काठमाडौं । टर्कीको इस्तानबुलमा भएको विस्फोटमा परेर ६जनाको मृत्यु भएको छ ।
अमेरिकी सञ्चारसंस्था सिएनएनका अनुसार स्थानीय समयअनुसार अपरान्ह साढे ४ बजेतिर इस्तानबुलको ऐतिहासिक तथा व्यस्त इस्तिकलाल स्ट्रिटमा भएको विस्फोटमा परेर ६ जनाको मृत्यु भएको हो ।
घटनामा परेर ५३ जना घाइते भएको समाचारमा जनाइएको छ । विस्फोटको कारण एकिन भइसकेको छैन, सरकारी वकिलको कार्यालयले विस्फोटको अनुसन्धान सुरु गरेको समाचारमा जनाइएको छ ।













