• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Friday, August 21, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
  • गृह
  • समाचार
    ट्रम्प–किम भेटको सम्भावना

    ट्रम्प–किम भेटको सम्भावना

    वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ

    काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result
Metakhabar
No Result
View All Result

बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल

metakhabar by metakhabar
५ भदौ २०८३,
0
बाजुराका दुई स्थानीय तहले सञ्चालनमा ल्याए आधारभूत अस्पताल
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बाजुरा । बाजुराका नौ स्थानीय तहमध्ये दुई पालिकाले १० शय्याका आधारभूत अस्पताल सञ्चालनमा ल्याएका छन् । पर्याप्त जनशक्ति र औषधि उपकरणको अभावका बीच पनि जिल्लाको जगन्नाथ र गौमुल गाउँपालिकाले अस्पताल सञ्चालनमा ल्याएका हुन् ।

गौमुल गाउँपालिकाले यही भदौ ३ गतेदेखि अस्पताल सञ्चालन गरेको हो । जगन्नाथ गाउँपालिकाले २०८० चैतदेखि अस्पताल सञ्चालन गर्दै आएको छ । स्वास्थ्य सेवाबाट पछाडि परेका नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सरकारले देशभर २०७७ सालमा ‘एक स्थानीय तह, एक अस्पताल’ निर्माणको योजना अघि सारेको थियो ।

जगन्नाथ गाउँपालिकाको केन्द्र जुड्डीमा निर्माण भएको १० शय्याको अस्पताल रु ११ करोड ७८ लाख ४५ हजारको लागतमा निर्माण भएको हो । गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर शाहीका अनुसार अस्पताल सञ्चालन भए पनि केही जनशक्ति र उपकरणको अभाव छ । उनका अनुसार २०८२ चैतदेखि एक मेडिकल अधिकृतको पद रिक्त रहेकाले गाउँपालिकाले तत्काल विज्ञापन गर्ने निर्णय गरेको छ ।

गौमुल गाउँपालिकाले १० शय्याको आधारभूत अस्पताल निर्माण सम्पन्न भएको करिब डेढ वर्षपछि सञ्चालनमा ल्याएको हो । गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायाले बुधबार अस्पतालको औपचारिक उद्घाटन गर्दै सेवा सुरु गरेका हुन् ।

अस्पताल निर्माण सम्पन्न भए पनि विद्युत् सेवा, औषधि तथा उपकरण र जनशक्ति व्यवस्थापनमा केही ढिलाइ हुँदा सञ्चालनमा ल्याउन समय लागेको गाउँपालिका अध्यक्ष रोकायाले बताए। अहिले आवश्यक पूर्वाधार र जनशक्ति व्यवस्थापन गरी सीमित स्वास्थ्य सेवा सुरु गरिएको उनले जानकारी दिए।

अस्पतालमा मेडिकल अधिकृतसहित २२ जना कर्मचारी रहने व्यवस्था गरिएको छ । तत्काल चिकित्सक उपलब्ध हुन नसकेपछि उपलब्ध जनशक्तिबाट सेवा सुरु गरिएको अध्यक्ष रोकायाले बताए। उनले भने, “अब आवश्यक जनशक्ति, औषधि र उपकरणको व्यवस्था गरेर नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा दिने तयारीमा छौँ ।”

गाउँपालिकाकी उपाध्यक्ष सीता थापाले अस्पताल सञ्चालनमा आएपछि स्थानीयवासीले आफ्नै पालिकामा स्वास्थ्य सेवा पाउने वातावरण बनेको बताए । यसअघि सामान्य स्वास्थ्य चौकीबाट उपलब्ध हुने सीमित सेवामा निर्भर स्थानीयवासीले अब थप स्वास्थ्य सेवा आफ्नै पालिकाबाट पाउने अपेक्षा गरेका छन् ।

आधारभूत अस्पताल सञ्चालनमा आएपछि गौमुलवासीले सामान्य जाँच तथा उपचारका लागि सदरमुकाम मार्तडी वा धनगढी जानुपर्ने बाध्यता कम हुने अपेक्षा गरिएको छ ।

जिल्लाका दुई गाउँपालिकाले आधारभूत अस्पताल निर्माण गरी सञ्चालनमा ल्याए पनि अन्य पालिकाले भने अझै सञ्चालनमा ल्याउन सकेका छैनन् । जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिकाले वडा नं ७ चुथीमा १० शय्याको अस्पताल निर्माण सम्पन्न गरी सञ्चालनको तयारी गरिरहेको नगरप्रमुख अमरबहादुर खड्काले बताए ।

त्यस्तै, बुढीगङ्गामा १५ शय्याको अस्पताल निर्माणको काम पाँच वर्षदेखि अलपत्र छ भने अन्य पालिकामा पनि अस्पताल निर्माणाधीन अवस्थामा छन् ।

Previous Post

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

Next Post

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

metakhabar

metakhabar

सम्बन्धित खबर

ट्रम्प–किम भेटको सम्भावना
अन्तर्राष्ट्रिय

ट्रम्प–किम भेटको सम्भावना

५ भदौ २०८३,
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
समाचार

काभ्रेमा ७४ आपराधिक घटना, ७६ पक्राउ

५ भदौ २०८३,
एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल
खेलमैदान

एनटी स्ट्राइकविरुद्ध खेल्दै नेपाल

५ भदौ २०८३,
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता
समाचार

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

५ भदौ २०८३,
भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न
समाचार

भोजपुरमा ९६ प्रतिशत रोपाइँ सम्पन्न

५ भदौ २०८३,
वर्षाले विभिन्न सडक अवरुद्ध
फिचर-ब्यानर

वर्षाले विभिन्न सडक अवरुद्ध

५ भदौ २०८३,
Load More
Next Post
बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

बाँकेमा एक महिनामा ३६ आर्थिक अपराधका मुद्दा दर्ता

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In