• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Wednesday, June 24, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

    लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित

    पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

    रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा

    रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

    ‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री

    शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

उपभोक्ताको पहिलो रोजाइमा मुस्ताङको स्याउ

by
२० अशोज २०८०,
0
उपभोक्ताको पहिलो रोजाइमा मुस्ताङको स्याउ
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

गलकोट– मुस्ताङको स्याउ भित्रिन थालेपछि बागलुङमा फलफूलको बजार फस्टाउन थालेको छ । असोज लागेसँगै मुस्ताङको स्याउले बागलुङमा बजार पाउन थालेको छ । पछिल्लो समय यहाँका हरेक फलफूल पसलमा मुस्ताङको स्याउ देखिन्छ ।

अधिकांश उपभोक्ताले मुस्ताङको स्याउ खोज्ने भएकाले अन्य स्याउको तुलनामा असोज लागेपछि यसको कारोबार बढी हुन थालेको फलफूल व्यापारी शंकर रेग्मीले बताए। उनका अनुसार स्याउको माग अत्यधिक भएका कारण बागलुङ नगरपालिकाले उपभोक्ताको हितका लागि मुस्ताङको स्याउको मूल्य निर्धारण गरेको छ । अन्य स्याउको तुलनामा सस्तो र स्वादिष्ट भएकाले छिमेकी जिल्लाको स्याउको माग यहाँ उच्च रहेको उनको भनाइ थियो ।

अघिपछि भारत र चीनबाट आएको स्याउ बिक्री गर्ने यहाँका व्यापारीले समेत असोज लागेपछि मुस्ताङको स्याउको ठूलो मात्रामा कारोबार गरिरहेका छन् । दसैँ र तिहारमा कोसेलीका रुपमा स्याउलाई प्रमुख मानिँदै आएकाले बागलुङमा मुस्ताङको स्याउ ‘ब्रान्ड’ बनेको स्थानीय उपभोक्ता हरिश आचार्यले बताए।

‘मुस्ताङको स्याउ भनेपछि अलग्गै हुन्छ, नजिकमा उत्पादन भएको हुनाले समेत होला यहाँका धेरै उपभोक्ताले असोज लागेपछि मुस्ताङको स्याउ पाएसम्म अरू खरिद गर्दैनन्’, उनले भने, ‘बागलुङ बजारका हरेक फलफूल पसलमा मुस्ताङको मात्रै स्याउको माग छ । बागलुङ नगरपालिकाले स्याउको मूल्य समेत निर्धारण गरेको छ । जसले चाडबाडमा स्याउमा कालोबजारी गर्न रोकिन्छ ।’

दसैँ–तिहारको नआउँदै मुस्ताङको स्याउको अहिले नै अर्डर आउन थालेको फलफूल व्यापारीले बताएका छन् । दसैँमा मुस्ताङको च्याङ्ग्रासहित स्याउ कोसेली लैजाने गरेको पाइन्छ । हालसम्म बागलुङमा च्याङ्ग्रा भने भित्रिएका छैनन् । दसैँ तिहारलाई मुस्ताङमा भ्रमणको उपयुक्त सिजनका रुपमा लिने गरिन्छ । मुस्ताङ भ्रमणमा पुगेका अधिकांशले फर्कने समयमा मुस्ताङको स्याउ र च्याङ्ग्रा लिएर फर्कने गरेका स्थानीय बताउँछन् ।

बागलुङसहित म्याग्दी, मुस्ताङ, पर्वत लगायतका जिल्लामा कोसेलीका रुपमा मुस्ताङ्गी स्याउ निकै प्रयोगमा आउने गरेको व्यापारी रेग्मीले बताए । अहिले बजारमा मुस्ताङको स्याउको कारोबार सुरु भइसकेको उनको भनाइ थियो ।

‘अघिपछि भारत र चीनको स्याउ बढी बिक्री हुन्छ । एक हप्ता भयो मुस्ताङको मात्रै स्याउ बिक्री भइरहेको छ । चाडपर्व भित्रिन थालेपछि फलफूलको माग बढ्न थालेको हो’, रेग्मीले भने, ‘अब तिहारसम्म मुस्ताङको मात्रै स्याउ बिक्री हुन्छ । स्वादिष्ट भएर पनि होला उपभोक्ताको माग पनि यही स्याउमा बढी छ ।’

दसैँ–तिहारमा छुट्टीमा घर जान लागेका कर्मचारीका परिवारले स्याउ र आलु ल्याउन आग्रह गर्ने गरेको फलफूल व्यापारीले बताउँदै आएका छन् । बागलुङ सरुवा भएर आउने जुनसुकै कर्मचारीलाई घरबाट मुस्ताङको स्याउ, ढोरपाटनको आलु र ताराखोलाको भाङ्गो किनेर ल्याउने सुझाव आउने गरेको उनीहरु बताउँछन् ।

Previous Post

हिमतालमा आएको बाढीबाट भारतमा मर्नेहरूको संख्या ४० पुग्यो

Next Post

नेपाल र रोमानियाबीच श्रम समझदारी

सम्बन्धित खबर

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार
आवाज

बर्दघाट क्षेत्रमा वर्षा नहुँदा अत्यधिक गर्मीसहित पानीको हाहाकार

१० असार २०८३,
आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला
आर्थिक

आत्मनिर्भर बन्न सीप सिक्दै पाल्पाका महिला

१० असार २०८३,
चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता
आर्थिक

चोरी गरी अमेरिका पुर्‍याइएको नेपालका दुई अमूल्य मूर्ति फिर्ता

१० असार २०८३,
लुम्बिनीका विद्युतीय सवारी प्रयोगविहित
आर्थिक

पच्चीस अर्ब ५५ करोड खर्चेर १० हजार ८४५ विद्युतीय सवारी आयात

१० असार २०८३,
रास्वपा महाधिवेशनमा सहभागी हुन विभिन्न पार्टीका नेता भरतपुरमा
फिचर-ब्यानर

रास्वपा महाधिवेशन : मतदानको तयारी हुँदै

१० असार २०८३,
‘ननग्रेडेड’ विद्यार्थीका लागि पूरक परीक्षा तयारी कक्षा सञ्चालन गरिनेछ : शिक्षामन्त्री
आवाज

शिक्षामन्त्री पोखरेलको सदस्यमा उम्मेदवारी

१० असार २०८३,
Load More
Next Post
नेपाल र रोमानियाबीच श्रम समझदारी

नेपाल र रोमानियाबीच श्रम समझदारी

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In