• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, May 16, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

    भारतमा पेट्रोल–डिजेल महँगियो

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

मोरङमा शेखरको जित बलियो, यस्तो छ अङ्कगणित

by
२८ कार्तिक २०७९,
0
संविधानको रक्षा गर्न गठबन्धनः शेखर कोइराला
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । निर्वाचन नजिकिँदै जाँदा हेभीवेट प्रतिस्पर्धाका रूपमा हेरिएको मोरङ(६ मा चुनावी सरगर्मी बढेको छ । नेपाली कांग्रेसका नेता डा।शेखर कोइराला र एमालेका नेता लालबाबु पण्डीतबीच प्रतिस्पर्धा हुने भएपछि यस क्षेत्रमा चुनावी सरगर्मी अझ बढेको हो । प्रतिनिधिसभा निर्वाचनमा मोरङको क्षेत्र नम्बर ६ मा डा।कोइराला र पण्डित मुख्य प्रतिस्पर्धी हुन । कोइराला बदला लिने अभियानमा छन् भने पण्डित विजयीलाई निरन्तरता दिने कसरतमा लागेका छन् ।

२०७४ को चुनावमा ६७५ मतान्तरले मात्रै अघि पछि भएका यीनै प्रतिस्पर्धा फेरी पनि मैदानमा उत्रिएपछि यो क्षेत्रलाई चासोकासाथ हेरिएको मोरङका स्थानीयहरू बताउँछन् । गत निर्वाचनमा कोइरालालाई पछि पारेका तत्कालीन वाम गठबन्धनका साझा उम्मेदवार पण्डितले ३३ हजार ९४१ मत पाएका थिए भने डा।कोइरालाको पक्षमा ३३ हजार २६६ मत आएको थियो ।

उक्त निर्वाचनमा सो निर्वाचन क्षेत्रअन्तर्गतका प्रदेश सभाका दुवै क्षेत्रमा भने कांग्रेसकै उम्मेदवार निर्वाचित भएका थिए । यस पटक डा।कोइरालालाई पाँच दलीय गठबन्धनको समर्थन रहेकाले पण्डित शंशकित देखिन्छन् । मुलुकको तीन जना प्रधानमन्त्री पाइसकेको कोइराला परिवारका डा.शेखर भावी प्रधानमन्त्रीको दौडमा नभई सदन प्रवेशको कसरतमा रहेको बताउँछन् ।

‘म संविधान र लोकतन्त्र जोगाउनुपर्छ भन्नेमा छु’, कोइरालाले भने, ‘मोरङवासी मात्र नभई मुलुककै समृद्धिको पक्षमा छु । राजनीतिक स्थिरता, सदाचारी एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो सङ्कल्प छ ।’ यस पटक मोरङमा कांग्रेसभित्र समस्या नभएको र गठबन्धनको सहयोग रहेकाले चुनाव जित्न सहज हुने उनको बुझाइ छ । ‘अहिले हामी एक छौं’, उनले भने, ‘गठबन्धन एकढिका छ । मोरङबासीले मलाई परीक्षण गर्न खोजिरहेको जस्तो लाग्छ । अवसर प्रदान गरेर आफ्ना आधारभूत आवश्यकता पूर्ति गर्न मङ्सिर ४ कुरिरहेका छन् । मलाई रोज्न आतुर छन् ।’

विराटनगर प्रजातन्त्रको जग भएकाले यस पटक शेखर कोइरालाको जित पक्का हुने नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्णले बताए । उनले भने, ‘यो प्रजातन्त्रको जग हो, पवित्र मन्दिर हो । कृष्णप्रसाद, वीपी, जीपी र अब डा। शेखर, डा।शंशाक र सुजाता दिदीले यसको विरासत धान्नुहुन्छ । इतिहास जोगाउनु हुन्छ । यसपालि जनमत उहाँहरूको पक्षमा आउनेमा हामी ढुक्क छौं ।’

डा।कोइरालाका प्रतिस्पर्धीका रूपमा रहेका एमाले नेता लालबाबु पण्डित चुपचाप चुनावी माहोल बनाइरहेका छन् । धेरै तडकभडक नदेखाई उनी आफ्ना कार्ययोजनाहरु घरघरमा बाँडिरहेका भेटिन्छन् । पण्डिले भने, ‘म काम गर्ने व्यक्ति हुँ । अहिलेसम्म गरेका काम हेर्नुभयो भने तपाईँ चकित पर्नुहुन्छ । २० महिना मन्त्री हुँदा कति व्यस्त थिएँ होला तर मैँले मेरो क्षेत्रका मतदातासँग भेट्न छाडिन । म प्रति मतदाताको कुनै गुनासो छैन । कामप्रति सन्तुष्ट छन् । सुख दुःखमा सँगै छु । असन्तुष्ट हुने अवसर नै दिएको छैन । त्यसैले यस पटक पनि चुनाव जित्छु भन्नेमा छु ।’

आगामी निर्वाचनका लागि लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवार डा कोइरालासँगको लडाइमा सफल हुने कुरामा उनी ढुक्क भने देखिएका छैनन् । यस क्षेत्रमा पण्डितप्रति एमालेको शीर्ष नेतृत्व नै सन्तुष्ट नभएको स्थानीय नेता कार्यकर्ताहरू नै बताउँछन् ।

आन्तरिक असन्तुष्टिको डर उत्तिकै
प्राय सबै दलभित्र उम्मेदवारको टिकट वितरणमा भएको विभेद र भागबन्डाको असर तल्लो तहका कार्यकर्तासम्म पुगेको छ । एमालेलगायतका शीर्ष दलभित्र यसैको असन्तुष्टि देखिएको छ । पण्डितले टिकट पाएपछि कार्यकर्ता विभाजित अवस्थामा छन् । तर पण्डित यसलाई स्वीकार गर्दै छन् । ‘पार्टीभित्र कुनै विवाद छैन । असन्तुष्टि छैन । सबै एक भएर भोट मागिरहेका छौं । बाहिरको हल्लामा सत्यता छैन,’ उनले प्रस्ट्याए ।

यता नेपाली कांग्रेसमा टिकट वितरणका बेला केही रस्साकस्सी र विवाद देखिएको थियो । अन्य भन्दा बलिया र सक्रिय देखिएका डा.कोइराला निर्विकल्प क्षेत्र नम्बर ६ को उम्मेदवार भएकाले आकाङ्क्षीहरूले धेरै कसरत नै गरेनन् । सत्ता गठबन्धनका तर्फबाट मोरङमा निर्वाचन परिचालन समिति संयोजकको जिम्मेवारी पाएका नागेश कोइराला भन्छन्,‘शुरुवातीमा केही असन्तोष पैदा भएको हो । अहिले सबै व्यवस्थित भइसक्यो । सबै एक भएर घर दैलो गरिरहेका छौं । गठबन्धन भित्रका दलका नेता कार्यकर्ता पनि कोही विभक्त हुनुहुन्न । सशक्त भएर अघि बढेका छौं ।’ पण्डित र कोइरालाको प्रष्टीकरण आइरहँदा कार्यकर्तामा अझै बेमेल र विभाजन भने बाँकी नै रहेको देखिन्छ । गुटगत रोग देखिन्छ । अन्तर घातको खतरा रहेको अनुमान लगाउन भने कठिन हुँदैन ।

मुलुकको समृद्धि र विकासको मुद्दा
६ वटा प्रतिनिधि सभा र १२ वटा प्रदेश सभा क्षेत्र रहेको मोरङमा विकासका ठुला योजनाहरू अधुरै छन् । भूमिहीन र सुकुम्वासीका समस्या विकराल देखिन्छन् । मोरङबासीका आधारभूत आवश्यकता र विकासका योजनासहित उम्मेदवारहरू चुनावी मैदानमा छन् । डा।कोइरालाले सङ्कल्प पत्र सार्वजनिक गरिसकेका छन् ।

एमालेका पण्डित पनि बितेका बर्सहरूमा सबैभन्दा धेरै आफूले काम गरेको दाबी गरिरहनुभएको छ । पण्डितले भने, ‘विगतमा गरिएका ठुला काम जारी छन् । धेरै वटा सम्पन्न भएका छन् । कतिपय कोरोनाका कारण बजेट फ्रिज भएर गए । कतिपय पालिका र वडाहरूमा एमालेको नेतृत्व नहुँदा अवरोध पैदा हुँदा ४० करोड रुपैयाँ बजेट फ्रिज हुन गयो,’ उनले अगाडि भने ,‘विराटनगरका कतिपय योजनामा मैले हालिदिएको बजेट पनि फ्रिज भयो । जनताको नयाँ आकाङ्क्षालाई अब फेरि पनि पूरा गर्नु छ । असीमित जनताको माग र राजनीतिक अस्थिरताबीच पनि काम गर्नुपरेको छ ।’

डाक्टर कोइरालाले मोरङको मात्र नभई सिंगो मुलुकको समृद्धि र विकाससहितको खाका अघि बढाएका छन् । संविधानको रक्षा, राजनीतिक स्थिरता,सदाचारी एवं सक्षम राज्य संयन्त्र, असल शासन र समुन्नत नेपाल निर्माणका लागि मेरो सङ्कल्प’ सार्वजनिक गरेका कोइरालाले बताए ।

यस क्षेत्रको आर्थिक असमानता र गरिबी जस्ता चुनौतीका साथै शुद्ध खानेपानी, ढल निकास, बिजुली, बाटो, स्वास्थ्य र शिक्षातर्फ पर्याप्त सुधार गर्नुपर्ने आवश्यकता कोइरालाले औँल्याए । युवा बेरोजगारीको समस्या समाधान साथै ज्येष्ठ नागरिकहरूका लागि निःशुल्क स्वास्थ्य उपचार सँगै सबै नेपालीलाई राष्ट्रिय स्वास्थ्य बिमाको सुरक्षित खाकामा बाँध्ने कार्यक्रम ल्याउने डा।कोइरालाको सङ्कल्प छ ।

आफ्नो क्षेत्र बहु जातीय, बहुभाषिक, बहु धार्मिक, बहु सांस्कृतिक विविधताले भरिएको उल्लेख गर्दै उनले अब विविधता बीच सामाजिक, सांस्कृतिक, ऐक्यबद्धता र सद्भावलाई संरक्षण गर्दै क्षेत्रको आर्थिक विकासलाई अगाडि बढाउने बताए ।

डा।कोइरालाले गछिया, केशलिया ९बुढी०, सिगिंया नदीको कटान र बस्ती प्रवेश रोक्न बलियो तटबन्ध निर्माणलाई उच्च प्राथमिकतामा राखिने, विराटनगर विमानस्थलको स्तरोन्नति, पूर्वाञ्चल विश्वविद्यालयको शैक्षिक सुधार र मेडिकल कलेज यथाशीघ्र सञ्चालनमा ल्याइने साथै विराटनगर चक्रपथको काम सम्पन्न गरि यथाशक्य छिटो सञ्चालनमा ल्याउने सङ्कल्प गरेका छन् ।

यस्तो छ मतको अङ्कगणित
मोरङका ६ वटै निर्वाचन क्षेत्र विगतदेखि नै नेपाली कांग्रेसको एकछत्र थियो । तर राजनीतिक परिवर्तन र दलहरूमा देखिएको अन्तर कलहले कतिपय स्थानमा ठुला दलहरू कमजोर बन्दै गए र नयाँ दलहरूले हिस्सा ओगट्दै गए । तर २०७९ मा आइपुग्दा कांग्रेसले पुरानो विरासत जोगाउन सक्ने सङ्केत गरेको छ । २०७० सालको संविधानसभा चुनावमा मोरङ नौ वटा निर्वाचन क्षेत्रमध्ये पाँच वटामा विजयी भएको कांग्रेसले संविधान जारी भएपछि भएको पहिलो संसदीय चुनावमा भने एउटा सिट मात्रै विजयी भएको थियो । यसपालि कांग्रेसले लिएका चार निर्वाचन क्षेत्रमा सशक्त प्रदर्शन गरिरहेको छ । मतदाताहरूमाझ बलियो उपस्थिति जनाइरहेको छ । एमालेले पनि बेग्लै माहोल ल्याएको छ । उसले आफूलाई बलियो दाबी गरिरहेको छ ।

गत वैशाखमा भएको स्थानीय तह निर्वाचनमा क्षेत्र नं। ६ अन्तर्गत रहेका सुन्दरहरैचा, बुढीगंगा र विराटनगरका २० वटा वडामा नेपाली कांग्रेसले १२ वटामा जित हासिल गरेको छ । एमाले पाँच वटामा खुम्चिएको छ भने माओवादी केन्द्र, जनता समाजवादी पार्टी र स्वतन्त्रले एक(एक वडामा विजयी हासिल गरेका छन् । यहाँ एमालेलाई जसपाको समर्थन छ भने कोइरालालाई माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतको समर्थन छ ।

वडागत रूपमा कांग्रेसले २८ हजार ४३८, एमालेले २५ हजार २३६, माओवादी केन्द्रको ५ हजार ३५६, एकीकृत समाजवादीले २ हजार ३६९, जसपाले ३ हजार ९४९ मत ल्याएका थिए । एमाले(जसपाको मत २९ हजार १८५ हुँदा कांग्रेसमाओवादी र एकीकृत समाजवादीको मत ३६ हजार १६३ हुन्छ । सत्तारुढ गठबन्धन ६ हजार ९७८ मतले अघि देखिएको छ । गठबन्धनभित्र इमानदारिता र कांग्रेसभित्र अनुशासन कायम रहे कांग्रेसका डा।शेखर कोइरालाले बाजी मार्न सक्ने अनुमान गरिएको छ ।

एमाले मोरङ ६ को प्रदेश सभामा परशुराम बस्नेत९कृष्ण० र रिता न्यौपाने उम्मेदवार छन् । सत्ता गठबन्धनले भने ‘क’ मा जीवन आचार्य र ‘ख’ मा प्रदेश मन्त्री कांग्रेसका केदार कार्कीलाई उम्मेदवार बनाएको छ ।

Previous Post

कांग्रेसका बागी उम्मेदवार र समर्थक पार्टीबाट निष्काशित

Next Post

उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

सम्बन्धित खबर

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल
आर्थिक

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग छलफल

२ जेष्ठ २०८३,
अन्तर्राष्ट्रिय

भारतमा पेट्रोल–डिजेल महँगियो

२ जेष्ठ २०८३,
नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता
समाचार

नेपाल–दक्षिण कोरिया सहकार्य विस्तार गर्न कोरियन चेम्बर र वल्र्ड दागाचीबीच सम्झौता

२ जेष्ठ २०८३,
भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति
अन्तर्राष्ट्रिय

भारतीय प्रधानमन्त्री मोदीको युएई भ्रमणः रक्षा, ऊर्जा र लगानीमा भारत–युएईबीच महत्वपूर्ण सहमति

२ जेष्ठ २०८३,
होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था
समाचार

होल्डिङ सेन्टरमा रहेका बालबालिकाका लागि आवाससहित अध्ययनको व्यवस्था

२ जेष्ठ २०८३,
नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल
समाचार

नीति तथा कार्यक्रम तर्जुमाबारे दलहरुसँग कर्णाली सरकारको छलफल

२ जेष्ठ २०८३,
Load More
Next Post
उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

उपेन्द्र यादवको निर्वाचन क्षेत्रमा जिहादविरुद्ध प्रदर्शन

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In