• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    वर्षाले विभिन्न सडक अवरुद्ध

    वर्षाले विभिन्न सडक अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    वर्षाले विभिन्न सडक अवरुद्ध

    वर्षाले विभिन्न सडक अवरुद्ध

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह

by
२४ अशोज २०८०,
0
सडक कालोपत्रलाई प्राथमिकता दिँदै स्थानीय तह
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

धुलिखेल।जिल्लाका ग्रामीण भेगका स्थानीय तहहरूले सडक कालोपत्र गर्ने योजनालाई प्राथमिकतामा राखेर काम गर्न थालेका छन् । गाउँका दूरदराजका पालिकाहरूका लागि पहिलो प्राथमिकता सडकको ट्रयाक खनेसँगै अब त्यसको स्तरोन्नति र कालोपत्र गर्नेमा जोड दिइएको हो ।

काभ्रेपलाञ्चोकको बेथानचोक गाउँपालिकाले आफ्नै स्रोतमा पाँच किलोमिटरभन्दा बढी सडक कालोपत्र गरेको छ । जिल्ला सदरमुकामदेखि पालिका केन्द्र जोड्ने गाउँपालिकाको सिमानामा वडा नं ४ पाटिखर्कदेखि आलुवारीपाटी–मुसिखोला सडक कालोपत्र सुरु गरिएको हो । त्यसमा दुई किलोमिटर पाँचसय मिटर कालोपत्र, एक किलोमिटर पाँचसय मिटर ढलान गर्नाका साथै पालिकाको वडा नं १, २, ३ र ४ मा सडक ढलान कार्य सुरु गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकाका इञ्जिनियर ज्ञानप्रसाद तिमल्सिनाले हरेक वर्ष पालिकाले आफ्नै स्रोतमा पाँच किलोमिटर सडक पक्की बनाउने घोषणाअनुरूप यस वर्षबाट कार्य थालनी भएको बताए। गाउँपालिकाको गत आर्थिक वर्षमा विनियोजन भएको रु नौ करोड बजेटमा घिसिङ(जोशी जी जेभीले पाँच करोड ५० लाखमा ठेक्का सम्झौता गरी अहिले काम सम्पन्न गरेको उनले बताए ।

सो कार्यलाई निरन्तरता दिनका लागि चालु आवमा रु छ करोड विनियोजन गरिएको छ । अहिलेसम्ममा बेथानचोकको आफ्नै स्रोत केही सङ्घ र प्रदेशको बजेटमा गरी वडा नं ३ मा सात सय मिटर ढलान, वडा नं २ मा तीन सय मिटर, वडा नं ४ मा तीन सय मिटर र वडा नंं १ मा दुई सय मिटर पक्की सडक निर्माणको काम थालनी भएर ढलान गर्ने काम सकिएको वडा नंं १ का वडाध्यक्ष मधुसूदन तिमल्सिनाले बताए ।

अन्य वडाहरूमा भएको कामसहित गरेर पालिकाभित्र यो आर्थिक वर्षमा करिब सात किलोमिटर सडक पक्की बनाउन सफल भएको उनले बताए । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले पालिकाका नागरिकलाई सडक पहुँचको सहज सेवा पुऱ्याउनका लागि हरेक वर्ष पाँच किलोमिटर सडक पक्की बनाउने अभियानअनुसार गत वर्षको बजेटबाट अहिलेसम्ममा करिब सात किलोमिटर सडक पक्की निर्माण गरिएको बताए ।

यस्तै रोशी गाउँपालिकाले पनि आफ्नै स्रोतबाट दुई किलोमिटर सडक कालोपत्र गरेको छ । आर्थिक वर्ष २०७९(८० मा बिपी राजमार्गको ल्हासकोट पुलदेखि गाउँपालिकाको प्रशासनिक भवन अमलटारसम्म करिब पाँच सय ५८ मिटर र चौकीडाँडा–खहरेपाँगु सडकअन्तर्गत रोशी पुलदेखि पोटाखोलासम्म पाँच सय मिटर सडक गाउँपालिकाकै स्रोतबाट कालोपत्र गरिएको हो ।

पर्यटन र कृषिलाई प्राथमिकतामा राखेर काम गरेको भए पनि भौतिक पूर्वाधारलाई समेत प्राथमिकता दिनुपर्ने भएकाले सबै कार्यलाई सँगसँगै लैजाने गरेको गाउँपालिका अध्यक्ष दिनेश लामाले बताए। डाँडापारिको महाभारत गाउँपालिकामा पालिका केन्द्रदेखि जिल्ला सदरमुकाम जोड्ने मुख्य सडकखण्डअन्तर्गत कापोपत्र गर्ने काम सुरु भएको र उक्त कामलाई निरन्तरता दिनका लागि अहोरात्र खटिरहेको गाउँपालिकाका अध्यक्ष कान्छालाल जिम्बाले बताए ।

बिपी राजमार्गदेखि मदनभण्डारी लोकमार्ग जोड्ने भूमिचुली–चारकिल्ला–देवीटार–घर्तिछाप–गोकुले–भोर्लेनी सडक ९जनमुक्ति मार्ग०को निर्माण कार्यका लागि अहिले प्रक्रिया अगाडि बढिसकेको छ । त्यसअन्तर्गत सो गाउँपालिकाको तीनखुट्टे–भूमिचुली–राजबास खण्डको १७ किमी सडकको स्वीकृत रकम करिब रु ९८ करोड विनियोजन भएकामा रु ६० करोड ९७ लाखको हाराहारीमा सन्तोषी धर्म एस हरिहरि जेभीले आगामी २०८२ साल कात्तिकसम्ममा सम्पन्न गर्नेगरी सम्झौता भएर ढलान तथा कालोपत्र समेतको कार्यलाई अगाडि बढाइसकेको उनले बताए ।

जिल्लाका १३ वटा स्थानीय तहहरुमध्ये अझै पनि तेमाल गाउँपालिका र खानीखोला गाउँपालिकामा कच्ची सडक सञ्जालले जोडिए पनि पक्की सडकले भने छुन सकेको छैन ।

Previous Post

सत्रौं एटीआर जहाज भित्र्याउँदै बुद्ध एयर

Next Post

मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परिक्षण

सम्बन्धित खबर

वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
समाचार

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

५ भदौ २०८३,
भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
समाचार

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

५ भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
फिचर-ब्यानर

वर्षाले विभिन्न सडक अवरुद्ध

५ भदौ २०८३,
Load More
Next Post
मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परिक्षण

मानिसलाई अन्तरिक्षमा पठाउने भारतको तयारी पूरा, अक्टोबर २१ मा पहिलो परिक्षण

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In