• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Tuesday, September 29, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    विश्वमा अझै घातक बनिरहेको छ रेबिज

    लालपुर्जा हातमा, जमिन बलानमा

    लालपुर्जा हातमा, जमिन बलानमा

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

‘पृथकतावादी नेता’लाई आममाफी दिन लागिएको भन्दै स्पेनमा विशाल प्रदर्शन

by
१३ कार्तिक २०८०,
0
‘पृथकतावादी नेता’लाई आममाफी दिन लागिएको भन्दै स्पेनमा विशाल प्रदर्शन
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

मड्रिड। स्पेनको क्याटलोनियाका ‘पृथकतावादी नेता’लाई आममाफी दिने योजनाको विरोधमा आइतबार मड्रिडमा हजारौं व्यक्तिले स्पेनी झण्डासहित प्रदर्शन गरेका छन् ।

विभाजनकारी आममाफीको प्रश्न जुलाईमा भएको अनिर्णायक आम निर्वाचनपछि आएको हो । निर्वाचन परिणामले कार्यवाहक समाजवादी प्रधानमन्त्री पेड्रो सान्चेजलाई क्याटलन पृथकतावादी पार्टीहरू ईआरसी र जेएक्सक्याटको संसद्मा अर्को कार्यकालका लागि शपथ लिन समर्थनको आवश्यकता हुन्छ ।

दुई दलले सन् २०१७ मा स्पेनमा दशकौंको सबैभन्दा खराब राजनीतिक सङ्कट उत्पन्न गरेको क्याटालोनियाको स्वतन्त्रताको लागि असफल प्रयासमा आफ्नो भूमिकाको लागि कानुनी कारबाहीको सामना गरेका सयौं व्यक्तिहरूको लागि आममाफीको माग गरेका छन् ।

मध्य प्लाजा डी कोलोनमा भएको ¥्यालीमा ‘स्पेन बिक्रीका लागि होइन’ र ‘आममाफी हुँदैन’ लगायतका नारा लगाइएको थियो ।

स्पेनलाई टुक्र्याउन चाहनेहरूसँग सान्चेजले सम्झौता गर्न चाहेकोमा आफू दुःखी भएको ३७ वर्षीय इञ्जिनियर मार्कोस कार्बोनेलले बताउनुभयो ।

उहाँले एएफपीसँग भन्नुभयो, “यो लाजमर्दो कुरा हो । सबै कुरा सत्तामा टिकिरहनका लागि हुँदैन ।” आममाफीले सन् २०१७ मा मड्रिडले प्रतिबन्ध लगाएको जनमत सङ्ग्रहपछि क्याटलोनियाको स्वतन्त्रताको अल्पकालीन घोषणा गरेपछि उत्तरपूर्वी क्षेत्रको सरकारको नेतृत्व गरेका जेएक्सक्याटका नेता कार्लेस पुज्डेमोन्टलाई फाइदा पु¥याउन सक्ने भन्दै भीडमा धेरैले आक्रोश व्यक्त गरेका थिए ।

धेरै स्पेनीहरूले अभियोजनबाट बच्न केही समयपछि भागेका र हाल बेल्जियममा बस्ने पुज्डेमोन्टलाई राज्यको शत्रुका रूपमा मान्दछन् । प्रदर्शनका सहभागीले नारा लगाउँदै भने, “पुज्डेमोन्टलाई जेल पठाऊ १”

पाँच वर्षअघि सत्तामा आएदेखि नै पृथकतावादी तनाव कम गर्न प्रयासरत सान्चेजले सन् २०२१ मा क्याटालोनियाका केही ‘पृथकतावादी’ शीर्ष नेताहरूलाई माफी दिनुभएको थियो ।

शनिबार समाजवादी पार्टीका शीर्ष सदस्यहरूलाई सम्बोधन गर्ने क्रममा उहाँले आममाफीको आवश्यकताको बचाउ गर्दै सन् २०२१ को क्षमादानले क्याटलोनियाको अलगाववादसम्बन्धी द्वन्द्वलाई ‘निर्विवाद’ रूपमा निस्तेज पारेको बताउनुभएको छ ।

उहाँले भन्नुभयो, “निश्चित रूपमा द्वन्द्वलाई परास्त गर्न भविष्यमा अन्य उपायहरूको आवश्यकता पर्नेछ किनकि हामी यो घाउलाई अनिश्चितकालका लागि खुला राख्न सक्दैनौं ।”

सान्चेजले नोभेम्बर २७ भन्दा अघि हुने महत्वपूर्ण मत प्राप्त गर्न ३५० सदस्यीय संसदभित्र कम्तीमा १७६ सांसदको समर्थन प्राप्त गर्न आवश्यक छ ।

यदि उहाँ १७६ सांसदको समर्थन प्राप्त गर्न असफल भए सम्भवतः जनवरीको मध्यतिर स्पेन स्वतः नयाँ चुनाव गर्न बाध्य हुनेछ ।

Previous Post

स्वामी सत्यदेवद्वारा व्यक्त गरिएका वाणी

Next Post

प्रियंकाको उमेर सत्र भयो खत्रा ?

सम्बन्धित खबर

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस
समाचार

राष्ट्रपतिसमक्ष राष्ट्रिय समावेशी आयोगको वार्षिक प्रतिवेदन पेस

१२ अशोज २०८३,
प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा
समाचार

प्रधान सेनापति ट्रफी सुरु, आठ विधामा १४ टोली प्रतिस्पर्धामा

१२ अशोज २०८३,
विश्वमा अझै घातक बनिरहेको छ रेबिज
फिचर-ब्यानर

विश्वमा अझै घातक बनिरहेको छ रेबिज

१२ अशोज २०८३,
लालपुर्जा हातमा, जमिन बलानमा
फिचर-ब्यानर

लालपुर्जा हातमा, जमिन बलानमा

१२ अशोज २०८३,
नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने
फिचर-ब्यानर

नेपालगञ्ज रङ्गशालामा फ्लडलाइट जडान हुँदै, रात्रिकालीन खेलकुदको बाटो खुल्ने

१२ अशोज २०८३,
बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै
आर्थिक

बिपी राजमार्ग : पुनर्निर्माणसँगै बाढी–पहिरोको चुनौती कायमै

१२ अशोज २०८३,
Load More
Next Post
प्रियंकाको उमेर सत्र भयो खत्रा ?

प्रियंकाको उमेर सत्र भयो खत्रा ?

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In