पोखरा, २४ कात्तिक । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष गोबिन्दराज पोखरेलले दलहरुले राजनीतिलाई सुशासनको पाटोमा लान नसक्दा देश पछाडि परेको बताउनु भएको छ । नेपाली काँग्रेस कास्कीद्धारा बिहीबार पोखरामा आयोजित अबको नेपाल काँग्रेसको संकल्पमाथि छलफल विषयक अन्तरक्रियामा बोल्दै पा.डा. पोखरेलले देशको राजनीति मूल नीति भएकाले नेताहरुले सिष्टम बनाइदिने हो, तर देश सिष्टममा नचल्दा नेपालको आर्थिक विकास दीर्घकालिन रुपमा अगाडि बढ्न सकेको छैन ।
बजेट बनाउछौ तर हाम्रा आर्थिक संरचना छदै छैनन्, जसले देशको अर्थतन्त्र चलायमान हुन सक्दैन डा पोखरेलले भन्नुभयो –देशमा बैदेशिक लगानी अभिवृद्धि गरेर भएपनि देशका युवालाई विदेशजानबाट रोक्नु पर्छ । राष्ट्रिय स्वार्थलाई केन्द्रमा राखेर हामीले बैदेशिक नीति बनाउन जरुरी भएको भनाई पनि उहाँको थियो । सो अवसरमा बानेल्दै अर्थवीद् एवं काँग्रेस नेता डा.स्वर्णिम वाग्लेले काँग्रेसका संकल्प प्रसावलाई कार्यान्वयनमा ध्यान दिर्दै हाम्रा आचरणलाई समेत सुधार गर्नुपर्नेमा जोड दिनुभयो ।
अर्थतन्त्र मजवुद बनाउन सक्यौभने मात्र हामी आर्थिक रुपमा अगाडि वढ्न सक्छौ, उहाँले भन्नुभयो–हाम्रा योजनाहरु कार्यान्वयन गर्न राजनेताहरु सक्रिय हुनै पर्छ । नेपाली काँग्रेस गण्डकी प्रदेशका समाभपति शुक्रराज शर्माले राष्ट्रियता, लोकतन्त्र, समाजवादलाई केन्द्रमा राखेर काँग्रेस अगाडि वढ्न जरुरी भएको बताउनुभयो । हामीले यस देशको जनशक्ति नेपालमा नै बस्नसक्ने वातावरण सृजना गर्नुपर्नेमा समेत जोड दिनुभयो । उक्त कार्यक्रम नेपाली काँग्रेस कास्कप्ीका कार्यवाहक सभापति रामबाबु भण्डारीको अध्यक्षतामा सम्पन्न भएको थियो ।













