काठमाडौं । डिशहोमले दशैं अवधिमा यो वर्ष सर्वाधिक सफल भएका नेपाली चलचित्रको प्रदर्शन गरिरहेको छ ।
आफ्ना ग्राहकलाई मनोरन्जन प्रदान गर्ने उद्देश्यले डिशहोमले ‘दशैं स्पेशल शो’ अन्तर्गत सुपरहिट नेपाली चलचित्र छक्का पञ्जा–४ प्रदर्शन गर्दैछ । डिशहोमका सबै ग्राहकले प्लस मुभीमा कात्तिक ३ र ४ गते साँझ ७ बजे यो चलचित्र निःशुल्क
हेर्न सक्नेछन् ।
यस्तै दशैं मुभी फेस्ट अन्तर्गत घटस्थापनादेखि रमाइलो टिभी र प्लस मुभीमा दशैभर नयाँनयाँ नेपाली चलचित्र हेर्न सकिने छ । डिश मिडिया नेटवर्कले थप जानकारीका ग्राहक सेवा केन्द्रको फोन नम्बर १६६००१२२०००, ९८०११५५००० वा ०१४२१७६६६ मा फोन गर्न सकिने जनाएको छ ।
डिशहोमको यो प्रयासले सपरिवारसँगै बसेर नयाँ चलचित्र हेर्नका साथै भरपुर मनोरञ्जनसमेत लिन सक्ने कम्पनीले विश्वास लिएको छ ।












