• About
  • Advertise
  • Privacy & Policy
  • Contact
  • Our Team
Saturday, June 27, 2026
  • Login
Metakhabar
  • गृह
  • समाचार
    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

    कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु

    ‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

    यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य

    यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

    Trending Tags

    • Trump Inauguration
    • United Stated
    • White House
    • Market Stories
    • Election Results
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • समाज
  • मेटाखबर विशेष
  • आर्थिक
  • मनोरञ्जन
  • खेलमैदान
  • कृषि
    • टुरिजम
    • स्वास्थ्य
    • फिचर
    • सूचना प्रविधि
    • शिक्षा
    • विज्ञान
    • साहित्य
    • सुरक्षा/अपराध
    • जीवन शैली
    • आवाज
    • विविध
  • English
No Result
View All Result

चितवनमा निउरो बेच्नेको गुनासो- ज्यानको बाजी थापेर निउरो टिप्यो, किन्नेले मूल्य घटाउँछन्

by
६ अशोज २०८०,
0
चितवनमा निउरो बेच्नेको गुनासो- ज्यानको बाजी थापेर निउरो टिप्यो, किन्नेले मूल्य घटाउँछन्
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

भरतपुर – चितवनको रत्ननगर नगरपालिका–९ टिकौली जङ्गलको नजिकै घर भएकी कुमारी विकको दैनिकी आजभोलि पूर्व–पश्चिम राजमार्गको किनारामा बित्ने गर्दछ । टिकौली जङ्गल कटेपछि राजमार्गको छेउमा बसेर निउरोलगायत जङ्गली तरकारी बिक्री गर्दै आएकी उनले तीन वर्षदेखि यही पेसा गर्दै आएकी छिन् ।

विकसँगै अन्य आठ–दसजना राजमार्गको छेउमा लस्करै बसेर दैनिक निउरो, सालको पात, बेतलौरीका टुसा बिक्रीका लागि ग्राहक कुरिरहेका देख्न सकिन्छ । विसं २०६१ मा गोरखाबाट चितवन झरेकी विकले सुरुवाती समयमा घर तथा अन्य निर्माण कार्यमा ज्यामीको काम गर्दै आएकी थिइन् ।

त्यस काममा समयमा पैसा नपाउने र स्वास्थ्यमा पनि समस्या आएपछि उनले निउरो बिक्री गर्न थालिन् । “दैनिकी चलाउनकै लागि भए पनि निउरो बेच्नु परेको छ”, उनले भनिन् । दैनिक १५ देखि ३० मुट्ठासम्म निउरो बिक्री हुने बताउँदै विकले यही कमाईले घर र छोरालाई पढाउने खर्च पुगेको बताइन् । “घामपानी नभनी जङ्गलमा गएर निउरो टिपेर ल्याउनु पर्छ, दुःख छ”, उनले भनिन्, “दुःखै गरेर भए पनि आफ्नो दैनिकी सहज रुपमा चलेको छ ।”

५० वर्ष पुगेकी विकले जङ्गलमा निउरो टिप्न जाँदा कहिलेकाहीँ जङ्गली जनावरसँगको जम्काभेटमा अब घर फर्किइन्न कि जस्तो अनुभूति हुने गरेको बताइन् । “अगाडि नै गैँडा भेटिँदा त मुटुले ठाम छोड्छ, आजसम्म त बाँचिरहेकै छु”, उनले भनिन् । मासिक ३ सय रुपैयाँको टिकट काटेर सामुदायिक वनमा निउरो टिप्न जानुपर्ने विकले सुनाइन् । उनले भनिन्, “ज्यानको बाजी थापेर निउरो टिपेर बेच्न बस्यो तर किन्नेहरुले मूल्य घटाउँछन् ।” एक सयको निउरो किन्दा १० रुपैयाँसम्म भए पनि घटाएर लैजाने गरेको उनको गुनासो छ ।

रत्ननगरकी लक्ष्मी पुलामी मगर अहिले ६० वर्ष पुगिसकिन् । उनको दैनिकी पनि अहिले जङ्गली तरकारी बिक्रीमै जाने गरेको छ । पहिला–पहिला हाटबजारमा तरकारी तथा फलफूल बेच्दै आएकी मगर कोरोनासँगै हाटबजारमा तरकारी बिक्री गर्न नपाएपछि सडक छेउमा बसेर व्यापार गर्छिन् । “अहिले उमेर ढल्किँदैदै गयो । अरु काम गर्न सकिदैन । दिनभर सडक छेउमा निउरो, सालको पात र टुसा बेच्छु”, उनले भनिन्, “सके आफैँ जङ्गलमा टिप्न जान्छु, अरूले टिपेर ल्याएको पनि बिक्री गर्ने गरेको छु ।”

आफैँले टिपेर ल्याउन सके फाइदा हुने भन्दै अरूसँग किनेर बेच्दा खासै बचत नहुने उनको भनाइ थियो । उनले गुनासो पोखिन्, “चिल्ला गाडीमा गुडेर आउने ग्राहकले महँगा होटेलमा खाँदा पैसा थपेर दिन्छन भन्ने सुन्छु । हामी ताजा तरकारी बेच्नेसँग १० रुपैयाँमा चित्त नबुझे फालेर हिँड्छन् ।”

सरदरमा दैनिक रू एक हजारदेखि एक हजार दुई सयसम्म कमाउँदै आएकी मगरले साँझ साढे ७ बजेसम्म सडक पेटीमा नै बसेर निउरो बेच्ने गरेको सुनाइन् । भरतपुर महानगरपालिका–८ का ताराबहादुर तामाङ पनि टिकौली सडक छेउमा निउरो बिक्री गर्दै आएका छन् । विगत छ महिनाअघि देखि यो पेसामा लागेका तामाङ आफैँ निउरो, टुसा र सालको पात टिपेर बिक्रीका लागि ल्याउँछन् । घरपरिवार चलाउनकै लागि यो व्यवसायमा लाग्नु परेको उनले बताए ।

उनले भने, “काम भनेको सानो ठूलो केही हुँदैन । पेट पाल्न काम त गर्नै पर्‍यो ।” पूर्व–पश्चिम राजमार्गको टिकौली जङ्गल चितवन राष्ट्रिय निकुञ्ज बरण्डाभार क्षेत्रमा पर्दछ । चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बरण्डाभार जङ्गल क्षेत्रमा पर्ने सडकमा बसेर निउरो बिक्री गर्न नपाइने बताए । उनले जङ्गल कटेपछिको सडकमा बिक्री वितरण गर्दा निकुञ्जले कुनै अवरोध नगरेको बताए । अहिले निकुञ्जमा नभई सामुदायिक वनमा मात्रै निउरो टिप्नका लागि अनुमति दिइने गरेको उनको भनाइ थियो ।

Previous Post

‘रिजेक्शन’ को कारण ‘पोर्नस्टार’ बनिन् सनी लियोन

Next Post

पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

सम्बन्धित खबर

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा
आवाज

लागुऔषध दुरूपयोग तथा अवैध ओसारपसारविरूद्ध सुक्ष्म ध्यान दिनुपर्छ : सभापति थापा

१३ असार २०८३,
अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती
आवाज

अझै कालोपत्र भएन लोकमार्ग, यात्रु र स्थानीयलाई सधैँ सास्ती

१३ असार २०८३,
कार अनियन्त्रित भई रुखमा ठोक्किँदा डाक्टरको मृत्यु
समाचार

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

१३ असार २०८३,
यस्तो छ आजको सागसब्जी र फलफूलको थोक मूल्य
समाचार

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

१३ असार २०८३,
मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट
समाचार

मोरङमा चैते धानको उत्पादन वृद्धि, मूल्यमा गिरावट

१३ असार २०८३,
विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश
खेलमैदान

विश्वकप फुटबल : स्पेन र केप भर्डे विश्वकप नकआउट चरणमा प्रवेश

१३ असार २०८३,
Load More
Next Post
पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

पुर्खाको नियम मान्दै पशुचौपाया लिएर भर्कोबाङ झरे भल्कोटवासी

Leave Comment

सिफारिस

    Facebook Twitter Youtube

    Aanjan Media Private Limited

    Kathmandu, Nepal

    सूचना विभाग दर्ता नं.
    3634-2079/80

    014521648

    सम्पर्क

    ठेगाना: काठमाडौं नेपाल
    इमेल: metakhabar7@gmail.com
    सम्पर्क: 01-4521648 / 9851322768

    अध्यक्ष तथा प्रबन्ध निर्देशक:

    धिरज पौडेल

    © 2023 Meta Khabar

    No Result
    View All Result
    • आवाज
    • खेलमैदान
    • जीवन शैली
    • सूचना प्रविधि
    • मनोरञ्जन
    • समाचार
    • विविध
    • English

    © 2023 Meta Khabar

    Welcome Back!

    Login to your account below

    Forgotten Password?

    Retrieve your password

    Please enter your username or email address to reset your password.

    Log In