मध्यरातमा गएको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा एक सयभन्दा बढीको मृत्यु भएको छ भने सयौं घाइते भएका छन्। भूकम्पमा परी जाजरकोटमा ८५ र रुकुम पश्चिममा ३६ जनाको मृत्यु भएको हो।
जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्ती भूकम्पका कारण ठाउँ(ठाउँमा सडक अवरुद्ध भएको छ। त्यस्तै, टेलिफोनले समेत काम गरेको छैन्। जसका कारण घाइतेको उद्धारमा कठिनाई भएको छ।
भूकम्पका कारण यहाँ विद्युत सेवासमेत अवरुद्ध भएको छ।













