जलवायु परिवर्तनसम्बन्धिअवधारणासहित एक्सनएड नेपालले ‘जलवायु न्यायअभियान’अन्तर्गत सभामुख देवराज घिमिरेलाई ध्यानाकार्षण पत्रबुझाइएको छ । फन्ड आवर फ्युचर भन्ने नाराका साथ एक्सनएडले जलवायु परिवर्तनका कारण नेपालपनिउच्च जोखिममा रहेको भन्दै नेपालले क्षतिपूर्ति पाउनुपर्ने बताएको छ । ध्यानाकार्षण पत्रबुझ्दै घिमिरेले दलकाप्रमुख सचेतकसँगपनि छलफल चलाउनुपर्ने र कानूनी कुराहरुमाआवश्यक सुधारको पहलमा जोड दिनुपर्नेमाबताएका छन् ।
नेपालले कार्बन उत्सर्जन घटाउनका लागिथुप्रै रणनीतिक योजना अघि सारेको दाबीगर्दै नेपालले क्षतिपूर्ति पाउनुपर्ने जिकिर गरिएको छ । कार्बन उत्सर्जन कम गर्ने विश्वव्यापीमान्यताअनुसार नेपाललले विभिन्न मापदण्ड पालना गरेर कामहरु गरिरहेको र विद्युतको प्रयोगमा जोड दिनुका साथै पर्यावरणका लागि हरियालीकार्यक्रम समेत चलाइरहेको बताइएको छ । त्यसै गरी एक्शनएडको टोलीले एमाले उपाध्यक्ष सुवास नेम्वाङ र प्रमुख सचेतक महेश बर्ताैलालाई समेत ज्ञापन पत्रबुझाएका छन् ।













