• हाम्रो टिम
  • हाम्रो बारेमा
  • विज्ञापन
  • सम्पर्क
शनिबार, ७ कात्तिक २०८३
Metakhabar
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
    ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

    चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

    यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    ‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
Metakhabar
नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्

ढोरपाटनको यात्रा : सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली

२७ असोज २०८०,
0
ढोरपाटनको यात्राः सिकार खेल्न विदेशी, घुमफिर गर्न नेपाली
0
पटक हेरिएको
फेसबुकमा सेयरह्वाट्सएप

कुनै समय ढोरपाटनमा सिकार खेल्नमात्रै पर्यटक आउने चलन थियो तर सडकमार्गको पहुँच र प्रचार प्रसारका कारण ढोरपाटन घुम्नसमेत पर्यटक आउने गरेका छन्। सिकार आरक्षमा सिकार खेल्न विदेशी र घुम्नका लागि नेपाली आउने गरेको पाइन्छ।

सिकार खेल्न भने नेपालीको आर्थिक पहुँच नपुग्ने गरेको पाइन्छ। विश्वका धनाढ्य सिकारी हेलिकप्टरमार्फत ढोरपाटन पुगेर लाखौँ राजस्व तिरेर सिकार खेल्ने गरेका छन्। सिकारका लागि विदेशी पर्यटक मात्रै आउने ढोरपाटन क्षेत्रमा घुम्नका लागि भने नेपाली पर्यटक आउने गरेका छन्।

एक वर्षमा सात हजार छ सय ४५ पर्यटक ढोरपाटन घुम्न आएका छन्। त्यसमध्ये जम्मा ७८ जना मात्रै विदेशी पर्यटक रहेको र अन्य सबै नेपाली पर्यटक रहेको ढोरपाटन सिकार आरक्षले जनाएको छ।

उक्त तथ्याङ्कका आधारमा समेत ढोरपाटन सिकार आरक्षमा सिकार खेल्नकै लागि मात्र विदेशी पर्यटक आउने गरेका छन् भने नेपाली पर्यटक भने ढोरपाटन अवलोकनका लागि आउने गरेको पाइन्छ।

पछिल्लो चार वर्षयता पर्यटकको सङ्ख्यासँगै राजस्वमा समेत वृद्धि भएको पाइन्छ। अघिल्ला वर्षको तुलनामा गत आर्थिक वर्षमा भने ढोरपाटन पुग्ने पर्यटकको सङ्ख्यामा केही कमी आएको तथ्याङ्कले देखाउछ।

नेपालकै एकमात्र सिकार आरक्ष सो क्षेत्रमा पर्यटकको आगमनमा वृद्धिसँगै राजस्वमा समेत वृद्धि भइरहेको सन्र्दभमा आर्थिक वर्ष २०७९–८० मा भने स्वदेशी र विदेशी पर्यटक गरी जम्मा सात हजार छ सय ४५ पर्यटक त्यहाँ पुगेको तथ्याङ्क सार्वजनिक भएको छ।

उक्त पर्यटकको सङ्ख्या आव २०७८–७९ को तुलनामा दुई हजार दुई सय २४ जनाले कमी आएको ढोरपाटन सिकार आरक्ष कार्यालयको तथ्याङ्कमा उल्लेख छ। आव २०७८–७९ मा नौ हजार नौ सय १९ पर्यटक ढोरपाटन पुगेका थिए।

ढोरपाटन घुम्न आउने पर्यटकमा कमी नभए पनि गत वर्षको जनैपूर्णिमा मेलामा ढोरबराह दर्शनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्यामा कमी आएका कारण तथ्याङ्कमा घटेको देखिएको ढोरपाटन सिकार आरक्षका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले जानकारी दिए।

ुढोरबराह मन्दिरमा ठूलो जनैपूर्णिमा मेला लाग्ने गर्दछ, गतवर्ष मौसमी प्रतिकुलताका कारण त्यहाँ आउने धार्मिक पर्यटक घटेका थिए, त्यसैले तथ्याङ्कमा घटेको देखिन्छ, तर ढोरपाटन भ्रमणमा आउने पर्यटकको सङ्ख्यामा वृद्धि नै भएको पाइन्छु, थापा मगरले भने, ुचालु आर्थिक वर्षमा १० हजार पर्यटक आउने अनुमान गरिएको छ, यस वर्षको जनैपूर्णिमा मेला भर्नका लागि आउने धार्मिक पर्यटकको सङ्ख्यामा समेत उल्लेख्य वृद्धि भएको छ।ु

उनका अनुसार ढोरपाटन उपत्यकामा आन्तरिक पर्यटक घुम्न आउने र विदेशी पर्यटक सिकार खेल्नका लागि आउने गरेका छन्। उनका अनुसार सोझै हेलिकोप्टरमार्फत विदेशी सिकारी पर्यटकमात्रै ढोरपाटन सिकार आरक्ष पुग्ने भए पनि सडकको पहुँच, होटल सुविधा तथा प्रचार–प्रसारसँगै आन्तरिक पर्यटकसमेत त्यहाँ पुग्न थालेका छन्।

ढोपाटनमा सिकार खेल्न, उपत्यका भ्रमण गर्न, प्रसिद्ध ढोरबारही मन्दिर दर्शन गर्न र सिकार आरक्ष कार्यालयको अवलोकनका लागि पर्यटक त्यहाँ पुग्ने गरेका छन्।

नाउर र झारलको वैधानिक सिकार खेल्न पाइने उक्त क्षेत्रमा विदेशी पर्यटक लाखौँ खर्च गरेर सिकार खेल्न त्यहाँ पुग्ने गरेका छन् भने आन्तरिक तथा अन्य पर्यटकले सिकार आरक्ष क्षेत्रको भ्रमण तथा अवलोकन गर्ने गरेका छन् । मनोरम ढोरपाटन उपत्यकालाई चिरेर बगेको उत्तरगङ्गा, हरियाली र फुलैफूलको फाँटले त्यहाँ पुगेका पर्यटकलाई आकर्षण गरेको पाइन्छ।

ढोरपाटनमा वर्षमा दुई याममा आन्तरिक तथा बाह्य पर्यटक बढी मात्रामा पुग्ने गरेका छन्। पुस–माघको बाक्लो हिमपात र साउन–भदौमा भारी वर्षा हुँदाबाहेक अघिपछि पर्यटकको आगमन भइरहने गरेको स्थानीय पर्यटन व्यवसायी श्यामलाल घिमिरेले बताए।

ढोरपाट सिकार आरक्ष क्षेत्रमा आव २०७७–७८ देखि ढोरपाटन प्रवेश गर्ने आन्तरिक पर्यटकको समेत रेकर्ड राख्न थालिएको छ। उक्त तथ्याङ्कमा ढोरपाटन पुग्ने स्थानीयको भने रेकर्ड हुँदैन।

ढोरपाटन प्रवेशस्थल देउरालीमा यसअघि बाह्य पर्यटकले मात्रै शुल्क तिरेर प्रवेश पाउने गरेकामा आव २०७७–७८ देखि आन्तरिक पर्यटकले समेत रु एक सय प्रवेश शुल्क तिर्नुपर्ने प्रावधान रहेको छ।

आन्तरिक पर्यटकले प्रवेश शुल्क तिर्न थालेपछि आरक्षको आम्दानीमा समेत वृद्धि भएको छ। आव २०७९–८० मा मात्रै आन्तरिक र बाह्य पर्यटकबाट रु नौ लाख ८३ हजार दुई सय राजस्व सङ्कलन गरिएको छ। ढोरपाटन प्रवेश गर्न सार्क राष्ट्रका पर्यटकले रु एक हजार पाँच सय र अन्य विदेशी पर्यटकले रु तीन हजार शुल्क तिर्नुपर्ने प्रावधान आरक्षले बनाएको छ।

सिकार आरक्षले आव २०७९–८० मा पर्यटक प्रवेश शुल्क, वन पैदावर, हेलिकप्टर अवतरण शुल्क र दण्ड जरिवानासहित रु १९ लाख ६२ हजार पाँच सय राजस्व सङ्कलन गरेको छ। सिकार आरक्षमा २०४४ सालबाटै विदेशी पर्यटक आउन थालेका थिए तर आन्तरिक पर्यटक भने सञ्चार र सडकको पहुँचपछि मात्रै पुग्न थालेका हुन्।

ढोरपाटनमा होटल सुविधामा समेत वृद्धि हुँदै आएको छ। विशेषगरी ढोरपाटनमा असोज, कात्तिक, मङ्सिर, चैत, वैशाख र जेठमा बढी पर्यटक आउने गर्दछन्। बागलुङ, म्याग्दी र पूर्वीरुकुमसम्म फैलिएको आरक्षको मुख्य कार्यालय बागलुङको ढोरपाटन उपत्यकामा पर्दछ।

ढोरपाटन उपत्यकामा ढोरपाटन भ्रमणका लागि आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरी २१ साना–ठूला होटल तथा घरबास सञ्चालनमा आएका छन। ढोरपाटनमा पहिलो याम असोजदेखि मङ्सिर र दोस्रो याम फागुनदेखि वैशाखमा सिकार खेल्न अनुमति दिइन्छ। खेमराज गौतम

अघिल्लो समाचार

अनुशासन नमान्ने पार्टीको कार्यकर्ता हुन सक्दैन : ओली

अर्को समाचार

चुट्किलाः हेरिरहेको छु

सम्बन्धित खबर

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
आवाज

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर
आर्थिक

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार
आर्थिक

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण
अन्तर्राष्ट्रिय

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो
आर्थिक

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु
अन्तर्राष्ट्रिय

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,
थप समाचार
अर्को समाचार
चुट्किलाः मूर्ख मान्छेहरु

चुट्किलाः हेरिरहेको छु

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

कास्कीमा असोजमा ५९ सवारी दुर्घटना : ११ जनाको मृत्यु

६ कात्तिक २०८३,
चितवन निकुञ्जमा पर्यटक आगमन घट्यो, राजस्वमा समेत असर

यस वर्षको दसैँमा सौराहामा आन्तरिक पर्यटक कमी

६ कात्तिक २०८३,
‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

‘थ्रेसर मेसिन’सञ्चालन गरेर गाउँमै स्वरोजगार

६ कात्तिक २०८३,
इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

६ कात्तिक २०८३,
बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

६ कात्तिक २०८३,
तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

तिब्बतमा भूकम्प, १६ जनाको मृत्यु

६ कात्तिक २०८३,

सिफारिस

  • ‘चक्रपथ स्तरोन्नतिपछि चिटिक्क देखियो बेनीबजार’

    विपद्ले थलिएको म्याग्दीलाई पुनर्निर्माणको चिन्ता

    0 shares
    Share 0 Tweet 0
  • बेनी–जोमसोम सडक मर्मत गरिएपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्न थाल्यो

    0 shares
    Share 0 Tweet 0
  • सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण : सिंचाइमा सहज

    0 shares
    Share 0 Tweet 0
  • इजिप्टको प्राचीन मन्दिरमा वर्षमा दुई पटक सूर्यको किरण

    0 shares
    Share 0 Tweet 0
  • मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह

    0 shares
    Share 0 Tweet 0
Facebook

Aanjan Media Private Limited

Kathmandu, Nepal

सूचना विभाग दर्ता नं.
3634-2079/80

014521648

सम्पर्क

ठेगाना: काठमाडौं नेपाल
इमेल: metakhabar7@gmail.com
सम्पर्क: 01-4521648 / 9851322768

अध्यक्ष तथा प्रबन्ध निर्देशक:

धिरज पौडेल

© 2023 Meta Khabar

नतिजा भेटिएन
सबै नतिजा हेर्नुहोस्
  • गृह
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • थप
    • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English

© 2023 Meta Khabar

मेटाखबर

मेटाखबर

नेपाल र विश्वका ताजा समाचार, राजनीति, अर्थतन्त्र, समाज, खेलकुद, मनोरञ्जन र प्रविधिका खबर।

फेसबुकमा फलो गर्नुहोस्

विधा

  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
  • टुरिजम
  • स्वास्थ्य
  • फिचर
  • सूचना प्रविधि
  • शिक्षा
  • विज्ञान
  • साहित्य
  • सुरक्षा/अपराध
  • जीवन शैली
  • आवाज
  • विविध

सम्पर्क

  • काठमाडौं, नेपाल
  • metakhabar7@gmail.com
  • ०१-४५२१६४८ / ९८५१३२२७६८
  • Aanjan Media Private Limited
    सूचना विभाग दर्ता नं. ३६३४-२०७९/८०
अध्यक्ष तथा प्रबन्ध निर्देशक: धिरज पौडेल सम्पादक: कल्पना लम्साल

© 2026 मेटाखबर · सर्वाधिकार सुरक्षित

  • हाम्रो बारेमा
  • विज्ञापन
  • गोपनीयता नीति
  • हाम्रो टिम
  • सम्पर्क
  • English
गृह समाचार राजनीति खेलमैदान मनोरञ्जन