१. दाउरा एक्ला एक्लै बाल्दा धुवाँ फ्याँक्दछन् तर जब सँगै बालिन्छन् प्रचण्ड ज्वाला दिन्छन् । यसरी नै सम्बन्धीहरु फुटेर भिन्न हुनु पर्दा दुःख सहन्छन्, तर पुनः एक भ एभने मिलेर सुखी हुन्छन् ।
२. रीसलाई शान्तिले जित्नु, दुष्टलाई सज्जनताले, कन्जुसलाई दानले जित्नु र असत्यलाई सत्यले जित्नु ।
३. दुश्चरित्र, मूर्ख, निन्दक, कटुभाषी मानिसहरुलाई सङ्कटले छिट्टै घेर्दछ ।
४. जो बेढंगको वेश बनाउन्न, अरुको अगाडि आफ्नो पराक्रमको धाक लाउँदैन, क्रोधको वशमा कटु वचन बोल्दैन, यस्ता व्यक्तिलाई सबैले सधैँ प्रेम गर्दछन् ।
५. जसरी जलयात्रामा जाने मानिसले फुटेको डुंगा त्याग्दछन्, त्यसरी नै जीवनमा सफलता चाहने व्यक्तिले यी छ कुरा अवश्य त्याग्नुपर्दछ । उपदेश दिन असमर्थ आचार्य, मन्त्रोच्चारण गर्न अयोग्य, रक्ष ागर्नमा असमर्थ राजा, कठोर वचन बोल्ने स्त्री, गाउँमा बस्न चाहने ग्वाला र जंगलमा बस्न चाहने हजाम ।
६. जुन व्यक्तिको इच्छाको अनुकूल र प्रतिकूल कार्यको जानकारी अरुले पाउन सक्दैन, जसको मन्त्रणाका गुप्त विचारलाई काम सम्पन्न भएपछि नै अरुले थाहा पाउन सक्छन्, त्यस्ता मानिसले कुनै काम विगार्दैनन् ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













