डिप्रेसन मूलत मानसिक समस्या हो । डिप्रेसन पैदा गराउने कारण भने मानसिक मात्र नभई शारीरिक कारणले समेत यो समस्या निम्त्याउँछ । मानिसको कुष्ठा, चिन्ता, पीर, आकंक्षा जस्ता कुराले डिप्रेसन पैदा गर्छ ।
विश्व स्वास्थ्य संगठनले मुटु रोगपछि डिप्रेसन दोस्रो ठूलो समस्याको रुपमा देखापर्ने अनुमान गरेको छ । त्यस्तै अन्य अध्ययनहरुले समेत डिप्रेसले संसारलाई गाँज्दै गएको देखाउँदै यसले निम्त्याउने संभावित खतराबारे सचेत गराएका छन् ।
डिप्रेसनको लक्षण देखिएको लामो समयपछि मात्र हामीले थाहा पाउँछौ कि, मलाई डिप्रेसन भएको छ । यद्यपी सुरुवाती अवस्थामै यसबारे थाहा भयो भने उपचारमा सजिलो हुन्छ । त्यसबाट सजिलै उम्कन सकिन्छ । त्यसैले डिप्रेसनको लक्षणबारे सबैले बुझ्नैपर्छ । आफुमात्र होइन, आफ्ना परिवार समेत डिप्रेसनमा छ÷छैन भन्ने कुरामा ख्याल राख्नुपर्छ ।
डिप्रेशन हुँदा देखिने लक्षणहरु—
– राम्ररी निद्रा नलाग्नु
– भोक कम लाग्नु
– अपराध महसुस गर्नु
– जतिबेला पनि उदास रहनु
– आत्मविश्वासको कमी
– थकान र सुस्तता महसुस हुनु
– यौन उत्तेजनाको अभाव
– मादक पदार्थ सेवन गर्नु
– एकाग्रतामा कमी
– आत्महत्या गर्ने सोच
– कुनै पनि काममा रुची नलिनु













