• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, March 20, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

    सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा

    जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

    कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड

    कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

    कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार

    कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

    पछिल्ला तीन घण्टामा कञ्चनपुरमा सबैभन्दा बढी वर्षा

    पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

अर्थतन्त्रलाई चलायमान बनाउन पाँच दलीय पार्टीको प्रतिवद्धता आवश्यक–मुल्मी

by
२४ कार्तिक २०७९,
0
अर्थतन्त्रलाई चलायमान बनाउन पाँच दलीय पार्टीको प्रतिवद्धता आवश्यक–मुल्मी
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

पोखरा, २४ कात्तिक । राजनीतिक स्थायित्वसँगै अर्थतन्त्रलाई चलायमान बनाउन पाँच दलीय गठबन्धनमा आवद्ध पार्टीहरुले जनतामाझ आफ्ना प्रतिवद्धता व्यक्त गर्नुपर्ने विहीबार पोखरामा आयोजित एक कार्यक्रममा जोड दिइएको छ । नेपाली काँग्रेस केन्द्रीय पर्यटन समन्वय तथा चुनाव प्रचार प्रसार समिति कास्कीद्धारा आयोजित प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि पाँच दलीय गठबन्धनका उम्मेदवारबीच भेटघाट तथा शुभकामना कार्यक्रमका बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष तथा काँग्रेस नेता आनन्दराज मुल्मीले देशको अर्थतन्त्र अत्यन्तै नाजुक अवस्थामा पुगेकाले यसलाई चलायमान बनाउन पाँच दलीय गठबन्धनमा आवद्ध पार्टीले जनतामाझ आफ्ना प्रतिवद्धता व्यक्त गर्नुपर्ने बताउनुभयो ।

पाँच वर्ष यता नेपाल आर्थिक रुपमा निकै कमजोर भएको छ, मूल्य वृद्धिले नेपाली नागरिकले दैनिक जीवन चलाउन सकेका छ्रैनन्, उत्पादन घटेको छ, उद्योगहरु धाराशाही बनेका छन् नेता मुल्मीले भन्नुभयो–वित्त नीति ठिक नभएकै कारण व्यवसायी चर्को ब्याजको मारमा परेका छन् । विश्व परिवेशलाई हेर्दा एक्लो व्यक्तिको निर्णयले त्यस देशका नागरिकले निकै दुःख कष्ट भोग्नु परेको छ, एमाले अध्यक्ष केपी वलीका अघिल्ला क्रियाकलापले पनि उहाँका तानाशाही प्रवृति देखाउछ, त्यसैले पाँच दलीय गठबन्धनका उम्मेदवारलाई जिताउन जरुरी छ ,मुल्मीले भन्नुभयो ।
राष्ट्र बैंकमा राजनीतिकरण सुरु भएको छ, वित्तीय संस्थाको चर्को व्याजदरका कारण उद्योगी व्यवसायी मानसिक तनाबमा परेका छन्, वित्तीय संस्थाले उद्योगी व्यवसायीका घरजग्गा लिलामीमा राखेर त्रास फैलाएका छन् मुल्मीले भन्नुभयो– वित्तीय संस्थालाई नियमन गर्ने निकाय सक्रिय हुन समेत उहाँले आग्रह गर्नुभयो ।

सोही अवसरमा बोल्दै कास्की निर्वाचन क्षेत्र नं ३ तर्फ प्रतिनिधि सभा सदस्यका उम्मेदवार रामजी बरालले राजनीतिक स्थायित्वले मात्र देशको अर्थतन्त्र बलियो हुने भएकाले मुलुक समृद्धिको बाटोमा नपुगेसम पाँच दलीय गठबन्धन कायमै रहने बताउनुभयो । पर्यटकीय रुपमा कास्की अत्यन्तै अगाडि छ, यहाँको मेरुदण्ड नै पर्यटन हो, पर्यटनसँगै समृद्धि जोडेर अगाडि बढ्नु पर्छ बरालले भन्नुभयो । कास्की निर्वाचन क्षेत्र नं ३ (१) तर्फ प्रदेश सभा सदस्य उम्मेदवार प्रकाश बरालले पर्यटकीय तथा प्राकृतिक रुपमा गण्डकी प्रदेश सम्भावनै सम्भावना भएको प्रदेश भएकाले पोखरालाई पर्यटकीय हवको रुपमा विकास गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । कास्की निर्वाचन क्षेत्र नं २ (१) तर्फ प्रदेश सभा सदस्यका उम्मेदवार विश्वप्रकाश लामिछानेले फेवा, वेगनास लगायत पोखराका तालहरु विश्व रामसार सूचीमा परेकाले तालहरुको संरक्षणमा हामी सबैको ध्यान जान जरुरी भएकबो बताउनुभयो । यहाँका तालबाट आयआर्जन गर्न सकिने भएकाले फेवाताल वरपर फूट ट्याक बनायौ भने पर्यटकको बसाँइ एक दिन लम्ब्याउन सकिने उहाँले बताउनुभयो ।

गठबन्धनको तर्फबाट प्रदेश सभा सदस्यमा समानुपातिक तर्फकी उम्मेदवार सरस्वती गुरुङले कास्कीको विकासमा सबै पाँच दलहरुको ध्यान जान जरुरी भएको बताउनुभयो ।
नेपाली काँग्रेसका नेता राजबहादुर गुरुङले कास्कीको समग्र विकासका लागि यहाँबाट जितेर जाने उम्मेदवारले आवाज उठाउनु पर्नेमा जोड दिँदै मंसिर ४ हुने निर्वाचनमा पाँच दलीय गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गर्नुभयो । नेकपा माओवादी केन्द्रका नेता त्रिभूवन पौडेलले पर्यटकीय क्षेत्र लेकसाइडलाई थप व्यवस्थित र यहाँका पर्यटक व्यवसायीका मागलाई पाँच दलीय पार्टीका नेताले सम्बोधन गर्ने बताउनुभयो । पर्यटक व्यवसायी टीकाराम सापकोटाले कोरोनाका कारण तीन वर्षदेखि थला परेको पर्यटन क्षेत्रलाई उकास्न राज्यले राहतका कार्यक्रम लयाउन जरुरी भएको बताउनुभयो । पछिल्लो समय बैंकहरुले अप्रत्यासित रुपमा ब्याजदर वृद्धि गर्दा पर्यटन व्यवसायी मारमा परेको सापकोटाले बताउनुभयो । पर्यटन व्यवसायी तथा काँग्रेस नेता गणेशबहादुर भट्टराईको संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रममा पर्यटन व्यवसायी सोम थापा, संजयकान्त सिग्देल, कमला गिरी लगायतका पर्यटन क्षेत्रले भोग्नु परेका समस्याका बारेमा अबगत गराउनुभएको थियो ।

Previous Post

अख्तियारले अदालतको न्यायिक स्वतन्त्रतामाथि आघात पुर्‍यायोः नेपाल बार

Next Post

सुशासनको पाटो कमजोर हुँदा देश पछाडि पर्‍यो – पोखरेल

सम्बन्धित खबर

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज
आवाज

ग्रामीण क्षेत्रमा विद्युत् विस्तारले प्रविधिमैत्री शिक्षणमा सहज

६ चैत्र २०८२,
सर्वपक्षीय सरकार गठनको माग गर्दै प्रदर्शनमा उत्रिएकाहरू प्रहरी नियन्त्रणमा
आर्थिक

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँ : बोर्ड
फिचर-ब्यानर

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

६ चैत्र २०८२,
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभाका ९ उम्मेदवार
फिचर-ब्यानर

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

६ चैत्र २०८२,
नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु
आवाज

नवलपुरमा साझेदारी वनद्वारा जैविक मल उत्पादन सुरु

६ चैत्र २०८२,
जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने
फिचर-ब्यानर

जेनजी आन्दोलनका घाइतेको यही चैत २० गते अन्तिम वर्गीकरण गरिने

६ चैत्र २०८२,
Load More
Next Post
सुशासनको पाटो कमजोर हुँदा देश पछाडि पर्‍यो – पोखरेल

सुशासनको पाटो कमजोर हुँदा देश पछाडि पर्‍यो – पोखरेल

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In