाँजासहित नर्वेली नागरिक पक्राउ

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In