• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

    सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन

    ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

लुम्बिनीको विश्वव्यापी प्रचार गर्न समझदारी

by
२६ कार्तिक २०८०,
0
लुम्बिनीको विश्वव्यापी प्रचार गर्न समझदारी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

लुम्बिनी । बुद्धजन्मस्थल लुम्बिनीको विश्वव्यापी प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि बुद्ध परिपथका चार पालिका, लुम्बिनी विकास कोष, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ (एनआरएन) एवं सरोकारवाला संस्थाहरूबीच सहकार्य गर्न सहमति भएको छ ।

लुम्बिनी सांस्कृतिक नगरपालिकाको आयोजनामा रामग्राम, कपिलवस्तु, देवदह नगरपालिका, कोष एवं एनआरएन सहित सरोकारवालाको उपस्थितिमा शनिबार बसेको प्रत्यक्ष र अनलाइन बैठकले लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार र पर्यटन प्रवर्द्धनका लागि सहकार्य गर्न समझदारी बनेको हो ।

बुद्ध जन्मस्थल लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा प्रचार–प्रसार र बुद्ध परिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि चार पालिका, लुम्बिनी विकास कोषसँगै बेलायत, अमेरिका, युरोपलगायतका विदेशमा भएका गैरआवासीय नेपालीहरूको संस्थाहरूबीच निरन्तर सहकार्य गरेर अगाडि बढ्ने गरी समझदारी बनेको छ ।

बैठकमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले लुम्बिनीको पर्यटन प्रवर्द्धनका लागि विभिन्न देशमा रहेका गैरआवासीय नेपालीहरूको भूमिका महत्त्वपूर्ण हुने भन्दै स्थानीेय पालिकासहितको सहकार्यले आगामी दिनमा थप सहज बनाउने बताए । उनले लुम्बिनी विकास कोषले अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ ९एनआरएन०हरूसँग सहकार्य गरेर बुद्ध जन्मस्थल लुम्बिनी, बुद्धका मार्गदर्शन र सन्देश विश्वमाझ प्रचार–प्रसार गर्ने नीति लिएको र अब सबैको सहकार्यले नै अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउन सकिने बताए ।

बृहत्तर लुम्बिनी क्षेत्रका रामग्राम, देवदह, कपिलवस्तु र लुम्बिनी सांस्कृतिक नगरपालिकाहरूले समेत आफ्नो क्षेत्रका ऐतहासिक र पुरातात्विकस्थलमा उत्खनन र संरक्षणमा बजेट छुट्याएर काम गर्नुपर्ने कोषाध्यक्ष भट्टराईले बताए ।

बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्दिन मुसलमानले विश्वभरका बौद्धमार्गीको आस्थाको केन्द्रका रूपमा विकास गर्न लुम्बिनीको अन्तर्राष्ट्रियस्तरमा व्यापक प्रचार–प्रसारको खाँचो रहेको बताए ।

रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव, देवदह नगरपालिकाका प्रमुख धु्रवप्रसाद खरेल, कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलले लुम्बिनीसँगै बुद्ध जीवनसँग जोडिएका रामग्राम, देवदह, कपिलवस्तुको विकास हुनुपर्नेमा जोड दिए । उनीहरूले अन्तर्राष्ट्रिय गैरआवासीय नेपालीहरूको विभिन्न संस्थासँगको सहकार्य र समन्वयले बुद्धस्थलको प्रचारमा महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

यसैगरी बैठकमा गैरआवासी नेपाली सङ्घ अमेरिकाका उपाध्यक्ष नेत्रप्रसाद पाण्डे, भर्चुअल माध्यमबाट गैरआवासी नेपाली सङ्घ अमेरिका ९एनआरएनए०का उपमहासचिव सोमनाथ सापकोटाले लुम्बिनी, बुद्धको प्रचार–प्रसार र बुद्धपरिपथको पर्यटन प्रवर्द्धन र विकासका लागि सहकार्यको वातावरण बनाउन आग्रह गरेका थिए ।

बैठकमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ज्ञवाली, सिद्धार्थ उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष गोविन्दप्रसाद ज्ञवाली, एएनए अमेरिकाका सल्लाहकार प्रभात दीक्षितलगायतले लुम्बिनीसँग सम्बन्धित भ्रमहरू चिर्दै पर्यटकको बसाइअवधि लम्ब्याउनुपर्ने बताए ।

बैठकले बुद्धपरिपथको अन्र्तराष्ट्रियस्तरमा प्रचार, पर्यटन प्रवर्द्धन, विकास र सहयोग आदान–प्रदान गर्न अन्तर्राष्ट्रियस्तरको समन्वय र सहजीकरण गर्न युरोप नेपाल चेम्बर अफ कमर्स फर टुरिजम, अन्तर्राष्ट्रिय गैरआवासीय नेपाली सङ्घ ९एनआरएनए०, आइसिसी, एनआरएनए, एएनए, युएसए, नेपाली समाज टेक्सास युएसए, नेपाली सांस्कृतिक तथा आध्यात्मिक केन्द्र, इन्द्रेणी सांस्कृतिक सङ्घ टेक्सास, लुम्बिनी सेवा समाज टेक्सासलगायतका संस्थाका पदाधिकारीलाई अनुरोध गर्ने सहमति भएको लुम्बिनी सांस्कृतिक नगरपालिकाका समन्वय शाखा प्रमुख तुलसीराम लामिछानेले जानकारी दिए ।

Previous Post

बर्सेनि लाखौँको अलैँची बेच्छन् बरेङका किसान

Next Post

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

सम्बन्धित खबर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?
फिचर-ब्यानर

नेपाली चियाले विश्व बजारमा कहाँ कति भन्सार तिर्छ ?

१३ असार २०८३,
नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा
आवाज

नेपाली स्रष्टाका स्वर लाइब्रेरी अफ कङ्ग्रेसको स्थायी अभिलेखमा

१३ असार २०८३,
शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी
फिचर-ब्यानर

शासकीय सुधारका लागि ४० निर्देशिका एवं प्रशासनिक दस्तावेज जारी

१३ असार २०८३,
नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल
आवाज

नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल

१३ असार २०८३,
पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण
आवाज

पर्यटकको बसाइ लम्ब्याउन घान्द्रुकमा चक्रीय पदमार्ग निर्माण

१३ असार २०८३,
सवारीसाधन कारबाहीबाट एक महिनामा ४४ लाख बढी राजस्व सङ्कलन
आर्थिक

ट्राफिक कारबाहीमा एकैदिन २१ लाख १० हजार राजस्व सङ्कलन

१३ असार २०८३,
Load More
Next Post
कस्तो छ आज २०७९ साल माघ २० गते शुक्रबारको राशिफल ?

राशिफलः तपाईंको आजको दिन कस्तो रहनेछ ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In